-

  • नयाँ खबर

    04 September, 2016

    पोल्टीफर्म व्यवसायी चिन्तित


    मध्य नेपाल सन्देश 
    पर्सा जिल्लाको अधिकांश पोल्टी फर्मको कुखुराहरु अहिले भट्टाभट्टा मर्न थालेपछि पर्साका पोल्टी फर्म व्यवसायिहरु चिन्तित बनेका छन् । 
    एउटा फर्ममा नै कम्तिमा २० देखि २५ वटा र बढीमा १५० देखि २०० सम्म कुखुरा मरेको सेढवा गाविस ४ का व्यवसायी किसनी मिर्दाहाले बताए । उनले भने कुखुरा मरेर एउटा पोल्टी फर्ममा २÷३ लाख सम्म घाटा भईसकेको उनले बताए । चिकित्सकका अनुसार कुखुराको दानाले गर्दा विरामी भएको बुझिएको छ । अहिले दानामा भुररा पर्ने, कुहिने भएकाले त्यहि दाना खाएर रोग लागेको बताए । चिकित्सकले भने अनुसारको औषधी प्रतिफर्म १५ देखि २० हजार रुपैयामा परागाआउट, लिभोभिट, पारामैक्स, सिप्रोजोल टी, एटिकोको लिस्टन लगायतका औषधीहरु व्यवसायिहरुले खुवाई सकेका बताएका छन् । तर पनि हाल सम्म कुखुरा मर्नेमा क्रममा कमी नआएको व्यवसायी मिर्दाहाले बताए । उनकै फर्ममा प्रत्येक दिन १५० देखि २०० सम्म कुखुरा मरेर खोर नै रितिन लागेको छ । राती मरेकालाई बिहान मात्रै खाल्डो खनेर पुरें । फेरी अहिले ३ घण्टामै अरु १२–१३ वटा मरिसके उनले भने । 
    अहिले वर्षायामको सिजन भए पनि पानी नपरेकाले दुई साता देखिको बढदो गर्मीले कुखुराहरु मरिरहेको सुवर्णपुर गाविसकी पोल्टीफर्म व्यवसायी विष्णु माया अधिकारीले बताईन् । चिकित्सकलाई  देखाउदाँ उनीहरुले चिरफार गरी हेर्दा गर्मीले ग्राउड भन्ने रोग लागेर कुखुराहरु मरिरहेको बताए उनले भनिन् ।
    जिल्लाको ग्रामिण भेगको ४ दर्जन भन्दा बढी पोल्टी फर्ममा खासगरी कुखुराहरुमा निदाउने, छिटोछिटो स्वास प्रस्वास हुने, काम्ने, लड्ने र छटपटाउदै मर्ने गरेको लक्षण देखिन्छ । फरक फरक पोल्टी फर्ममा रोग र औषधी पनि व्यवसायिहरुले फरक फरक खुवाई रहेका छन् । तर कुनै पनि फर्ममा कुखुरा मर्नेमा कमि नआएर व्यवसय नै धरापमा पर्न थालेको सेढवा गाविस ९ का शिवकुमार साहले बताए । हरेक चिकित्सकले अलग अलग औषधी दिए पनि कुनै फर्मको कुखुरामा सुधार हुन नसकेको उनीहरुले बताए । हाल सम्म मेरो फर्ममा १ लाख ५० हजार देखि २ लाख रुपैया बराबरको कुखुरा मरिसकेको छन् । अझै कति मर्ने कुनै यकिन नरहेको उनले दुःखेसो गरे । एक त कुखुरा मर्दै छन् कुनै निदान पाएका छैनौँ, अर्को यस व्यवसायमा धेरै लगानी लाग्छ । तर नेपाली बजारमा भारतीय कुखुराहरु कमै दाममा छ्याप–छयापी पुग्ने हुँदा लगानी अनुसारको भाव पाउदैनन् । हामी व्यवसायि सधै मारमा छौँ व्यवसायहरुले दुखेसो गरे । 
    ४ वर्षदेखि यहाँका धेरै जसो व्यवसायीहरुले पर्साकै शिवम् ह्याचरीको बच्चा लिने गर्दथ्यो । तर शिवमको बच्चा ४५ दिनमा ५०० ग्राम, कुनै एक केजि र कुनै २ केजि सम्म सबै खाले कुखुरा फरक फरक तौलको हुने भएकाले यसवर्ष अधिकांशले बुटवलको ह्याचरी फर्मबाट बच्चा ल्याएका छन् र सबैमा अज्ञात खालको रोग लागेको छ । 
    यता यि रोगहरुबारे जिल्ला पशु कार्यालयका पशु चिकित्सक डा.मुकेश नायकले भने दाना कम्पनीहरुले कुखुराको तैल बढाउन नेपाल सरकारले निर्धारण गरेको इनर्जिपावर र प्रोटिनको मात्रा बढाएर कुखुरा दाना उत्पादन गरी विक्रिवितरण गरेकाले कुखुराहरु सहन गर्न नसकेर मरिरहेको बताएका छन् । उनले भने जिल्लाको ग्रामिण भेगमा भयावह स्थिति भए पनि ग्रामिण भेगका पशु किसानहरु हामीकहाँ आउदैनन् । प्राइभेट फर्महरु कहाँ पोष्टमार्टन गराउँछन् ? सरकारी निकायमा हाल सम्म कोहि पनि व्यवसायी नआएको बताउँछन् । अहिलेको विरामी सिजनल पनि हुन सक्छन् तर अत्याधिक इनर्जि पावर र प्रोटिनले गर्दा मर्ने गरेको हाम्रो जनकारीमा आएको उनले बताए । 

    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: पोल्टीफर्म व्यवसायी चिन्तित Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top