-

  • नयाँ खबर

    10 September, 2016

    वीरगन्जका किशोरीहरु भन्छन् – दाइजो माग्ने केटासंग विहे गर्दिन

    दाइजो र बाल विवाह विरुद्धको अभियानमा सकृय पर्साका किशोरीहरु ।
    क्रान्ति शाह
    दाइजो माग्ने केटासंग म विहे गर्दिन , कक्षा ९ मा अध्ययनरत सुपौलीकी राजनन्दनी चौधरी भन्छिन्, दाइजोकै कारण हाम्रो समाजमा धेरै दिदीबहिनीले दःुख पाएका छन् ,त्यसैले हामी सबै मिलेर यो गलत कुप्रथालाइ हटाउनु पर्छ ।
     राजनन्दनी जस्तै पर्साका किशोरीहरुले अहिले दाइजो र बाल विवाहका विरुद्धमा अभियान नै चलाएका छन् । उनीहरुको अभियानमा प्रहरीले पनि साथ दिएको छ ।
      गत वैशाखको पहिलो सातादेखि शुरु भएको दाइजो र बाल विवाह विरोधी अभियान अन्तर्गत पर्साको ग्रामीण र नगर क्षेत्रमा गरी किशोरीहरुको सहभागीतामा  १३ वटा गल्र्स क्लब गठन भइसकेका छन् ।
     पर्साको बेलवा ,गर्दौल, पटेर्वासुगौली, सबैठवा, सखुवाप्रसौनी, देवरवाना, जितपुर, सिर्सिया, उदयपुरघुर्मी, सुपौली तथा वीरगन्जको पिपरा, कुम्हालटोल र श्रीपुरमा रहेका सामुदायिक र नीजी विद्यालयको कक्षा ८, ९ र १० मा अध्ययनरत किशोरीहरुले गल्र्स क्लब गठन गरेका हुन् ।
     १३ वटा गाँउमा गठन भएका गल्र्स क्लबमा करिब दुइ सय किशोरीहरु अभियानमा जुटेका छन् । 
     क्लबमा आबद्ध किशोरीहरुले आफुहरुले दाइजो माग्ने केटासंग विहे नगर्ने र अरुलाई पनि गर्न नदिने सामुहिक प्रतिबद्धता जनाएको अभियानमा सकृय पर्साका प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठले बताए । 
     दाइजो र बाल विवाह जस्ता कुप्रथालाई समाजबाट हटाउनकै लागि गल्र्स क्लब गठन गरेका हौं , वीरगन्जको पिपरामा गठित नृसिंह गल्र्स क्लबकी अध्यक्ष खुशी झाले भन्छिन् ,‘क्लबमा भएका हामी सबैले दाइजो माग्ने केटासंग विहे गर्दैनौ भनेर कसम नै खाएका छौ । 
     उनले थपिन्,‘ हामीले हाम्रो गाँउ समाजमा अब बालविवाह पनि हुन दिन्नौं । 
     हुन त हामीले शुरु गरेको अभियान लागु गर्न त्यति सजिलो भने छैन , झा भन्छिन् , दाइजो लिने केटासंग  विहे गर्दिन भन्दा बुबा आमाले सहजै मान्नु हुन्न होला , तर हामी हाम्रो अभिभावकलाइ सम्झाउछौ , किन कि बुबा आमा हाम्रौ हो , उहाहरुलाइ मनाउने जिम्मा हाम्रै हो ।
     दाइजो र बाल विवाह जस्ता कुप्रथाबाट सबै भन्दा बढि किशोरीहरु पिडित हुने भएकाले नै कक्षा ८ , ९ र १० मा अध्ययनरत किशोरीहरुलाइ अभियानमा सामेल गराइएको पर्साका प्रहरी उपरिक्षक श्रेष्ठ बताउछन् ।  
     गल्र्स क्लबमा सामेल किशोरीहरुले आफनो गाँउ टोलका घर घरमै गएर किशोर , किशोरी , युवा , युवती र अभिभावकहरुलाइ दाइजो र बाल विवाह जस्ता कुप्रथा रोक्नका लागि आग्रह गर्ने गरेका छन् ।
      गल्र्स क्लबमा आबद्ध किशोरीहरु गाँउ घरमा हुने जुवातास , मदिराको सेवन , महिला महिला माथि हुने घरेलु हिंसा जस्ता सामाजिक विकृति नियन्त्रणका लागि पनि सकृय भएका छन् ।
     गल्र्स क्लब गठन भएका गाँउ टोलमा जुवा तास खेल्ने र मदिरा सेवन गरेर होहल्ला गर्नेहरुको संख्यामा पनि निक्कै कमी आएको छ , प्रहरी उपरिक्षक श्रेष्ठले भने ,‘ घरेलु हिंसाका घटना पनि नियन्त्रण भएका छन् । 
     अभियान अन्तर्गत गाँउ गाँउमा गल्र्स क्लब गठन भएपछि समाजमा शान्ति सुरक्षा कायम गर्न प्रहरीलाइ पनि निक्कै सहज भएको छ ,प्रहरी उपरिक्षक श्रेष्ठले भने ,‘ अब हरेक गाँउमा बिना बर्दीको प्रहरी तैनाथ छन् भन्ने महसुस भइरहेको छ । 
     दाइजो र बालविवाह विरुद्ध सन्चालित किशोरीहरुको अभियान निक्कै सकरात्मक कदम भएको महिला अधिरकारकर्मी कविता खड्काले बताइन् । 
     किशोरीहरु नै स्वंय अभियानमा लागेका छन् , यसले राम्रै उपलब्धि दिन्छ भन्नेमा म विश्वस्त छु , उनले भनिन् , ‘हिजोको आजै परिणाम नआउन सक्ला तर भोलिका दिनमा दाइजो र बालविवाह जस्ता कुरुती र कुप्रथा हटाउन यो अभियान निक्कै फलदायी सावित हुन्छ । 
     अहिले सम्म १३ वटा गाँउ टोलमा गल्र्स क्लब गठन गरिएको र २० वटा क्लब गठन भएपछि सबै गल्र्स क्लबहरुलाइ महिला तथा बाल बालिका कार्यालयसंग सम्बन्ध स्थापित गराउने योजना रहेको प्रहरी उपरिक्षक श्रेष्ठले जानकारी दिए ।

      

    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: वीरगन्जका किशोरीहरु भन्छन् – दाइजो माग्ने केटासंग विहे गर्दिन Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top