-

  • नयाँ खबर

    11 September, 2016

    गंगामायालाई बचाउ भन्दै धर्ना


    रसना ढकाल । 
                 न्यायका लागि अनसन बसेकी गंगामाया अधिकारीलाई बचाउ भन्दै मानव अधिकारकर्मीहरुले मंगलवार कालोपट्टी बाँधेर बालुवाटारमा  धर्ना दिएका छन् । 
    आफनो कान्छो छोरो कृष्ण प्रसाद अधिकारीको  हत्यारालाई कारवाहीको माग गर्दै  गंगामाया अधिकारी श्रवण २८ गते छैटौं पटक अनसन बसेकी हुन् । गत पौष ६ गते सर्वेच्च अदालतले हत्याका आरोपीहरु मध्ये छविलाल पौडेललाई पूर्पपक्षमा राखेर अनुसन्धान गर्ने आदेश दिएता पनि सरकारले निजलाई पक्राउ गर्न सकेको छैन । अदालतको आदेशलाई नमानेर राज्यले पूनः गंगामाया अधिकारीलाई अनसन बस्न बाध्य बनाएको अधिकारकर्मी तथा न्यायिक योद्धा सावित्री श्रेष्ठ बताउँछिन् । 
    अनसन बसेको आज २३ दिन पुगिसक्दा पनि सरकारबाट चित्त बुझदो जवाफ नआएको अधिकारकर्मीहरुको गुनासो रहेको छ । वीर अस्पतालको पुरानो आई सि.यु.को बेड नँ १७ मा गंगामाया अचेत रहेकी छ्र्न् । हिजो राती देखि उनलाई उच्च ज्वरो आएको उपचारमा संलग्न चिकित्सकहरु बताउँछन् । 

    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: गंगामायालाई बचाउ भन्दै धर्ना Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top