जब म सानै थिएँ त्यतिबेला गोरोपनको यो धारणा बुझिसकेकी थिइनँ । खासगरी सेलिब्रिटीका माध्यामबाट तमाम फ्यानका लागि कुन उदाहरण स्थापित गर्छु भन्ने पनि सोचिनँ । मलाई यस्ता उत्पादनको बिज्ञापन नगर्ने निर्णय लिँदा अहिले कुनै अफसोस छैन । किनभने पब्लिक फिगर भएका नाताले मेरो पनि समाजप्रति जिम्मेवारी छ । मेरी बहिनी रंगोली रनावत पनि काली छ तर राम्री छ । जब म गोरो बनाउने क्रिमको बिज्ञापन गर्छु त उसको अपमान हुन्छ । यदि म मेरी बहिनीको दिल दुखाउन सक्दिन भने करोडौं भारतीयको दिल कसरी दुखाउँ ? कसरी भनुँ, कालो भएर तपाईँले जुनी हार्नुभएको छ, अब पलानो क्रिमले तपाईँलाई गोरो बनाएर उपकार गर्छ !
तपाईँ गोरो रंगको हुन सक्नुहुन्छ, वा कालो रंगको हुन सक्नुहुन्छ । प्रकृतिले दिएको जुनसुकै रंगमा तपाईँ राम्रो हुनुहुन्छ । गोरो मात्रै राम्रो भनेर म अरु रंगको अपमान कसरी गर्न सक्छु । मेरो बिचारमा त यस्तो वर्ण विभेद गर्ने उत्पादनमा सरकारले नै रोक लगाउनुपर्छ । मैले यस्ता उत्पादनको बिज्ञापन गर्न अस्वीकार गरेको यो पहिलो होइन । यदि मैले यस्ता उत्पादनको बिज्ञापन गरें भने धेरै युवा जो गोरो छैनन् उनीहरु हीन भावनामा बाँच्ने छन् । जुन वेवकुफी मेरा तर्फबाट हुनै सक्दैन । टिभी विज्ञापन हेर्छु, गोरो नहुनु भनेको ठूलै अभिसाप रहेको तरिकाले प्रस्तुत गरिन्छ । यस्ता बिज्ञापनले धारणा बनाउने कोशिस गरिरहेका छन् कि गोरो हुनु भनेकै सफल हुनु हो । यदि कोही गोरो छैन भने ऊ त निकम्मा हो ! भारतमा कस्मेटिकको कारोबार करोडौंको छ । जहाँ ३० प्रतिशत हिस्सा गोरोपन ल्याउने क्रिमले ओगटेको छ । यसको कारोबार बढ्दो छ किनभने अब त पुरुष पनि गोरो बन्न लालायित छन् । दक्षिण अफ्रिकामा महात्मा गान्धी समेत संलग्न रहेको रंगभेद बिरुद्ध आन्दोलन भएको १०० वर्षपछि पनि गोरो हुनैपर्ने धारणासँग लड्नु जुग सुहाउँदो लागिरहेको छैन । जबकि हामीले मानि आएका राम्रा पुरुष राम र कृष्ण दुइटै काला थिए । -सौजन्य
0 comments:
Post a Comment