-

  • नयाँ खबर

    10 September, 2016

    अवसर आउँछ पर्खदैन

    सन्ध्या पौडेल
    एकादेशमा एक राज्य थियो । त्यो राज्यमा एकजना राजा बस्थे । राजाकी एउटी राजकुमारी पनि थिइन्  । राजकुमारी सबै गुणले निपूर्ण थिइन् । राजाले एक दिन आफ्नी छोरी राजकुमारीलाई राज्यको भ्रमण गराउन लगे । भ्रमणकै क्रममा एक युवकले राजकुमारीलाई असाध्यै मन पराए । त्यसपछि युवकले राजालाई आफूले राजकुमारीलाई मन पराएको र उसैसँग बिहे गर्ने कुरा राख्ने विचारले राज महलतिर लागे । 
    जब युवक राजदरबारमा पुगे, उसले त्यहाँ घोडा, हात्ती, साँढे, मयूर आदि थुप्रै पशुपंक्षी पनि देखें । त्यसपछि युवकले राजा समक्ष विवाहको  इच्छा राखे । युवकको कुरा सुनेर राजाले युवकलाई भने—तिमी धेरै बहादुर रहेछौ । एक साधरण व्यक्ति भएर पनि तिमीले राजकुमारीसँग बिहेको कुरा राख्ने आँट ग¥यौ । यदि तिमी मेरी छोरीसँग बिवाह गर्न चाहन्छौ भने यो चौरमा म पालै पालो तीन गोरु फुकाएर छाडिदिन्छु । तिमीले ति तीन गोरु मध्ये एउटाको पुच्छर समाएर देखाऊ, राजकुमारी तिमीलाई भयो । युवक राजाको कुरामा सहमत भए ।
    युवक चौरमा साँढेको पुच्छर समात्ने दाउमा बसिरहेको थियो । राजाको गोठसारको ढोकाबाट एउटा डरलाग्दो गोरु निस्कियो । युवकले अहिले सम्म त्यस्तो डर लाग्दो गोरु देखेको थिएन । गोरुको डरले युवकले सोच्यो । यसले त मार्छ । अर्काे गोरुको प्रतिक्षा गर्छु । क्रमशः दोस्रो गोरु निस्कियो । दोस्रो गोरु झन खतरनाक थियो । युवकले सोच्यो । यो भन्दा त पहिलेको गोरु ठिक थियो । अब अर्काे गोरुको प्रतिक्षामा रहने सोचेर युवक साइड लागेर बस्यो । त्यो गोरु उसको छेउबाट बाहिरियो । फेरि तेस्रो गोरुको लागि ढोका खुल्यो । युवक आर्चयमा प¥यो । किन कि गोरु एकदमै सानो थियो । युवक खुशीले गदगद भयो । यो पटक अवश्य म पुच्छर समात्छु । जसै गोरु युवकको नजिक आयो । युवक पुच्छर समात्न तयारी भयो । किन कि यो पटक उसले जसरी पनि पुच्छर समात्नु थियो । तर संयोगको कुरा गोरुको पुच्छर नै थिएन । उ अलमलमा प¥यो । पश्चतापमा डुब्यो । उसले अवसर गुमाएकोमा दुःखी भयो । शिक्षाः जिन्दगी अवसरले भरिएको हुन्छ । फरक यति हो कि कहिले केही कठिन र केही सरल हुन्छ । यदि अवसर एक पटक गुमाइयो भने । दोस्रो पटक प्राप्त गर्न गाह्रो पर्छ । अतः सधंै पहिलो अवसरलाई हासिल गर्ने सोच राखौं । चाहे त्यो कठिन होस, चाहे सरल । नत्र युवकले जस्तै पश्चताप गर्न बाहेक केही विकल्प रहदैन । 

    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: अवसर आउँछ पर्खदैन Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top