-

  • नयाँ खबर

    18 September, 2016

    विभिन्न स्थानमा रक्तदान कार्यक्रम

    मध्य नेपाल सन्देश
    तेरापँथ योग परिषद्को आयोजनामा मेघा ब्लड डोनेशन ड्राइभ अन्तर्ग रक्तदान कार्यक्रम सम्पन्न भएको छ । 
    आदर्शनगर स्थित जैन तेरापँथ भवनाम भएको रक्तदान कार्यक्रममा राहुल सुवेदी, रन्जित पोखरेल, निरन्जन महतो, सन्तोष बुढाथोकी, विराट गजुरेल लगायतकाले रक्तदान गरेका थिए । 
    कार्यक्रममा पर्साका प्रहरी उपरीक्षक डा. राजुबाबु श्रेष्ठ, उद्योगी अशोक वैद्य, गणेश लाठ, बरख गणका प्रमुख सेनानी महेश्वर पण्डित, मेघा ब्लड डोनेशन ड्राइभको संयोजक विनोद बोथरा, मन्त्री नरेश भन्साली, रक्त सञ्चार केन्द्र वीरगन्जका प्रमुख प्रवीण मानन्धर लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम मनोज सेठियाको सभापतित्वमा सम्पन्न भएको थियो । 
    यसैगरि गणेश पूजा समिति रामगढवाले वी.उ.म.न.पा २७ रामगडवामा गणेश चतुर्थीको अवसरमा रक्तदान गरेको छ । 
    सो अवसरमा आइतबार भएको खुला रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गरेका छन् । रंजित पटेलको सभापतित्वमा सम्पन्न रक्तदानमा रमेश पटेल, प्रमोद राउत, श्रीराम प्रसाद, रंजित पटेल, महम्मद मुस्तुफा, रामानन्द प्रसाद, सुधिर पटेल, जंगबहादुर पटेल, अवतार पटेल, दिनेश कुर्मी लगायत ५१ जनाले रक्तदान गरेको समितिले जनाएको   छ । 

    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: विभिन्न स्थानमा रक्तदान कार्यक्रम Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top