मध्य नेपाल सन्देश
सडक मर्मतका लागि हुलाकी राजमार्ग २ घण्टा बन्द भएको छ । स्थानीय लक्ष्मणवावासीले वीरगंज उपमहानगरपालिका वडा नं. १८ लक्ष्मणवा चौकको चौतर्फी बाटो विकासका लागि राजमार्ग बन्द गरेका थिए । स्थानीय युवा नेता ईश्वर यादवको अगुवाईमा भएको विरोध प्रर्दशनमा नारावाजी समेत भएको थियो । विरोध कार्यक्रम चलि रहँदा स्थानीयले खबर गरेपछि ढिलो आएका वीरगंज उपमहानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत बिष्णु कोइरालाले लक्ष्मणवा हुलाकी राजमार्ग अन्तर्गत पर्ने भएकोले निर्माण गर्ने निकायको ध्यानाकर्षण गराउने मात्र भनेका थिए ।
हुलाकी राजमार्गसँग जोडिएको भएतापनि वीरगंज नगरको मुख्य चौक भएकोले नगरपालिकाको पनि दायित्व हुनुपर्ने स्थानीयले बताका थिए ?
0 comments:
Post a Comment