माधुरी महतो
मध्य नेपाल सन्देश
पर्साको रतनपुरी गाविसमा अरुको घरमा बस्दै आएका बागड मियाँको परिवार बसाई सरी विगत दश वर्षदेखि पर्साको लालपर्सा गाविसको वडा नं. ५ प्रसुतीपुर टोलमा बस्दै आएको छ । उनीहरुसंग सम्पतिको नाउँमा एकसुका पैसा पनि छैन । भाइले बस्नका लागि मात्रै दिएको अढाइधुर जग्गामा फुसको छाप्रो बनाई बसेका बागड मियाँको छ जनाको परिवारलाई दिनहुँ खान लाउन पनि धौ धौ परेको छ । २ जना छोरी , २ जना छोरा , बिरामी बुढा र आफनो लागि बिहान बेलुकाको छाक टार्न सधैँ अरुको खेतमा काम खोज्न जानुपर्ने बाध्यता रहेको छ मियाँकी श्रीमती नायदा खातुनलाई ।
जन्मैदेखि बोल्न र सुन्न नसक्ने समस्याबाट पीडित श्रीमान्लाई केही समयपछि हिड्न समेत समस्या हुन थालेपछि घरको खर्च जुटाउन उनले घरबाट बाहिर निस्केर अरुको खेतमा काम गर्न थालेको बर्षांै वितिसक्यो तर समस्या भने जस्ताको त्यस्तै छ । काम नभेट्दा कहिलेकाही पुरै परिवार भोकभोकै सुत्ने गरेको तितोपन अनुभव उनीसँग छ । ऋण माग्दा पनि तिर्ने आयश्रोत नदेखेर बच्चा, बुढा बिरामी पर्दा गाउँलेहरुले सहयोग गर्न पनि हिच्किचाउने गरेको उनी बताउँ छिन् । आफू पनि अरु स्वस्थ मानिस जस्तै कमाउन सकेको भए बच्चा र बुढीलाई मिठो मिठो खान दिने र राम्रो लाउन दिनुका साथै खुशीका साथ जिवन यापन गर्ने ईच्छा भएपनि अपागंता भएका कारण त्यो ईच्छा पनि सम्भव नभएको पीडित बागड मियाँ पनि असाध्यै दःुखी छन् । श्रीमतीले अहिले सम्म जसोतसो धानेको भएपनि आउने दिनमा गुजारा कसरी चलाउने भन्ने कुराले सताएको छ बागड मियाँको परविारलाई ।
गाउँमा नै रहेको न्यु नमुना युवा क्लबको अध्यक्ष मनोज कुमार यादवको नेतृत्वका युवाहरुले बागड मियाँका ३ जना बच्चाहरुको पढाई लेखाईको ब्यवस्था मिलाउनका साथै स्कूलको पोसाक उपलब्ध गराउँदै आएका छन् । नायदा भन्छिन् ,क्लबका मनोज सर आउनु भयो । मेरो बच्चाहरुलाई १० कक्षा सम्म पढाइदिने भन्नु भएको छ । भर्ना पनि गरादिनु भएको छ सरकारी स्कूलमा । अनि पढाइको लागि जे चाहियो उहाँले फोन गरेर भनेपछि मदत गर्छु भन्नुु भएको छ । पढाइ गरेपछि नोकरी पनि लगाइदिने आशा दिनुभएको छ । म त कहाँ सक्थे र यीनीहरुलाई पढाउन । उहाँहरुको मदतले मेरा बच्चाहरु पढे लेखेर काम गर्न थालेपछि मेरो दुःखको दिन जालाकी भनेर आशा गरेका छन् मियाँ परिवारले । तर हालको अवस्थामा कपडा पनि निःशुल्क पाइएछ । तर पैसा छैन सिलाइ दिनलाई र नास्ताको लागि पनि पैसा माग्छन् भनेर दुखेसो पोख्छिन नायदा । घरमा आफूवाहेक कोही कमाउन नसक्ने भएकोले बिहान उठ्दा सधैँ जीवनसंग संघर्ष गर्न तयार नायदा , श्रीमान् बोल्न नसक्ने , सुन्नमा पनि समस्या हुने गरेको कारण अरु झै बुढासंग सुख दुख बाड्न नसक्ने र श्रीमान्ले कमाएर ल्याउँला भन्ने मनको ईच्छा कहिले पुरा नभएको उनले भक्कानिदै भनिन् ।
घरमा आफु बाहेक कोही कमाउन नसक्ने भएकोले विहानीसंगै नायदाको जीवनसंगको संघर्ष त शुरु हुन्छ नै तर त्यो दुखसुख बाँड्ने उनको अभिलाषा‘४५ वर्षिय पति बोल्नरसुन्न नसक्ने हुँदा उनको मनभित्रै सिमित छ उनको मनको पीडा ।
अभावका माझ वर्षेनी आउने चाडपर्वले झन् पिरोल्छ मियाँ परिवारलाई । धेरै मुसलमान परिवारले क्षमता अनुसार मिठो मसिनो खाएर बकर ईद मनाए । तर उनीहरुको त्यो महान चाडमा नायदालाई विहान बेलुकाको छाक टार्नै मुस्किलो प¥यो ।
त्यस्तै पीडा बोकेर विगत ३ महिनादेखि चन्द्रनिगाहपुर नगरापालिका मथियाहीका रामअसिष चौधरी वीरगंजको नारायणी अस्पतालमा उपचार गराईरहेका छन् । आर्थिक अवस्था नाजुक भएका कारण उपचार गराउन पनि निकै समस्या परेको ,अहोरात आफनो श्रीमान्को स्याहारमा खटेकी चौधरीकी पत्नी किसनी देवीले बताईन् । काठ मिस्त्रीको काम गर्दै आएका चौधरीलाई खुट्टामा केही बिझेकको काम गर्ने बेलामा महशुश नै नभएपनि पछि समस्या हुन थालेपछि आर्थिक अभावका कारण महगो अस्पतालमा जान नसकी वीरगंजको नारायणी उपक्षेत्रीय अस्पताल आईपुगेका चौधरी परिवारलाई डाक्टरले पहिलो पटक खुट्टा काट्न भनेपछि संसार नै अन्धकारमय भएको र जिन्दगीमा यस्तो बज्रपात ,पीडा सहन नसकीने भएपनि बाच्नैपर्ने बाध्यताले खुट्टा काट्नु परेको कुरा सम्झिदा पनि मुटु दुख्ने अनुभव सुनाउँछन् चौधरी ।
कमाउने एउटै साहारा श्रीमान्को यस्तो हालतपछि श्रृण काढेर भएपनि उपचार गराउन प्रयास गर्दा गर्दै पनि खुट्टामा ईन्फेक्सन भएर फेरी पनि खुट्टा अर्को काट्नुपर्ने कुराले जिन्दगी झनै पीडादायी बनाएको भन्छिन् किसनी देवी । उपचार गराउदै गरेको सिलसिलामा वीरगंज युवा समाजका अध्यक्ष कमल चौगाईले छोरा जस्तै देखभाल गरेका र मदतका लागि सधै तत्पर रहेकाले यस्तो स्वार्थी जमानामा पनि गरीबको घाउमा मलहम लगाउने सहयोगी हात रहेछन् भन्ने कुरा थोरै भएपनि यस्ले घाउको पीडालाई कम गरेको चौधरीले बताए । आर्थिक अवस्था कमजोर भएको कारण जिन्दगीको साहारा अब एकमात्र छोरो रहेकोले भर्खर ३ महिना पहिले नै विदेशिएकोले यो घटनाबारे जानकारी नगराएको भक्कानिदै चौधरीले सुनाए । तर केही भए पनि छोरी र ज्वाँइले समय समयमा रासनका लागि मदत गर्दै आएको उनले बताए । दशैँ नजिकिदै गएपनि यो दशाले चौधरी परिवारलाई पिरोलिरहेकोे छ । चौधरी र मिया समाजका एउटा प्रतिनिधि पात्र मात्र हुन् । हाम्रो देशमा यस्तो कठिनाइ भोग्ने गरीबको जमात निकै ठूलो छ । यसर्थ यस्ता दिनदुःखीप्रति राज्य र खास गरी राजनितीक दलका व्यतिmहरुको ध्यान जान जरुरी छ ।
0 comments:
Post a Comment