गीता भण्डारी |
मध्य नेपाल सन्देश
बर्षौै देखिको नेपाली जनताको त्याग तपस्या र बलिदानबाट प्राप्त संविधान प्राप्तिको एकबर्ष पूरा भएको दिन । अर्थात संविधान दिवस । निश्चय नै नेपाली जनताको बलिदानबाट प्राप्त अहिले सम्म देखिएको उपलब्धि मात्र एक थान संविधान ।
हुन त यो संविधानमा सबैका कुरा सबै समेटिएका भने पक्कै होइन । तथापि जनताले नै चुनेर पठाएका झण्डै ९० प्रतिशत भन्दा बढि जन प्रतिनिधीहरुले हस्ताक्षर गरी पारीत गरेकोले इतिहासमा नै हालसम्मको नेपालको जनपक्षिय संविधान भने यो पक्कै हो । नेपालको पहिलो जननिर्वाचित संविधान सभाले पारित गरेको संविधानको प्रथम दिवसको रुपमा देशको मूल कानूनको सम्मान गर्ने जो कोहीले मनाउनु गलत होइन ।
यसमा केही छैन भनी यसको खिल्ली उडाइयो भने छुटेका थोरै अधिकारको तुलनामा संविधान नै हलुको भने पक्कै होइन । यसमा भएका कमिकमजोरीलाई चलायमान संविधानको परिधि भित्र रही संसोधन गर्दै पूर्ण बनाउनु श्रेयकर रहन्छ ।
अतः संविधान दिवसलाई हामीले कुन रुपले मनाउने ? भन्ने कुरामा भने राज्यको स्पष्ट धारण बाहिर आउनु पर्छ । संविधान आएको एक वर्ष पूरा भई सक्दा पनि सबै नेपालीले एकसाथ खुशी हुन नपाउनु आफैमा दुःख पक्ष हो । यसमा नेपालका राजनीतिक दलहरुको अदूरदर्शीताको भने आलोचना गर्नु अन्यथा हुँदैन । एकातर्फ सरकारले धुमधामसँग संविधान दिवस मनाउने तयारी गरिसकेको भन्ने सुन्नमा आइरहेको छ भने अर्काे तर्फ कालो दिनको रुपमा संविधान दिवस मनाउने कुराले पनि मधेशमा सनसनी मच्चाएको छ । यो दोहोरो कार्यले हाम्रा राजनीतिक दल र नेताहरुको कमजोरी छताछुल्ल देखिन्छ । यस्तो अवस्थामा हाम्रो देशको संविधानको जनताले कसरी आँकलन गर्ने ? हुन त राजनीतीक उत्तार(चडावहरु भईरहनु एक सामान्य कुरा भए पनि लामो समय सम्मको यो अस्थिरताले हामी जस्तो सर्वसाधारण जनतामा पर्न गएको असरलाई कस्ले बुझिदिने ? यति लामो सर्घष र बलिदानबाट प्राप्त भएको यो संविधानले दिवसको सम्मान नपाउनु राम्रो संकेत होइन । अमिलो मनमा नेपालीले अधकल्चो विचार लिएर भएर कहिले सम्म बस्नु पर्ने ?
मधेशका होस् या राजधानी केन्द्रित दुवै तर्फका नेताहरुको अहंकारको हुँकार कुनै कमबेस छैन । आ( आफनै सोच, अंहकार अनि अडानका कारण समग्र नेपाली नेताहरुको कारण अनेक तरिकाले विभक्त भएको छ । संविधानको कार्यान्वयनको प्रतिक्षामा बसेका सबै आन्दोलनका घाइते र शहिदका परिवारले संविधान त कार्यान्वयन भएको पो हेर्न चाहेका हुन् । झिना मसिना कुरामा नेताहरु आ(आफ्नो बर्चस्वका लागि दुई चिरामा विभक्त भएर जनतालाई गुम्राहामा राखिछोड्न आन्दोलनका घाइते र पीडित परिवारले चाहेकै छैन ।
अल्पआयुमै आफ्नो सिउँदो पुछ््न बाध्य ती महिला अनि आफ्ना बुबाको छत्रछायाबाट बन्चित ती अबोध टुहुरा बालबालिकाको आस्थामा कस्तो ठेस पुगेको छ भन्ने कुर्सीको लडाईमा र बर्चश्वको हुँकारमा हुने नेताहरुलाई के थाहा ? यो अवस्था कम दर्दनाक छैन । आन्दोलनका क्रममा झुटा आश्वसन बाड्दै हिडेका नेता भनाउँदाहरुले मधेशी जनतालाई पूरै नझुक्याएको पनि होइन । उनीहरुले बाँडेका सबै आश्वासन के उनीहरु सत्तामा पुगेका समयमा दिन सक्ने छन् त ? यसको पनि समयले समिक्षा गर्ने नै छ अनि सबै मधेशी जनताले पनि समिक्षा भने गर्ने नै छ ? जुन कुरा कार्यान्वयन हुन सक्दैन त्यो आश्वासन दिएर जनतालाई झुक्याउनु उचित होइन ।
आन्दोलनमा ज्याान उत्सर्ग पर्न पछि नपर्ने योद्धाहरुलाई अहिले मधेशकै नेताहरुले कतै देख्दा अन्देखा गरी टाउको लुकाउने अवस्था किन आयो ? यो हाम्रो लागी खुसीको कुरा होइन । त्यसैले कार्यान्वयन पक्षलाई अगाडी बढाउन सक्ने पक्षलाई अहिलेका सत्तापक्षले अनि विपक्षमा हुनेहरुले पनि मनन् गर्न आवश्यक छ । नेपाली जनता संविधान कार्यान्वन भएको हेर्न चाहिरहेका छन् । त्यो संसोधान गरेर होस् या अहिलेकै अवस्थामा होस् । त्यो दुवैथरी नेताहरुले चाँडो निक्र्योल गरिसक्नु पर्छ । अनि देशलाई प्रगति र विकासोको दिशामा अगाडी बढाउनु पर्छ ।
अब लामो समय सम्म जनतालाई अल्झाएर कुनै दल बिशेष र नेताहरुले राखिराख्नु उचित होइन । हात्तीको देखाउने दात जस्तो एक तर्पm संविधान अस्विकार गरेझैं गर्ने अनि त्यहि संविधानलाई टेकेर प्रधानमन्त्रीको चुनावमा बारबार सहभागी हुदै भत्ता खाने ठाउँमा भने चुप लागि रहने मधेश केन्द्रित दलको पनि पूर्ण इमान्दारितामा भने शंका छ ।
अनि संविधान दिवसलाई उज्यालो पर्वको रुपमा मनाउने वातावरण बनाउन सृजना गर्न आलटाल गर्ने केन्द्रका नेताहरुको पनि चाल समयमा नै सुध्रिनु आवश्यक छ ।
0 comments:
Post a Comment