-

  • नयाँ खबर

    19 September, 2016

    चिन्ता कम गर्ने केही उपायहरु

    शारीरिक श्रम गर्दा शरीरमा हुने स्ट्रेस हार्मोनको मात्रा घट्छ र तनाव कम हुन्छ । त्यही भएर काममा जाँदा गाडीको सट्टा पैदल अथवा साइकलमा जान जोड गर्नुपर्छ ।
    व्यायाम
    नियमित व्यायाम गर्नाले शरीरमा अक्सिजनको मात्रा बढ्छ र रक्तसञ्चार तीव्र हुन्छ, जसले स्ट्रेस हार्मोनको मात्रालाई कम गरिदिन्छ ।
    प्राणायाम गर्ने
    प्राणायाम श्वासप्रश्वासको विधि हो । गहिरो सास लिने र फाल्ने, फोक्सोभरि सास भर्ने र फाल्ने आदि गर्नाले समग्र शरीरमा अक्सिजनको ‘इन्टेक’ बढ्छ । अक्सिजनको इन्टेक बढ्यो भने तनाव स्वतः कम हुँदै जान्छ । तनाव बढी हुनेले भस्तृका, कपालभाँती, अनुलोमविलोम, भ्रामरीजस्ता प्राणायामका विधि अभ्यास गर्नु राम्रो हुन्छ ।
    घुलमिल बढाउने
    चिन्ता र तनाव भएको बखत एक्लै घोरिएर बस्नुको सट्टा साथीभाइसँग घुलमिल हुनुपर्छ । यसले तनाव कम गर्छ ।
    बेस्कन हाँस्ने
    बेस्कन हाँस्दा शरीरमा खुशी बनाउने हार्मोन बढ्छ र चिन्ता दिलाउने हार्मोन घट्छ । तसर्थ, बिहान(बेलुका बेस्कन हाँस्ने गर्नुपर्छ ।
    गीत सुन्ने
    गीत सुन्दा पनि चिन्ता कम हुने विभिन्न अनुसन्धानले देखाएका छन् ।
    सत्य स्वीकार गर्ने
    कुनै कुरा गुमेको कुराले चिन्ता भएको छ भने गुमेको कुरालाई स्वीकार गर्नुपर्छ । सत्य स्वीकार गरेपछि परिवर्तन प्रति अभ्यस्त हुँदै गइन्छ र चिन्ता क्रमशः कम हुँदै जान्छ । – एजेन्सीको सहयोगमा
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: चिन्ता कम गर्ने केही उपायहरु Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top