गीता भण्डारी |
साईनो त बोलाउने सरल माध्यम मात्रै हो । सच्चा सम्बन्ध त मन सुग नै गासिएको हुन्छ । जन्मको नाताले सामाजिक बन्धन भित्र बाँध्न सक्ने भए पनि मनसगुको सम्बन्धले बाच्न र बचाउन सिकाएको हुन्छ र त्यो सम्बन्धलाई गन्तव्य सम्म पुु¥याउन आफनो ( आफनो सोच र व्यवहारमा परिवर्तन हुन जरुरी छ । यसै सम्बन्धको कुरा गर्दा आर्दश निश्छल, प्यँरँे र मीठो सम्बन्ध हो आमा,बुबा । जो आफनो संन्तानको लागी हजार बार हाँसी हाँसी मर्न तयार हुन्छन । आफ्नो सन्तानको लागी टालेको लुगामा, बारहाते पटुकी कसेर संन्तानको भोक मेटाउन पाउँदा आफ्नो पेट अघाएको अनूभव गर्छन्, संन्सारकै शृष्टिकर्ता जो आफ्नो दूःखलाई लुकाएर संन्तानको लागी दुःख कष्ट सहेर पनि आफू खुशी र सुखी भएको अभिनय गर्न सिपालु हन्छन् ।
मान्छे जन्मनु मर्नु एउटा कठोर तर मान्नै पर्ने कटु सत्य हो । त्यो हामीले स्वीकार गर्नै पर्छ । तर जन्मे देखि नमरुन्जेल सम्मको त्योबिचको समय जसलाई हामी जिन्दगी भन्छौ । त्यो जिन्दगीमा हामीले कमाएका राम्रा नराम्रा कर्महरुलाई हेर्ने हो भने आज हाम्रो समाज कहीँ न कँिहविभिन्न कारणले पछाडी परेको छ। दिन, हप्ता, महिना गर्दे साल किताबको पाना झै पल्टिरहेको हुन्छ । आप्mना ईच्छा, चाहना र आवश्यकतालाई थाती राखेर संन्तानको लागी पुरै जीवन अर्पित गर्ने प्रति आजको यो समाजमा वहाुहरुको आत्मसम्मानमा केही कमी भएको हो कि ?संन्तान जन्माउदाको कष्ट, हूर्काउदाको चूनौती, गर्नुपर्ने कर्तव्य, त्याग र बलिदानको गला दबाएर आजका संन्तानविकृति र विसंगतीको खोल ओढी आफ्नो कर्तव्य पथबाट टाडा भाग्न खोजेका छन् ।
जीवनभर हर सानासाना आवाश्कता पूरा गर्नका लागी ठूलठूला सर्घष गरेका अभिभावक, पाइला पाइलामा हिम्मत र सहयोगीको हात बडाउदै लक्ष्य सम्म पु¥याउन सफल हुन्छन् भने ति नै सन्तान आफ्ना आमा बुबाको रेखदेखमा बुढेसकालको सहारा बन्न झन्झटिलो र बोझिलो झै व्यवहार हामीले देख्ने र सुन्ने गरेका छौ । यो एउटा गम्भिर अनि विचाराधिन पक्ष हो ।कर्तव्य वा जिम्बेवारीबाट टाडा भागेर कुसंन्तान नबनौं, आफू सानो छँदा बामे सर्न नसकी बारबार भूईमा बझारिंदा औलो समाई संँसार देखाउनेयी सम्मानीयहरु आज जिवनको अन्तिम पाईलामा आईपुग्दा वृद्धाआश्र्रमा लगी छोडेर आउने सन्तान प्रति के आशा राख्ने ? भनिन्छ सन्तान रुँदा जीवनमा एक पल्ट मात्र हािस्छन् आमा । जुन बेला उनको सन्तान धर्तिमा रुदै पहिलो पाइला टेक्छ । तर त्यही सन्तानले आमाको आखाुमा आसुुको भेल बग्दा पनि किन ति बगेका आुसु पुछ्न हिचकिचाईरहेका हुन्छन् ? आफ्नो कर्तव्य बाट टाडा भाग्न खोज्नेअनि सम्बन्धलाई देखावटी पुरा गरेको झै गर्ने प्रवृतिले हाम्रो समाजमा परिर्वनको मार्ग हिड्न नसकेको होकि झै लाग्नु,स्वभाविक नै हो ।
यस संसारमा पाईला टेकाई यहाु सम्म आईपुग्नको लागी जती भुमिका हाम्रा बुवा आमाले हामी संन्तानलाई गरेका हुन्छन् भने वहुा प्रति गर्नु पर्ने कर्तव्यलाई आफ्नै सुःख सुविधा अनि विलाशिसिताको आडमा अन्देखा नगरांै, किन की समय परिर्वतनशिल छ भोली हाम्रो पनि मार्ग त्यहि हुनेछ जहाु आज हाम्रा बुवा,आमा छन्, आजको त्यो स्थान भोली हाम्रो हुनेछ, तसर्थ आत्मा देखिसम्मान गरौं। जस्का कारण हामी यस धर्तिमा पाईला टेकी यहाु सम्म उभिएर आफुलाई म भनेर चिनाउन सक्ने भएका छांै ।
0 comments:
Post a Comment