सवनम श्रेष्ठ
मध्य नेपाल सन्देश
शिक्षण पेशा, व्यापार, व्यवसाय, फेसन, मिडिया यहाँ सम्म कि बैंकिङ्ग क्षेत्रमा पनि महिलाहरुकै संंख्या साथै चमक बढि छ । र यो सबैको एउटै कारण आत्मनिर्भरता हो । आजका महिलाहरु कसैको भरमा बाच्न चाहँँदैनन् । यहाँ सम्म कि आफ्नै जीवन साथीको कदममा कदम मिलाई हिडिरहेका छन् । घरमा परिवारको जिम्मेवारी पूरा गरी अफिसमा पनि इमान्दारीताको साथ आफ्नो कार्य पूरा गरेर पुरुष सरह समयको पनि कुनै पावन्दी नराखी काम गरिरहेको देख्दा साच्चै नै समाज परिवर्तन भइरहेको महसुस गरिरहेको छु । हिजो आज त आर्थिक रुपले घरको जिम्मेवारी पूर्ण रुपले महिलाले व्यहोेरेको देख्दछु । अझै कलेज पढ्ने बहिनीहरु पनि यतिकै दिनभरी घरमा बस्नु भन्दा केही सिक्ने अनुभव लिने र आफ्नो खर्च आफै व्यवस्थापन गर्ने मनसायले पार्ट टाइम, फुल टाइम नोकरीमा व्यस्त भएको देख्दा यस्तो जाँगर र जोस् यो उमेरमा हो भने त भविष्य साँच्चै नै सवल हुन्छ ।
पहिले हाम्रो हजुर बुबाहरुको पालामा विहान सूर्य नउदाउँदै र साँझमा सूयै अस्ताई सक्दा पनि नसकिने काम गर्दा गर्दै पनि जस नदिने मानसिकले गर्दा आजका महिलाहरुले घरमा भन्दा बढि समय अफिसमा दिएका होलान् जस्तो लाग्छ । कम से कम अफिसको कामले महिलाहरुको पहिचान र महिलाहरुलाई आत्म निर्भर बनाई दिएको छ । अफिस भन्दा बढि काम घरमा भएपनि त्यो कामको मोल नै छैन । अहिलेका महिलाहरु आर्थिक रुपले नै पुरुषप्रति भर परेकोले बढि शोषित भएको महसुस हुन्छ । भन्दाखेरी घरमा कमाउनमै हो भने पुरुष उनीहरुकै बराबरीमा यदि महिलाले कमाएका छन् भने ईष्या गर्न पछि परेका छैनन् । हाम्रो समाजमा यस्तो पुरुषको पनि कमि छैन जसले महिलाहरु चार पर्खाल भित्र नै हुनुपर्छ भन्छन् ।
तर बोल्ने मानिस बोली हाल्छन् । हामी किन पछि हट्ने भन्ने दृढ विश्वासका साथ अघि बढेको हुँदा केही उदाहारणीय महिलाहरु साच्चै नै हाम्रा प्रेरक हुन् । महिलाहरुकै आत्म निर्भरताको विषयमा भन्नुपर्दा अन्तिममा केही यस्ता पुरुषहरुको प्रसँग जोड्न जाहन्छु । जो चाँही साच्चै महिलाहरुको सहयात्रीकै रुपमा साथ दिई रहनु भएको छ । महिलाहरुको सम्मान गर्ने, सपोर्ट गर्ने र समाजमा महिला हक अधिकारका लागि नै लड्ने यस्ता पुरुषहरु पनि आत्म निर्भर महिलाहरुको सफलताको सिढि बन्न पुगेका छन् । यस्तो पुरुषहरुप्रति हामी महिलाहरुको सम्मान पनि कम छैन । धन्यवाद र आभार ति पुरुषहरुलाई जसले साच्चै महिलाहरुको मर्म बुझेका छन् । हिजोको दिन सम्म चार पर्खाल भित्र भान्सा र खानामा सिमित महिला आजको २१ औँ शताब्दीमा आएर सम्पूर्ण क्षेत्रमा स्थापित भई ख्याति कमाएको देख्दा गर्व महसुस हुन थालेको छ ।हिजोको दिन सम्म चार पर्खाल भित्र भान्सा र खानामा सिमित महिला आजको २१ औँ शताब्दीमा आएर सम्पूर्ण क्षेत्रमा स्थापित भई ख्याति कमाएको देख्दा गर्व महसुस हुन थालेको छ ।
0 comments:
Post a Comment