-

  • नयाँ खबर

    18 September, 2016

    हाकिम पिट्ने अधिकृत निलम्बित

    मध्य नेपाल सन्देश 
    वीरगंज उपमहानगरपालिकाका कार्यकारी अधिकृत विष्णु कोइराला माथि हातपात गरेका प्रशासकीय अधिकृत रामदयाल यादवलाई उपमहानगरपालिकाले निलम्बन गरेको छ ।  उनी यो भन्दा अगाडि विमल श्रीवास्तव वीरगंज उपमहानगरपालिकाको मेयर भएको समयमा पनि निलम्वनमा परेका थिए । आफ्नै कार्यालयका प्रमुख कार्यकारी अधिकृतकलाई नै कार्यकक्षमा गएर कुटपिट गरेपछि यो पटक पनि निलम्बनमा परेका हुन् । सवारी चालकको करार र तलब सम्बन्धि बिषयमा विवाद बढेपछि उनले कार्यकारी अधिकृतलाई आरोप लगाउँदै आफै हातपात गरेको उपमहानगरपालिकाका कर्मचारीहरुले बताएका छन् । 
    उपमहानगरपालिका कार्यालयमा करारमा नियुक्त भएका सवारी चालकहरुको तलब बृद्धि तथा करार नियुक्तिको सम्बन्धमा कार्यकारी अधिकृत कोईरालाले प्रशासन शाखाको राय सुझावका लागि टिप्पणी माग गरेपछि, सो सिफारिस गराउन प्रशासन शाखामा पुगेका चालकद्वय राजेश क्षेत्री र राजेन्द्र नेपालीसँग विवाद भएको प्रशासकीय अधिकृत रामदयाल यादवले बताए । आफूमाथि नै आइलागेका सरसफाइका अन्य कर्मचारीहरुको भीडले प्रमुख कार्यकारी अधिकृतलाई पनि हातपात गरेको उनको उल्टो दलिल छ । आफू भने भागेर बाँचेको उनले दावी गरेका छन् । तर कार्यालयका प्रत्यक्षदर्शीले भने प्रमुख कार्यकारी अधिकृत बिष्णु कोइरालालाई अकारण यादवले नै मुक्का प्रहार गरेको बताए । 
    कागजातमा प्रशासकीय अधिकृत यादवले सिफारिस गर्न नमानेपछि चालकद्वय र प्रशासकीय अधिकृत यादव बिच निकै बेर विवाद भएपछि चालकहरुले प्रशासकीय अधिकृत यादवको टेबुलको शिसा समेत फूटाइ दिएको र त्यहि झोंकमा अधिकृत यादवले हाकिम माथि नै जाइलागेको उनीहरुको भनाई छ । 
    प्रशासकीय अधिकृत यादवले कार्यकारी अधिकृत कोइरालालाई हातपात गरेपछि कार्यालयका कर्मचारीहरु शुक्रबार दिउँसो देखि कार्यालयको काम ठप्प पारेका थिए । उपमहानगरपालिका कार्यालय परिसरमा प्रहरी परिचालन गरिएको थियो । दुईबर्ष अघि लेखा प्रमुखबाट अन्यत्र सरुवा भएदेखि नै उनी हाकिम प्रति अलि रुष्ट भएको खुद उपमहानगरपालिकाका कर्मचारीहरुले बताइरहेका छन् । गत असार २७ गतेबाट प्रशासन शाखामा सरुवा गरेपछि झन यादव प्रमुख कार्यकारी अधिकृतसँग अझ रुष्ट भएको बुझिएको छ । हाकिम माथि नै जाइलागेका अधिकृत यादव माथि पीडितले जिल्ला प्रहरी कार्यालय पर्सामा सार्वजनीक मुद्धा दर्र्ता गराएको पनि जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको हो । 

    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: हाकिम पिट्ने अधिकृत निलम्बित Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top