-

  • नयाँ खबर

    19 September, 2016

    महिलाको हित र आयश्रोत सुधारमा सहकारीको भूमिका

    माधुरी महतो 
    मध्य नेपाल सन्देश, तराईमा सहकारीहरुले वित्तीय र उत्पादनको क्ष्ँेत्रमा राम्रो काम गरिरहेका छन् । गरीब तथा निम्नआय श्रोत भएका व्यक्तिहरुको आर्थिक उन्नतिमा सहकारीको मुख्य भूमिका रहेको पाईन्छ । सहकारी अभियान तराईमा, समाजको आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरण र समृद्धिको आधार बनेको छ । केही ठग संचालकहरु वाहेक सहकारी संस्थाहरु सामाजिक रुपान्तरण र दिगो आर्थिक विकासका पक्षमा भ्रष्टचार रहित निकाय पनि हो । सहकारीबाट विना धितो ऋण पाउन सकिने र उतm रकमबाट आफ्नो आर्थिकस्तर उकास्न समेत सहयोग पुग्ने भएकाले खास गरी अहिले आए्र ग्रामीण भेगका महिलाहरुको सहकारी प्रति आकर्षण समेत  बढेको छ । घर भित्रै सिमित रहने खास प्रायः ग्रामीण भेगका महिलाहरु सहकारी मार्फत ऋण लिएर राम्रो आयआर्जन गर्न सफल भएका उदाहरणहरु पनि अब प्रसस्त भेटिन थालेका छन् । यति मात्र होइन, महिलाहरुले मात्रै मिलेर खोलेको सहकारीले पनि समाजमा प्रसंशनीय काम गरेको पाइन्छ । 
    सहकारी मार्फत ग्रामीण भेगका मधेशी महिलाहरुले पनि राम्रो प्रगति गरेका छन् । कमजोर आर्थिक अवस्था भएका महिलाहरुको सहकारी मार्फत जिवनस्तर उकास्ने प्रयास धेरै हदसम्म सफल भएको छ । यसकोे साथै घरबाट निस्किन गार्हो मान्ने, आफुले निर्णय लिन समेत नसक्ने र श्रीमान्ले कमाएर ल्याएपछि खाने, नभए भोकै बस्ने जस्ता संस्कृतिलाई पनि तोड्दै सशतिmकरणको माध्यमबाट सहकारीले महिलाहरुको आर्थिक कारोबारमा पहुँच बढाएको छ । अनि आपसमा संगठित हुँदै महिलाको समुन्नतिमा जुुट्न समेत टेवा पु¥याएको छ ।  
    महिलाहरुले सहकारीबाट ऋण लिएर ईमान्दारीपूर्वक किस्ता तिर्ने गरेकै कारण सहकारीले महिलाहरुलाई बढी विश्वास गर्ने गरेको वीरगंजको आदर्शनगरमा रहेको हितैसी बचत तथा श्रृण सहकारी संस्थाकी अध्यक्ष सीता विन बताउँछिन् । सहकारी मार्फत आफनो घर परिवारको खर्च जुटाउन त सहज भएकै छ सहकारीमा लागेपछि आत्मनिर्भर बन्नुका साथै पैसाको लागि भौतारिनु नपरेको वीरगंज श्रीपुरकी भाग्यमनी देवीको भनाई छ । शहरदेखि ग्रामीण भेगका महिलाहरुले सहकारीबाट ऋण लिएर केहीले आफनै व्यापार गरिरहेका छन् भने केहीले फलफुल पसल खोलेका छन् । कतिले त बाख्रा पालन अनि कृषिमा लगानी गरी मनग्ये आम्दानी गरीरहेका समेत भेटिन्छन् । सहकारी मार्फत स्वआर्जनमा लागेपछि ग्रामाीण भेगका महिलाहरुको जिवनस्तरमा मात्र नभई समुदायमै सकारात्मक परिवर्तन भएको छ । 
    महिलाहरुले सहकारीबाट बचत समूहमा आबद्ध भएपछि नियमित रकम बचत गर्ने र समूहको जमानीमा ऋण लिएर तरकारी, खाजा, पारचुन, रिक्सा, टाङगाको, व्यापार व्यवसाय गर्दा आएको आम्दानीलाई पनि सहकारीमै बचत गरी सुरक्षित गर्ने गरेका छन् । व्यवसायबाट आएको थोरै थोरै आम्दानीलाई बचत गर्दै कतिपय महिलाहरुले लाखांै रुपैया बचत गर्न सफल भएका छन् । सहकारी मार्फत महिलाहरुलाई थुप्रै अवसर प्राप्त ह्ुने भएकोले सहकारीकै माध्यमबाट गरीब समुदायको महिलाहरुको सशक्तिकरण सम्भव हुने रामगढवा स्थित भगवती बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधि रामनिवास देहाती भनाइ छ । बचत समूह मार्पmत् सहकारीमा आबद्ध सदस्यहरु अधिकांश विपन्न र पिछडिएको परिवारका छन् । यसरी मध्यतराईको सहकारी अभियानले खास गरी ग्रामीण भेगका महिलाहरुमा आर्थिक रुपान्तरण र जागरण पैदा गरेको डिभिजन सहकारी कार्यालयका पर्साका प्रमुख राजु साहकको पनि तर्क छ । बचत तथा ऋण सहकारीले एकातर्फ समुदायको जीवनपद्धति सुधार र आत्मनिर्भर अर्थतन्त्र विकासका लागि भूमिका खेलेको छ भने अर्कोतर्पm सदस्यहरु बीच उद्यम र उत्पादनमा आधारित सहकारी बनाउन प्रेरणा मिलेको पनि साहको भनाई छ  । तर सही ढंगबाट व्यवस्थापन गर्न नसक्दा र सञ्चालकहरु इमान्दार नहुदां सहकारी अभियानमा विकृतिहरु पनि देखा परेको छ । केही नव धनाढ्यहरुले पनि सहकारीमा लगानी गरी गरीबहरुबाट संकलित रकममा मोज गर्न थालेपछि केही बचतकर्ता भने समय समयमा प्रताडित समेत हुन परेकोे छ । 
    पछिल्लो समयमा तराईमा वित्तीय कारोबार गर्ने सहकारी संस्थाहरुको संख्या ह्वात्तै बढेको छ । संख्यात्मक रुपमा सहकारी संस्थाहरु बढे पनि गुणात्मक रुपमा कतिपय सहकारी संस्थाहरु अघि बढ्न सकेका छैनन् । जस्ले गर्दा सम्पूर्ण सहकारी संस्थाहरुलाइ्र्र प्रभावित तुल्याएको छ ।  
    पर्सामा जम्मा ७२४ वटा दर्ता रहेका सहकारी संस्था मध्ये गएको आर्थिक वर्षमा २ सय १६ वटा सहकारी संस्थालाई मापदण्ड पूरा नगरेको भन्दै डिभिजन सहकारी कार्यालय पर्साले खारेज पनि गरिदिएको छ । ३५ वटा सहकारी भने अझै पनि निस्क्रिय रहेका छन् । त्यस्तै हाल ४ सय ७३ वटा सहकारी चालु अवस्थामा छन् । यिनीहरुमा महिलाहरुले मात्र खोलेका सहकारी पनि ५२ वटा रहेको डिभिजन सहकारी कार्यालयको तथ्याँकमा उल्लेख छ । सहकारी मार्फत नै कत्तिको जीवनस्तरमा सकारात्मक परिवर्तन आएको छ । कति सहकारीले त अधिकार पाएको भन्दा बढी पैसा बचत गर्न लगाउने र कराडौं बचत भएपछि सम्पूर्ण बचतकर्ताको रकम लिएर भाग्ने गरेको कारण बचत कर्ताहरु प्रहरीको फन्दामा पनि परेको उदाहरण छ । 
    तसर्थ यस्ता समस्या र विकृतिले सहकारी अभियानमा चुनौती थपेको हुँदा सबै पक्ष गम्भिर भएर लाग्नु पर्ने र सर्वसाधरणहरु पनि यसमा सजग बन्नुपर्छ । कुनै पनि वित्तीय संस्था विश्वसनीय भए मात्रै कारोबार गर्नुपर्दछ र सहकारीका बारेमा एफएम, पत्र पत्रिकामा आएको सूचनाहरुमा समेत ध्यान दिनु आवश्यक छ । मनलाग्दो तरिकाले सहकारी खोल्न पनि रोक लगाउनुपर्ने र जिम्मेवार निकायले सहकारी अनुगमनलाई पनि प्रभावकारी बनाउन भने अब चुक्नु हुन्न । संख्यात्मक रुपमा धेरै सहकारी खुल्नु भन्दा गुणात्मक रुपमा विश्वासिला सहकारी संस्थाहरुले सेवा प्रदान गरे सहकारी प्रति आम मानिसको चासो पनि कम हुँदैन । 

    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: महिलाको हित र आयश्रोत सुधारमा सहकारीको भूमिका Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top