-

  • नयाँ खबर

    19 September, 2016

    बाराका होटल व्यवसाय धरासायी बन्दै

    बारा, मध्य नेपाल सन्देश, 
    होटलै होटल भएको नगरीको रुपमा परिचय बाराको सिमरामा संचालित होटल व्यवसायीहरु यतिखेर धरासायी बन्दै गएका छन् । झण्डै एक दशक भन्दा अगाडी नै सरकारले तराईलाई बारा जिल्ला मार्फत  राजधानीसँग जोडिने राष्ट्रिय गौरवका आयोजनाहरु निर्माण गर्ने घोषणा गरेका थिए । घोषणा लगतै सिमरामा धमाधम करोडांै रुपैया लगानी गरी होटल खुले । तर व्यवसायिक होटल खुले पनि सरकारी उदासिनताका कारण होटल व्यवसायीहरु धरासायी बन्दै गएका हुन् । 
    नेपाल सरकारले तराई मधेशको विकासका लागि दोश्रो अन्तराष्ट्रिय विमानस्थल निर्माण, फास्ट ट्रयाक, नेपालकै सबैभन्दा ठूलो विशेष आर्थिक क्षेत्र सेज तथा सिमरा विमानस्थलमा रात्री विमान अवतरण लगायतका राष्ट्रिय गौरवका आयोजनाहरुको निर्माण गर्ने घोषणा गरे पनि त्यसको कार्यान्वयनमा सरकारी तवरबाट ठोस पहल हुन नसकेको स्थानीयको पनि भनाइ छ । 
    जुन रुपमा आन्तरिक तथा बाह्य पर्यटक आउनु पर्ने हो । त्यो नहुँदा आफूहरुलाई निकै घाटा व्यहोर्नु परेको होटल सिमराका संचालक गोविन्द गहतराजले बताए । राजधानी सँगै जोडिने आयोजना मात्र नभई पर्यटकीय दृष्टिकोणले पनि विश्वमै प्रख्यात बारा जिल्ला रहेको छ । आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने विश्व प्रसिद्ध गढीमाई मन्दिर, सिम्रौनगढ, पर्सा वन्यजन्तु आरक्ष आधाभार लगायत देशकै आर्थिक नगरी वीरगंज सँगै जोडिएको तथा वीरगंज पथलैया औधोगिक कोरिडोरको मध्य भागमा सिमरा भएकोले यसको जुन गतिमा सरकारी तवरबाट विकास हुनु पर्ने थियो, त्यो हुन सकेको छैन । जसको कारण आफूहरुको लगानी नै डुब्ने सम्भावना बढदै गएको होटल व्यवसायी सँघ बाराका अध्यक्ष एवम् प्रदेश नम्बर २ का संयोजक मोहन लामिछानेले बताए । 
    अहिले सिमरामा मात्रै एक तारे होटल देखि चार तारे सम्मका होटलहरु सेवा सुविधा उपलब्ध गराउँन थालेका छन् । होटल सिमरा, न्यू सगुन, ईच्छा, सिमरा पाराडाईज, लामा होटल गरी झण्डै चार अरब भन्दा बढी लगानी गरी दर्जनौंको संख्यामा होटलहरु संचालनमा रहेका छन् । 

    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: बाराका होटल व्यवसाय धरासायी बन्दै Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top