-

  • नयाँ खबर

    10 September, 2016

    मधेसी ‘सहीद’को नाममा बृक्षारोपण



    मध्य नेपाल,
    गत बर्ष ६ महिनासम्म चलको मधेश आन्दोलनको क्रममा वीरगन्जमा मारिएका सहीद’हरुको म्झनामा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले शुक्रवार बृक्षारोपण गरेको छ । उनीहरुको समाधिस्थलमा शुक्रवार बिहान बृक्षारोपण गरिएको हो । मोर्चामा रहेको पार्टी नेपाल सद्भावना पार्टीका माहासचिव शिव पटेलको नेतृत्वमा बृक्षारोपण गरिएको संघीय समाजवादी फोरम नेपालका पर्सा अध्यक्ष प्रदिप यादवले बताए ।
    मधेशी वीर सहीदहरुमो सम्झनामा हामीले बृक्षारोपण गरेका हौं,’ सहीदहरुको पार्थिव शरीरलाई सद्गती गरिएको सोही ठाउँमा बृक्षारोपण गरियो ।’ नेता यादवले भने ।  
    वीरगन्ज उपमाहानगरपालिका वडा नम्बर २२ विन्दवासिनीको तिलावे नदीको किनारमा विभिन्न जातको रुख रोपिएको हो । शान्तिपूर्ण आन्दोलनलाई दवाउन गत बर्ष प्रसाशनले २०७२ भदौ १४ घोषणा गरेको कफर््युको समयमा राधेमाई चोकमा विद्यार्थी दिलिप चौरसिया प्रहरीको गोलीबाट मारिएका थिए । घट्नाको बिरोधमा भदौ १५ मा कर्फु अवज्ञा गरी भएको प्रदर्शनमा प्रहरीको गोलीले अरु थप चार जनाको मृत्यु भएको थियो । राधेमाइ बस्ने धर्मराज सिंह, नगवा बस्ने सोहन साह, र बारा नौतन घर भएका दिनानाथ साह र भोला साह लक्षुमनवा चोकमा प्रहरीको गोलीबाट मारिएका थिए । त्यस्तै संविधान जारी भएको दिन असोज ३ मा कालो दिविसको प्रदर्शनमा गीतामन्दीर रोडमा भएको प्रदर्शनमा गोली लागि पकहा मैनपुरका सत्रुधन पटेल मारिएका थिए । 
    बृक्षारोपण कार्यक्रममा नेता पटेल र यादवसंगै पुर्वराज्यमन्त्री करिमा बेगम, फोर।म नेपालका प्रदेश सचिव सलाउद्दीन अहमद, तराई मधेस सद्भावना पार्टीका जिल्ला अध्यक्ष विरेन्द्र यादव, मधेसी जनअधिकार फोरम गणतान्त्रिकका जिल्ला अध्यक्ष मुस्तकिम अन्सारी, सचिव नेक महमद, नेपाल सद्भाना पार्टीका जिल्ला अध्यक्ष मनोज कर्ण, केन्द्रिय सदस्यहरु जयमंगल सिंह तथा संजय पाण्डेय, जिल्ला सचिव कृष्णा पटेल, युवा नेताहरु ईश्वरचन्द्र यादव, धर्मेन्द्र पटेल, छोटेलाल यादव, वीरेन्द्र यादव, दिपक यादव, महिला नेतृहरु रेखा साह, मुन्नी श्रीवास्तव, अनिता रौनियार संगीस्ता तिवारी लगायको उपस्थिति थियो ।

    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: मधेसी ‘सहीद’को नाममा बृक्षारोपण Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top