-

  • नयाँ खबर

    19 September, 2016

    बेचबिखनमा मधेशी समुदायका चेलीबेटी बढी

    मध्य नेपाल सन्देश 
    ‘एउटै लक्ष्य एउटै सार मानव बेचबिखनको अन्त्य हाम्रो साझा सरोकार’ भन्ने नाराका साथ दशौँ मानव बेचविखन विरुद्धको राष्ट्रिय दिवस वीरगंजमा पनि मनाइएको छ । पर्सा जिल्ला बोर्डर एरिया भएकाले पनि मानव बेचविखनको अवस्था यहाँको दैनीय रहेको सरोकारवालाहरुको भनाइ छ । आर्थिक वर्ष २०७२÷०७३ मा मात्रै माईती नेपालले २ सय ५० जनालाई उद्वार गरेको छ । उद्धार गरिएका मध्ये धेरैजसो मधेशी समुदायको रहेको माईती नेपालको तथ्याँकमा उल्लेख छ । मधेशी समुदायका यादव, राम, चौरसिया, तत्वा लगायतका जातजातीका चेलीबेटी बेचबिखनमा बढी देखिएको माईती नेपालले जनाएको हो । पहिला मानव बेचविखनका दलालहरुले पहाडका विकट गाउँका महिलाहरुलाई बेचबिखनको निसाना बनाउने गरेको थियो । तर पछिल्लो समयमा तराईका मधेशी समुदायका चेलीबेटीलाई निसाना बनाउन थालेको माइती नेपालकी पर्साकी प्रमुख संगिता पुरीले बताइन् । 
    दिवसको अवसरमा मानव बेचबिखन तथा ओसार पोसार नियन्त्रण जिल्ला समन्वय समिति पर्सा, माइती नेपाल, महिला तथा बालबालिका कार्यालय, सानो पाईला र पत्रकार महिला समूह पर्सा लगायतका संस्थाहरुको अगुवाई रहेको थियो । 

    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: बेचबिखनमा मधेशी समुदायका चेलीबेटी बढी Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top