-

  • नयाँ खबर

    19 September, 2016

    नबुझेरै हो त ? दाइजो लेनदेन - सम्पादकीय

    मध्य नेपाल सन्देश,जीवनको उत्तराद्र्धसम्म सँगै बाँच्ने र सँगै मर्ने कसम खाई प्रणयशुत्रमा बाधिएका दुई प्राणीको जीवनको अविरल गाथा कसैले वर्णन गरेर सक्ने कुरै भएन । श्रीमान् श्रीमतीका रुपमा जीवन काट्ने आधारको पहिलो खुड्किलोका रुपमा सुरुवात हुने माध्यम मात्र हो प्रणयशुत्र अथावा  विवाह । यो मानवीय परम्परामा दुई परिवारका बीचको मिलनको प्रस्थान विन्दु पनि हो । यसमा दुई परिवारलाई एक आपसमा ती दुई घरका फरक लिंगीय युगलको वैवाहिक कार्यले सामिप्यतामा ल्याउने गर्दछ । फरक यति मात्र हो कि एक परिवारको सदस्यले यदाकदा आउने वाहेक सदाका लागि आफ्नो जन्म घर छोडेर गइरहेको हुन्छ भने अर्को परिवारमा वैवाहिक कार्य पछिका दिनमा थप एक सदस्य थपिन्छ । अनि जन्मघरको गोत्र समेत परिवर्तन गरी नयाँ आउने सदस्य पुरुषको घरमा नयाँ सदस्यका रुपमा भित्रिन्छ । आफ्नो जन्म घर नै छोडेर जन्मघरभन्दा ठूलो ठानी कर्मघर अथवा श्रीमान्को घरमा भित्रिने सदस्य त्यो घरको बुहारी, ठूलीआमा, सानीआमा, भाउजु आदि हुँदै आमा र घरमुलीको सम्म भूमिकामा पुग्छिन् । 
    अपवाद वाहेक यो मानवीय संरचनामा प्रायः हरेक छोरीले यो सबै भूमिका निर्वाह गर्ने गरेका छन् । अनि पुरुषहरुले पनि आफ्नो जीवनको आधा संसार यिनै कसैको छोरीबाट पूरा गर्ने गरेको घाम झैं छर्लङ्ग छ । विना स्त्री कुनै पुरुषको जीवन उति सार्थक भएको पाइदैन । परन्तुु ः योे मर्मस्पर्शी सत्यलाई  २१ औं शताब्दीको उत्तराद्र्धमा आइपुुगेका केही हिंश्रक मनोवृृत्तिका पुरुष भनाउँदाहरु अनि आफ्नो पूर्ववत अवस्थालाई तिलाञ्जली दिई घरमूली भइसकेका केही स्त्रीहरुले पनि जाबो सम्पतिको आशामा दाइजो कम भएको निहुँ गरी ती अन्जान नव नारीको जीवन हरण गर्ने सम्मको कु(कृत्य गर्ने गरेको पाइन्छ । पछिल्लो समयमा यो समाजको टाउको दुःखाइ समेत हुन थालेको छ । आफ्नो घर परिवारमा आएर आफ्ना सुख दुःखमा साथ दिन तत्पर हुने व्यक्तिलाई नगन्य सम्पतिको लालचमा उसकोे ज्यान लिने सम्मको हर्कतमा उत्रिने कार्र्य कुनै अर्थमा क्षम्य हुन सक्दैन । 
    यो कार्य कुनैै अज्ञानीले मात्र पनि गरेका छैनन् । चेतनाको उच्च शिखरमा पुगेका आफूलाई शिक्षित हुँ भन्ने र समाजका टाठा – बाठाहरुले समेत गरेको पाइन्छ । अरुको सम्पतिको आशमा ¥याल काडेर जीवनको पूरा रथ गुडाउन जन्मघर त्याग गरी कर्मघरमा आएका अबोध चेलीहरु माथि पर्ने बज्रपातको प्रमुख कारण, ‘दाइजो’ केवल अकारण मात्र हो । यो चेतना फैलाउन त परेकै छ । तथापि अकारण बनेको दाइजोका निहुँमा यो समाजका चेलीहरुले अब मृत्युवरण गर्ने अवस्था आउनु हुँदैन । दाइजोको लेनदेन रोक्न चेतनास्तर फैलाउन भन्दा बढि दाइजोको लेनदेन गर्नेलाई कानूनी मापदण्ड बनाएर कार्वाही गर्न आवश्यक छ । सदाका लागि जन्म घर छोडेर कर्र्मघरमा जाँदै गरेका छोरी छेलीहरुलाई उपहार स्वरुप सानोेतिनो केही दिइने पूरानो संस्कृतिलाई पछिल्लो समयमा सबैथोक सम्पति मात्र हो भनी दोषी चश्मा लगाएर दाइजो माग्ने रित सर्वथा निरुत्साहित गरिनुुपर्छ । सामाजिक सचेतना जगाउन समाजमा जुट्ने हरेकले अब सचेतनाका अतिरिक्त दाइजो माग्ने र दिनेहरुलाई कानूनी दायरामा ल्याउन बढि भूमिका खेल्नु जरुरी छ ।
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: नबुझेरै हो त ? दाइजो लेनदेन - सम्पादकीय Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top