मध्य नेपाल सन्देश
साना साना आँखा तर सपना भरीभरी, सानै छु म मनमा मेरो रहर थरीथरी ।
ईश्वरी श्रेष्ठ |
मान्छे सानो भए पनि आफ्ना केही सपना बोकेर ८ बर्षकी निकिता बस्नेत २ बर्ष पहिले आफ्नो घर सिन्दुली कालापानीमा आफ्नो आमा र सानो भाइलाई समेत छोडी आफ्नी फूपू दिदीसगै बस्ने गरी पथलैया सम्म गाउँकै दिदी ले पुर्याइदिनु भएको हो । त्यहाँबाट फूपूले वीरगन्ज ल्याउनु भयो । उसको फूपू दिदी बिनिता बस्नेत भने मुर्ली बगैँचा वीरगंज १५ मा २—३ बर्ष देखि डेरामा बस्दै आइरहनु भएको छ । निकिता भने त्यही नजिकको एन्जल ईन्टरनेशनल इङ्गलिस बोर्डिङ्ग स्कूलमा कक्षा १ मा पढछिन् । उसको असल साथी स्वोता हो । म्याथ उसको मन पर्ने बिषय हो भने नेपाली कठिन बिषय हो भन्छिन् । नेपाली पढ्न अल्छी लाग्छ । साग पट्कै नखाने मासु पाए कसैको भाग नराख्ने, डान्स गर्न धेरै मन पराउने ठूलो भएर डान्सर बन्छु भन्छे । निकिताकी आमा लक्ष्मी बस्नेत गृहणी हुन । बाबा राजन बस्नेत बिदेशमा काम गर्नु हुन्छ र भाइ नितेश भने भर्खर २ बर्ष को भयो । ममी बाबा र भाइको धेरै याद आउँछ । ममी र भाइ त कहिले काहीँ भेटन आउनु हुन्छ । बाबासँग मोबाइलमा कुरा हुन्छ । बाबाले चाडै आउँछु राम्रोसँग पढ्नु भन्नु हुन्छ । हजुरआमा र हजुरबुबा चाही सुवर्णपुरमा बस्नु हुन्छ । फूपुले धेरै माया गर्नुहुन्छ । बदमासी धेरै गरे भने पिट्नु हुन्छ ।नयाँ नयाँ कपडा किनिदिनु हुन्छ । कहिले काहीँ फिलिम हेर्न पनि लानु हुन्छ । अनि मीठो मीठो खानेकुरा पनि किनि दिनु हुन्छ । गाउँको स्कूलमा राम्रो पढाइ हुदैन थियो । म्यामहरु फेरेको फेरै हुन्थ्यिो । त्यही भएर यता आएको । यताको पढाइ राम्रो छ, म्यामहरु पनि राम्रो हुनुहुन्छ माया गरेर पढाउनु हुन्छ । हाम्रो स्कूलमा मोन्टेसरी क्लास पनि छ । पिङ ,बल, चिप्लेटी र थुपरै खेल्ने कुराहरु छन् र ठूलो हेलिकप्टर पनि छ । कहिले काहीँ हामी हेलिकप्टरमा चढेर खेल्छौं । डान्स क्लास पनि छ गेमहरु हुन्छ साथै एक्स्ट्रा एक्टिभिटीज पनि हुन्छ । फ्mस्ट, सेकेन्ड र थर्ड आयो भने प्राइज पनि दिनु हुन्छ । रमाइलो लाग्छ म सधै स्कूल जन्छु ।
निकिताको पढाइ पहिले भन्दा अहिले अलि कमजोर छ । पहिले राम्रो थियो । तर आजकाल अलि केयरलेस गर्दैछ । क्लास वर्क त राम्रो राइटिङमा गर्छ तर होमवर्क चाहीँ कहिले काहीँ फोहर राइटिङमा गरेर आउँछ । उसलाई डान्स गर्न धेरै मन पर्छ । डान्सको अलावा उसलाई गीत गाउन ,¥यााम्स भन्न, गेमहरु खेल्न सबै कुरामा राम्रो छ भन्नु हुन्छ निकिता कि क्लास टिचर शान्ता सहनी ।
निकिताको पढाइ ठिकै छ, धेरै राम्रो पनि होइन नराम्रो पनि होइन । मौसम फेरे जस्तै उसको सपना पनि फेरिन्छ । कहिले डाक्टर बन्छु भन्छे त कहिले डान्सर । अनि कहिले के त कहिले के, जस्ले जे बन्छु भन्छ त्यही बन्छु भन्छे । जे बने पनि समाजमा राम्रो नाम होस् भोली उसैको नामबाट हामी चिन्न पाउँ उसको बाबाको आमाको र हामी सबैको यहि सपना छ । म उसलाई त्यति टाइम दिन भ्याउदिन । त्यसैले उसलाई ट्यूसन हालिदिएकी छु । टाइम पायो भने उसको कापीहरु हेर्छु, पढ्न लगाउँछु भान्नु हुन्छ निकिताकी फूपू बिनिता । उहाँ पढदै पनि हुनुहुन्छ । साथै प्राइभेट जागिर पनि गर्नु हुन्छ । निकिताको पढाइ खर्च कहिले आफै पनि गर्छु, त कहिले विदेशबाट दाइले पैसा पठाइ दिनु हुन्छ, कहिले घरबाट आमा बुबाले पनि । निकिता ज्ञानी पनि छे बदमासी पनि छे भनेको सबै मान्छे पनि मान्दिन पनि । स्कुल जान्न कहिलै भन्दिन । स्कूल जाने बेला भयो भने आफै रेडि हुन्छे कपाल चाहिँ म बाटिदिन्छु । आफ्नो ब्याग, डेस, टिफिन आफै रेडि गर्छे । म्यामले पिट्यो भनेर कहिलै कम्प्लेन गर्दिन । खान अलि किचकिचे छ । जे पायो त्यही खादिन । कहिले काहि त कालापानी लगेर छोडिदिउ जस्तो लाग्छ । तर पछि फेरि माया लाग्छ, उसको आँखामा आँसु देख्न सक्दिन । साहसी छे सानो उमेरमा आफ्नो ममि बाबाको काखमा बसेर खेल्ने बेलामा ममि बाबालाई छोडेर मसँग बसेकी छ भन्छिन् उनकी फूपु विनिता । तिनै निकितासँग गरिएको छोटो कुराकानीको सारसंक्षेप ः
— तिम्रो नाम के हो ?
निकिता बस्नेत
— कतिमा पढ्छौ?
एक कक्षामा
— नेपाली बिषय किन गाहो लाग्छ ?
धेरै लेख्नु परेर होला
—म्याथ सजिलो लाग्छ किन ? म्याथमा लेख्नु पर्दैन हो ?
म्याथमा टेबल पढे पछी सबै आउँछ
— कालापानी छोडेर वीरगन्ज आएकिछौ किन ? डान्सर बन्न हो ?
कालापानीमा राम्रो पढाइनै हुदैन । त्यसैले डान्स गर्न पनि मन पर्छ ।
— कालापानीबाट कोसँग वीरगन्ज आएकी हो ?
गाउकै दिदीसँग
— त्यसरी एक्लै आउदा डर लागेन ?
लागेन
— भविष्यमा के बन्ने ?
डान्सर
— टिभी मा क हेर्छौ ?
मोटुपत्लु र कृष्णा
— मन पर्ने आफ्नो बानी ?
सबैसँग बोल्छु
0 comments:
Post a Comment