-

  • नयाँ खबर

    11 September, 2016

    शुभकामना सन्देश

    श्री प्रकाशक एवम् सम्पादकज्यू 
    मध्यनेपाल सन्देश पत्रिका 
         बीरगन्ज, पर्सा
    नेपालको प्रवेशद्धारको रुपमा चिनिएका औद्योगिक एवम् व्यापारिक नगरी बीरगन्ज नेपाली पत्रकारिताको विकासमा पनि अग्रस्थानमा रहेको छ । यहाँका अग्रज पत्रकारहरुले अथक परिश्रम, निष्ठा र विश्वासबाट सिर्जना गर्नुभएको पत्रकारिताको धरोहरलाई आजका पुस्ताबाट अझ उचाइ दिने काम भएको छ । प्रजातन्त्रको पुनःस्थापनासँगै झाँगिन सुरु गरेको नेपाली पत्रकारिता लोकतान्त्रिक वातावरणमा अझ मौलाउँदै गएको छ । तथापि, त्यस विरुवामा अनेक विषालु कीटाणुले बेलामौकामा नष्ट गर्ने दुष्प्रयास पनि नभएका होइनन् । यस्ता चुनौतीहरुलाई सामना गर्दै पत्रकारिताको विरुवालाई ठूलो वृक्ष बनाउन सकिएमा आम नेपाली पत्रकारले मात्र होइन, सबै नेपालीले शितल छहारी पाउन सक्दछन् । पत्रकारिताको त्यस विरुवालाई मल जल गरी संरक्षण गराउन वीरगन्जका उत्साही पत्रकारहरुको पहलमा मध्य नेपाल सन्देश नामक पत्रिका प्रकाशन गर्न सुरु गर्नु भएको खबरले मलाई निकै उत्साहित तुल्याएको छ । पत्रकारिताको बगैँचामा यस पत्रिकाले जनताको सुसूचित हुन पाउने अधिकारको रक्षा गर्दै नयाँ सुवास छर्न सकोस् भन्ने कामना गर्दै निरन्तरताको लागि पनि शुभकामना दिन चाहन्छु । 
                                              शीतलप्रसाद महतो
                                                   संयोजक          
                                             नेपाल पत्रकार महासङ्घ 
                                     मध्यमाञ्चल क्षेत्रीय समिति
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: शुभकामना सन्देश Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top