ज्यो.पं. छविरमण सुवेदी, कलैया |
आइतबार देखि शनिवार सम्म ।
मेष : साता सामान्य रहनेछ । आज आईतबार उन्नति प्रगति कारक समय छ । सोमबार देखि शनिवार सम्मको समय अलमलमा वित्नेछ । भयचिन्ता, काममा बाधा, शत्रु भय हुने ग्रहयोग छ ।
वृष :आइतबार देखि बुधवार सम्मको समय रमाइलो गर्दै वित्नेछ । मित्र सहयोग मिल्नेछ । यश बढने धनलाभ हुने ग्रहयोग छ । विहिवार शुक्रवार र शनिवारका दिनमा उदर पिडा, भयचिन्ता घरेलु समस्या देखा पर्ला ।
मिथुन : आइतबार देखि शुक्रवार सम्मको समय सोचे अनुसार नै वित्नेछ । अतिथि स्वागत सत्कारमा धनखर्च हुने, पाहुनाको आगमन, मित्र सहयोग पाउने योग छ । कोही कसैबाट अपमानित हुनु पर्ने देखिन्छ ।
कर्कट : साता रमाइलोसँग वित्नेछ । भाग्यले यो साता साथ दिनेछ । राज्यबाट लाभ समर्थन पाउने योग छ । दाजु भाईको सहयोग मिल्छ । आँटेको काममा सफलता मिल्ने योग छ ।
सिह : आइतबार आज प्रशस्त आम्दानी हुने मनोरन्जन गर्दै दिन वित्नेछ । सोम, मंगल र बुधवार खर्च बेचैनी अलमलको योग छ । शुक्र र शनिवार यश बढने मिठो खानाको अवसर जुर्ने र उच्च भाग्योदय हुने देखिन्छ ।
कन्या : बुधवार सम्मको समय अनुुकुल रहनेछ । यस अवधिमा काममा सफल्ता, धनलाभ हुने, व्यापार बढने, व्यवसायबाट लाभ हुने योग छ । विहिवार, शुक्रवार बेचैनी, अलमल र व्यर्थ भ्रमण हुन सक्छ । शनिवार भाग्यले साथ दिनेछ । काममा सफलता मिल्ने देखिन्छ ।
तुला : आइतबार देखि शुक्रवार सम्मको समय रमाइलोसँग वित्नेछ । काममा सफल्ता मिल्ने, उधारो धन उठने, मनोरन्जनात्मक कार्यक्रममा सहभागी हुने अवसर मिल्ने देखिन्छ । शनिवार अलमल खर्च वृद्धि आफन्तसँग विरोध हुने योग परेको हुँदा सतर्कता आवश्यक छ ।
वृश्चिक :मंगलवारसम्मको समय प्रतिकुल रहनेछ । शरीरमा आलस्यता, मनमा भय हुनेछ । शारिरीक कष्ट योग देखिन्छ । सरकारी कामकाजमा विवाद पर्न सक्छ । बुध, विहिवा, शुक्रवार, र शनिवार अनुकुल रहनेछन । यी दिनमा सोचे आँटेको काममा सफलताको योग देखिन्छ । व्यापार व्यवसायमा लाभ मनोरन्जन गर्दै समय वित्नेछ ।
धनु:आइतबार देखि शुक्रवार सम्मको समय अलमलपूर्ण रहनेछ । साताको शुरुमा व्यापार व्यवसाय यात्रामा लाभ, सफलता मिल्नेछ । शारीरिक कष्ट रोग भय चिन्ता हुने ग्रह योगछ । साताको अन्तिम दिन शनिवार उच्च भाग्योदय हुने देखिन्छ ।
मकर:बुधवार सम्मको समय रमाइलो गर्दै वित्नेछ । व्यापार व्यवसायबाट प्रशस्त लाभ हुनेछ । यात्रामा सफल्ता मिल्नेछ । विहिवार, शुक्रवार र शनिवारका दिनहरुमा शारिरीक कष्ट, मानसिक चिन्ता, शरिरमा आलस्यताले सताउनेछ । सरकारी कामकाजमा विवाद पर्न सक्छ ।
कुम्भ:मंगलवार सम्मको समय प्रतिकुल रहेको छ । यी दिनमा चोरभय, खिन्नता, काममा बाधा, र शत्रुभय हुने देखिन्छ । बुध, विहि र शुक्रवारका दिनमा यात्रामा सफल्ता व्यापार व्यवसायबाट लाभ हुनेछ । शनिवार भयचिन्ता र विवाद पर्न सक्छ । सतर्कता आवश्यक छ ।
मीन:यो साता अन्योल र अलमलमा वित्नेछ । घरेलु समस्या, काममा बाधा, चोरभय, र खिन्नताको योग छ । यसर्थ खाँदा, हिड्दा सतर्कता आवश्यक छ । शिक्षा व्यापारमा भने प्रगति देखिन्छ । साताको अन्तिम दिन शनिवार रोकिएका काम बन्ने योग छ ।
0 comments:
Post a Comment