-

  • नयाँ खबर

    11 September, 2016

    तीजमा महिला र श्रृङ्गारको मिश्रण

    प्रियंका गुप्ता
    हिन्दुहरुको महान् चाडका रुपमा चिनिने पर्व तीज भाद्र कृष्णपक्षको तृतीयाका दिन पर्दछ । महिलाहरुले श्रीमान्को सुस्वास्थ्यको कामना गर्ने पर्व श्रीमान्को उमेर लामो होस् भनेर पनि मनाउने गररेका छन् । यो पर्वमा महिला दिदीबहिनीहरु चौतारीमा बगैचामा भेला भएर आफना मौलिक नृत्य र भाकाका माध्यमद्घरा नाचगान गरी तीज पर्वको मौलिक संस्कृति जोगाँउदै पनि आइरहेका छन् । यसको संस्कृति विकास हुदै आएकोमा अहिले आएर गाँउ देखि लिएर सबै कुरामा परिर्वतन हुन थालेको छ । 
    तीज पर्व वास्तवमा महिलाहरुलाई भित्री उत्साह र आन्नद दिन्छ । यस दिन उनीहरु रंगीचंगी लुगाफाटोमा सजिएर थरिथरीका गर गहना श्रृङ्गारमा रहने गर्दछन् । हातमा मेहन्दी लगाउने बेहुली जस्तै सजिने क्रम अब कुनै जात बिशेषमा मात्र सिमित छैन । महिलाहरुको  फैसनको सौखमा ब्युटिपार्लर जाने र आफूलाई एकदमै सुन्दर बनाई राम्री बन्ने होड नै चलेजस्तो देखिन्छ । यो एकअर्थमा भन्ने हो भने एक प्रकारको उमंग पनि हो । 
    तीज पर्व महिला दिदी बहिनीहरुको लागी सौभाग्य सुन्दरताको वास्तविक प्रतीक पनि हो । तीज पर्वको एक दिन अगाडि, सबै दिदी÷बहिनी, छर–छिमेक र आफन्तजनहरु भेटेर एक समूहमा दर खाने (विभिन्न मिष्ठान भोजन) खाने प्रचलन पनि छ । हाम्रो देश नेपालको भौगोलिक राजनितिक हरेक किसिमको परिस्थिति परिवर्तन भई रहे पनि हिन्दुहरुको चाडपर्वहरुलाई निरन्तरता दिदै मनाउँदै आईरहेको तीज पर्व निकै महत्वको छ । तीजको दिन विशेष गरेर भगवान श्री महादेवको पूजा अर्चना गर्ने चलन लामैसमयबाट चल्दै आएको हो । यो दिन सबै महिला दिदी–बहिनीहरु निर्जल व्रत बस्ने पनि गर्दछन् । 

    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: तीजमा महिला र श्रृङ्गारको मिश्रण Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top