-

  • नयाँ खबर

    19 September, 2016

    आत्मनिर्भरताका लागी ‘सीप’ को आवश्यकता


    कविता खड्का
    मध्य नेपाल सन्देश
    पर्सा जिल्लाको गाविस सखुवा प्रसौनीमा २०२७ सालमा जन्मेकी माला देवी थरुनी थारु समुदायकी निकै सकृय छोरी हुन् । श्रीपुर पँचगावा मा.वि.मा कक्षा १० सम्म अध्ययन गरेकी उनले पढ्ने चाहना हुदाहुदै आफनो रीतिरिवाज र परम्मपराको इन्कार गर्न पनि सकिनन् । जसको कारण २०४५ सालमा वस्डिल्वाको देवपुजन प्रसाद गौरो थारुसंग विवाह बन्धन बाधिन पुगिन् । 
    मध्य तराईमा जन्मिएकी छोरी यसै क्षेत्रमा बुहारी भएपछि यहाँको संस्कार अनुसार घर बाहिर निस्केर काम गर्ने अवस्थाबाट भने केही बन्धनमा परेकी हुन् । सानै देखि सृजनशिल काममा औधी रुची राख्ने माला देवीले जन्म घरमा आफनो ईच्छा पूरा गर्न नसके पनि कर्म घरमा आफनो लक्ष्य प्राप्तिको लागि निरन्तर परिश्रम र संघर्ष गरिरहिन् । फलतः विवाहको कारण बीचैमा पढाइ छोडेकी माला देवीले विवाहको ६ बर्ष पछि ( २०५१ सालमा ) वीरगंज १४ श्रीपुरको शान्ति सिलाई केन्द्रबाट ९ महिने सिलाई कटाई तालिम लिन सफल भइन् । यो तालिम नै उनको जीवनको नयाँ मोडको सार्थक पक्ष सावित      भयो ।  
    उनले सिलाइको सीप हासिल गरे लगतै पुनः गाउमै फर्की जनजागृती युवा क्लव वस्डिल्वा पर्सामा दैनिक ६० जना महिलालाई ३ समूहमा विभाजन गरी तालिम संचालन गरिन् । यस्तै गरी उनको निरन्तरताले पर्सा जिल्लाको गाविस परसवा, बर्वाछटैली, बडनिहारका  गरीब, असहाय, दलित, बिपन्न, एकल महिला तथा जनजाती गरी हालसम्म ६ सय ५० जना भन्दा बढिले सीप सिक्न पाए । उनीबाट प्रशिक्षण लिएका पर्सा जिल्ला पथरैयाका जानकी देवी, परमिला देवी काठमाडौमा अहिले सिलाई कटाई व्यवसाय संचालन गरी आफै मनग्य आम्दानी गर्न सफल भएका छन् । त्यस्तै वीरगंजका  उषा देवी, रिना देवी पनि सिलाई कटाईको काम गरी घर संचालनमा श्रीमानलाई आर्थिक सहयोग गर्दै आईरहेका छन् । सासु र श्रीमान्ले घर निकाला गरे पछि बिच्चलीमा परेकी मनियारीकी गिता देवीलाई उनले निःशुल्क ९ महिने सिलाई कटाई प्िरशक्षण तालिम प्रदान गरी सक्षम बनाएको उदाहरण पनि ताजै छ । सीप सिकेर आम्दानी गर्न थाले पछि घर परिवारले पुनः गीतालाई सम्मान साथ घरमा फर्काएर  राखेका छन् । उनी अहिले घर परिवारमा श्रीमान्लाई सहयोग गर्ने दरिलो सारथी समेत भएकी छन् ।   
    आर्थिक क्रान्ति विना समाजको विकास हुन सक्दैन भन्ने कुरालार्ई मनन् गर्दै बीच बाटोमा आएका काँडाहरुलाई सहज रुपमा स्वीकारी निरन्तर आफ्नो कामलाई अगाडी बढाउदै जाँदा मालादेवीले विधिन्न संघ संस्था संचालन गरी सपी विकास तालिम प्राप्त गर्दै आफनो सीपलाई समेत अझ बलियो बनाएकी छन् । अहिले सम्म उनले २ सय जना हिंसा पीडित, एकल महिला, गरीब महिलालाई निःशुल्क रुपमा प्रशिक्षण दिई व्यवसाय संचालन गर्न समेत सहयोग गरेको गतिलो कार्यले  २०५६ सालमा समाज कल्याण परिषद्बाट सम्मान समेत पाएको प्रमाण देखाउँदै उनले बताइन् । जुन सम्मान सोे समयमा स्वास्थ्य मन्त्री रहेका पूर्व राष्ट्रपति डा.रामवरण यादवले नगद रु २५ हजार  सहित प्रदान  गरेका थिए । 
    बिहान ४ बजे उठ्ने र ८ बजे सम्म घरको आन्तरिक काम सकेर र ९ बजेपछि आफ्नो प्रशिक्षण केन्द्रमा गई साँझको ८ बजे खट्ने उनको दैनिकीले नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि.को मध्ममाञ्चल क्षेत्रीय प्रबन्धक रहेका श्रीमान् देवपूजन्लाई ठूलो साथ भएको छ । निकै लगनशील श्रीमान् आर्थिक पक्ष सवल बनाउन सक्ने भए पनि उनको कामको निरन्तरताले बेंगलोरमा अध्ययनरत आफ्नो छोराको खर्च  लागि समेत श्रीमान्को मुख ताक्नु परेको छैन । श्रीमतीको यस्तो लगनले आफू सफल हुन सकेको श्रीमान् देवपूजन गौरो थारु पनि बतााउनु हुन्छ । घरपरिवारको सहयोग विना महिलाहरुले अगाडी बढ्न नसक्ने भन्दै आफ्नो श्रीमान्ले भने अफिसको सारा काम सकेर पनि आफूलाई व्यवसायिक संस्थामा नै लिन पुग्ने गरेको मालादेवीको भनाइ छ । कुनै पनि महिला दिदी बहिनीहरुले आफू अगाडी बढ्नु छ भने सर्व प्रथम सीप सिकेर आफू आत्मनिर्भर बन्नु पर्ने मालादेवीको सुझाव छ । आफूसँग सीप भएन भने कहिले पनि अगाडी बढ्न नसकिने उनको तर्क छ । 

    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: आत्मनिर्भरताका लागी ‘सीप’ को आवश्यकता Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top