रसना ढकाल |
चितवनमा भेट हुनु पूर्व जोया र जिवनको दुबइमा भेट भएको थियो । भेटको क्रममा उनीहरु विच मित्रता हुन गयो । धेरै गहिरो सम्बन्धमा बाधिए यि दुई जोडी । तर जिवनको कृयाकलाप शंकास्पद नै थियो । त्यहि क्रममा जिवन मगर लागुऔषधको मुद्दामा दुबईको जेलमा परे । जिवनको प्रेममा पागल भएकी जोयाले आफूले काम गर्ने कम्पनीबाट नौ महिनाको एडभान्स तलब लिएर जिवनलाई दुबइ प्रहरीबाट छुटाइन् । दुबइ प्रहरीबाट जिवन छुटेपछि नेपाल आए र जोया फिलिपिन्स गइन् । आफनो देश फर्केपछि जिवनले जोयालाई निरन्तर फोन गर्ने फेसबुकमा म्यासेज पठाउने गर्दथ्यो । जिवनको प्रेममा अन्धो भएपछि जोया १ महिनाको भिजिट भिषामा २०१३ मा नेपाल आइन् । जोया नेपाल आए लगत्तै जिवनले विवाहको नाटक ग¥यो । केहि दिनसम्म सम्बन्ध राम्रै भयो । समय वित्दै गयो । तर एकदिन जिवनले जोयाको पासपोर्ट च्याति दियो । त्यसपछि जोया नेपालको गैरकानूनी रुपमा बस्ने विदेशी नागरिक भइन् । नत विवाह भएकै प्रमाण छ नत देशको पासपोर्ट नै छ । र उनले केही गर्न सकिनिन् । त्यसपछि जिवनको हिंसात्मक कृयाकलाप जोयामाथि बढदै गयो । त गैर कानूनी रुपमा बस्ने व्यक्ति होस् तेरो कुरा कसैले सुन्दैन भनेर उसमाथि हिंसाको कार्य निरन्तर जिवनले गर्न थाल्यो । लागु औषध खाने बाहिर अरु महिलाहरु राख्ने स्वयम् घरमा जबसजस्ती अरु महिलाहरुलाई लिएर आउने काम गर्न थाल्यो जिवनले । उनले जिवनले आफूमाथि गरेको हिंसा हेर्न बाध्य भइन् । गैर कानूनी रुपमा झै बसेकी जोयालाई यसको विरुद्धमा काहाँ गएर बोल्ने कसलाई भन्न्ो केही थाहा भएन । उनी ४ वर्षसम्म निरन्तर जिवनको द्धन्द्ध सही रहिन् । उनलाई साथ दिने कोही पनि भएन । यो बीचमा जोयाको गर्भबाट दुई छोरा पनि जन्मिसकेका थिए । बच्चाहरु भरतपुर अस्पतालमा जन्मेका थिए । जिवनकी आमा अरुको आश्रयमा कहि बस्दै आइरहेकी थिइन् । जोया माथि जिवनको अत्याचार झनै बढ्न थाल्यो । अब म यसको प्रतिकार गर्छु भनेर जोया प्रतिबद्ध भएपछि कराउन थालिन् । सबैलाई बचाउ बचाउ भन्न थालिन् । जोयाको आवज सुनेपछि वरपरका सबैले के भयो ? भन्दै आउन थाले पछि जिवन फरार भयो । त्यो बिचमा जोयाले धेरै यातना खेपेकी थिइन् । त्यसपश्चात जोयालाई घर बेटीले घरको भाडा तिर्न नसकेको भन्दै निकाली दिए । जिवनको आफनो घर थिएन । नारायणघाटको सडकमा अलपत्र अवस्थामा रहेकी ति महिलालाई देखेर स्थानीयहरुले चितवन जिल्लाको आदर्श गृह चितवन नामक संस्थाको सम्पर्कमा लिएर आए । त्यपछि उनले जिवनको साथमा पाएको चरम यातनाको कुरा खुल्न आयो । २०७३ बैशाख ४ गते उक्त सस्थाको सम्पर्कमा आएकी जोयालाई संस्थाले आफनो तर्फबाट पुरै मद्दत ग¥यो । उनको विवाह दर्ता गराउन सकिन्छ कि भनेर । तर उनी गैर कानूनीरुपमा बस्दै आएको देखिने भएकोले विवाहदर्ता बनाउन सम्भव भएन । तर संस्थाले आफनो पहलमा फिलिपिन्स काउन्सलरसँग बारम्बार समन्वय गरेर , घटनाको जानकारी दिएर उनलाई आफनो जन्म थलो जान बाटो बनाई दियो ।
नेपाली नागरिकसँग प्रेम विवाह गरेकी जोया दुई नेपाली सन्तानकी आमा र स्वयम् आफै पनि नेपाली अंगीकृत नागरिकता लिन सक्ने हैसियतको व्यक्ति हुन् । तर उनको पतिले उनको पासपोर्ट र उनी आफ्नी पत्नी हो भन्ने कुनै प्रमाण नराखेपछि उनलाई जिवनसँगको विवाह दर्ता गराउन प्रशासनले सकेन । पतिले गरेको अपराधको सजाय जोयाले पाइन् । एकातिर नागरिकता छैन अर्कातिर कहाँ बस्ने ? कोसँग बस्ने ? भन्ने कुराको चिन्ता उनमा भयो र अन्तमा आफनै देश फर्किने निर्णय जोयाले गरेकी हुन् ।
विदेशी नागरिकमाथि भएको हिंसालाई नेपाली सञ्चारमाध्यमहरुले पनि जोया माथि न्याय भयो र उनलाई उद्दार गरेको भन्दै समाचारको विषय बनाए । तर कोहिले पनि यो ठिक भएन भन्न चाहि सकेनन् । जसले गर्दा हाम्रो पत्रकारितामा पनि प्रश्न चिन्हहरु आएका छन् । के पत्रिकाको स्पेस भर्न र अनलाईनका स्पेस भर्नको लागि मात्र हो हाम्रो पत्रिकारिता ? कि अरु पनि केहि दायित्व हाम्रो छ ? भन्ने तिर हाम्रो ध्यान केन्द्रीत हुन आवश्यक छ । जोयाको यो विषयमा कुनै महिला अधिकार कर्मीहरुबाट न्यायिक कुरा आउन सकेन । उल्टै उनका आएका समाचारहरुलाई समाजिक संजालहरुमा शेयर गर्दै गए । के यहि तरिकाले हामी पिडित महिलाको पक्षमा बोल्न सक्छौ ? गैर सरकारी सस्थाहरुले पिडितका कुरालाई मुद्दा बनाएर हिडछन् भने यता सरकारले कानूनको पक्षमा आवाज निकाल्छ । यदि कहि कतै कानूनको उलंघन भयो भने प्रहरीले समात्ने काम गर्छ । गैरसरकारी सस्थाहरुले यो घटनालाई लिएर आवाज निकाल्न सक्थे तर कोहिले पनि बोल्न सकेनन् । अहिले आएर जोया माथि अन्याय भयो भन्दै विज्ञप्ती निकाल्छन् । सबै अधिकारको क्षेत्रमा काम गर्ने व्यक्ति हौ । सबैको आफनो दायित्व र जिम्मेवारी छ । तर जोयामाथि भएको घटनालाई कसैले पनि जिम्मेवारी पूर्वक भूमिका निभाउन सकेनन् ।
तिनलाई विदेश फर्काइनु के उनीमाथि हामीले न्याय गरेको हो त ? जोयालाई प्रेममा पार्ने पनि नेपाली व्यक्ति नै हुन् । यसमा जोयाको मात्र दोष छैन । प्रेममा परेपछि मान्छेले जे पनि गर्छ । जोयाले पनि त्यहि गरेको हो । उनी प्रेममा परेर आफनो आमा बुवा परिवार समाज र राष्ट्र छोडेर आएकी हुन् । हाम्रो देशको बुहारी हुन् र इज्जत पनि हुन् । राज्यले किन यो कुरा बुझेन । के यहि हो कानूनी राज्य ? हाम्रै देशको चेलीले विदेशमा यस्तै दुःख पाएर फर्किएको भए हामीलाई के क्षम्य हुन्थ्यिो ? केवल उनलाई कठै र विचाराको संज्ञा दिएर विदा गरियो । तर ति महिला कठै र विचारा होइनन् । एक बाहादुर महिला हुन् । जसले प्रेमलाई पवित्र ठानेर निभाएकी थिइन् । तर पतिले उनी माथि अपराध ग¥यो । उनले राज्यलाई पुरा मद्दत गर्थिन् होला । यदि उनलाई यहि बसेर पतिको विरुद्धमा लडने वातावरण बनाई दिएको भए । तर उनलाई आफै जन्म स्थान फर्काइयो । जन्म स्थान फर्के पछि उनको अवस्था के हुन्छ त ? त्यतातिर कसैको पनि ध्यान गएन ।
अर्कातिर २०७३ साल नेपालको लागि इतिहासमै महिलामय सावित भएको छ । आमाले आफनो नामबाट सन्तानलाई नागरिकता दिन नसके पनि मूलुक अहिले महिलामय भएको छ । देशको उच्च स्थानमा महिलाहरुको सहभागिता छ । यसले आउने दिनमा हरेक क्षेत्रमा महिलाको सहभागिता हुनुपर्छ भन्ने ठूलो नजिर स्थापना गरेको छ । जो हाम्रो मूलुकको लागि सुखद सन्देश पनि हो । आज विश्वले नेपाललाई चिन्ने भनेको पनि यहि प्रणालीको विकासले गर्दा पनि हुन सक्छ भन्नेमा कसैको दुईमत छैन । परापूर्व काल देखि हामी सीता र भृकुटीको नाम दिदै उदाहरण दिन्छौं । सीता भृकुटीले कुनै राज्य सम्हालेका होइनन् । तर उनीहरुका आर्दश र त्यागको कुरा र महिमाको कारण आजसम्म पनि हामी नाम लिन्छौं । यहि बिचमा जोयाको पनि नाम लिदा हामीलाई गर्वले छाति फुल्नु पर्ने हो । तर हामी यसो गर्दैनौं । हाम्रो देशको बुहारीको इज्जतमाथि भएको यो घटनामा हामी सबै भागिदार छौं । सक्छौ भने जोयालाई नेपाल बोलाई अधिकारको लडाई लडन मद्दत गरौं ।
0 comments:
Post a Comment