-

  • नयाँ खबर

    04 September, 2016

    महिनावारी प्रक्रिया, किशोरी मानसिकतामा हाउगुजी



    खुशी शर्मा

    पर्सा, १२ भदौ 

    महिलाको महिनावारी अथावा ‘नछुने हुने’ प्रकृयालाई रुढीवादी समाजले पूूर्वजन्मको पाप भनेर धेरै कुरामा बार्नुपछ भनी किशोरी मानसिकतामा हाउगुजी फैलाएको छ । तर महिनावारी महिलामा प्रजनन् क्षमता विकास हुने एउटा प्रक्रिया मात्र हो । यसको वैज्ञानिक पुुिष्ट भईसकेको छ । पछिल्ला दिनमा महिनावारीलाई हर्मोनको कारण हुने शारिरिक परिवर्तनको रुपमा पनि लिने गरिन्छ । 
    प्राकृतिक रुपले नियमित हुने महिनावारी प्रक्रिया साँच्चै भन्ने हो भने, महिलाहरुका लागि गौरवको विषय हो । तर मस्तिष्कमा बाँकी रहेको हाउगुजीको आंशीक रहलपहलले यस बारे खुलेर चर्चा गरिंदैन । गर्भवती महिलामा जस्तै टाउको र शरीर भारी हुने, कम्मर दुख्ने, रिस उठ्ने लक्षण महिनावारीमा पनि देखिन्छ । गर्भवतीलाई दिए जस्तो स्याहार सुसार, पौष्टिक आहार, आराम र सद्भाव महिनावारीका समय दिनुपर्ने हुुन्छ । यसबारेमा धेरैको ध्यान गएको पाइन्न । महिनावारीका समयमा सरसफाई, खाना, प्रयोग गरिने कपडामा विषेश ध्यान दिनु आवश्यक रहेको चिकित्सकहरु बताउँछन् । यसै सन्दर्भमा स्त्री तथा प्रसुती रोग विषेशज्ञ डा.लक्ष्मी थापासँग ‘मध्य नेपाल सन्देश’ का लागि खुुशी शर्माले गरेको कुराकानी :– 
    महिनावारीलाई कुन रुपमा बुझ्ने ?
    महिनावारी भन्नाले १२ देखि १४ वर्ष उमेर पुगेपछि शुरु हुने र प्रत्येक २१ देखि ३५ दिनको अन्तरालमा महिलाको योनीबाट हुने रक्तश्रावलाई बुझिन्छ । 
    महिनावरीका बेला के कुरामा विषेश ध्यान दिनुपर्छ ?
    विषेशत सरसफाईमा ध्यान दिनुपर्छ । महिनावारीको अवधिमा समय समयमा प्याड परिवर्तन गर्ने, कटनको सफा पेन्टी प्रयोग गर्ने र प्रत्येक दिन फेर्ने । अनि प्रयोग गरिएको पेन्टी र कपडा सफासँग धोएर त्यसलाई घाममा सुकाएर मात्रै पुनःप्रयोग गनर्,े पिसाब गरे पछि वा प्याड परिवर्तन गरेपछि सफा चिसो पानीले योनी सफा गर्ने, त्यो अवधीको प्रत्येक दिनको सुरुवात नुहाएर मात्रै गर्नुपर्छ । 
    प्याड अथवा कपडा के को प्रयोग उपयुक्त हुन्छ ?
    दुवै उपयुक्त हुन्छ । सुरक्षित प्याड बनाउन जानेकाले घरैमा तयार गरेको प्याड प्रयोग गर्दा राम्रो हुन्छ । सक्नेले बजारमा पाईने उच्चस्तरीय र किटाणुरहित प्याड प्रयोग गर्न सक्छन् । प्याडको प्रयोग नगर्नेले सुतीको सफा कपडा प्रयोग गर्नुपर्छ ।
    प्याड या कपडाको सही प्रयोग नहुँदा के हुुन्छ ?
    प्याड वा कपडा सफा भएन वा लामो समयसम्म एउटैमा काम चलाइयो भने इन्फेक्सनको डर हुुन्छ । जस्ले गर्दा तल्लो पेट दुुख्ने, योनी चिलाउने, गन्हाउने सेतो पानी बग्ने जस्ता यौनजन्य रोग लाग्छ ।  इन्फेक्सनका कारण डिम्ब वाहिनी नली बन्द भई बच्चा नहुुनेसम्मको समस्या हुन सक्छ । त्यतिमात्रै नभएर सानै उमेरमा पाठेघर निकाल्नुुपर्ने अवस्था पनि आउन सक्छ । 
    महिनावारी हुँदाको बखत खाना र आराम कत्तिको जरुरी छ र ?
    एकदमै जरुरी छ । महिनावारीका बेला मानसिक र शारीरिक रुपले कमजोरी महशुस हुने भएकोले सक्दो आराम गर्नुपर्छ । यस्तो बेला सादा तर ताजा खाना समय समयमा खाने, प्रशस्तै मात्रामा झोलिलो कुुराहरु खानुुपर्छ । खानामा ध्यान दिन सके कमजोरी हुुन्न । साथै शारीरिक थकान पनि कम हुुन्छ ।
    महिनावारीलाई पर धकेल्न वा पेट दुुखाई कम गर्न औषधीको प्रयोग गर्नुु कत्तिको फाईदाजनक हुुन्छ ?
    तुुरुन्तका लागि फइदा पुुगे पनि महिनावारी पर धकेल्ने औषधी हर्मोन नै भएकोले यसको नकारात्मक असर पछि देखिन सक्छ । यसबाट महिनावारी अनियमित हुुने, बढी रक्तश्रावहुुने जस्ता समस्या आउन सक्छ । त्यसैले सकेसम्म प्रयोग नगर्ने गर्नै परे पनि चिकित्सकको सल्लाहमा औषधीको प्रयोग गर्नुुपर्छ । यस्तो औषधीले धेरैलाई तुरुन्तै साइडइफेक्ट गर्छ । त्यस्तो भएमा तुुरुन्तै चिकित्सकलाई देखाउनुुपर्छ । त्यस्तै महिनावारीका समयमा पेट दुुख्नुु सामान्य कुुरा हो । यस्तो दुुखाईमा एकै ठाउँमा कक्रीएर बस्नुुहुुन्न । एता उता टहलिरहनु पर्छ । धेरै सुुत्नु हुँदैन् । आफुुलाई समान्य काममा व्यस्त बनाईराख्ने र मनतातो पानी र खानाखाने गर्नुपर्दछ । अत्याधिक दुुखेमा चिकित्सकको सल्लाह अनुुसार चेकजाँच गरेर मात्रै औषधीहरुको प्रयोग गर्नु उपयुुक्त हुुन्छ । 
    laxu.sharmaa@gmail.com





    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: महिनावारी प्रक्रिया, किशोरी मानसिकतामा हाउगुजी Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top