-

  • नयाँ खबर

    11 September, 2016

    महिलाहरुको सक्रियतामा प्रकाशित पत्रिका विमोचन

     मध्य नेपाल सन्देश 
                    समाज सुदृढिकरण हाम्रो अभियान’ भन्ने नाराका साथ वीरगन्जका पत्रकार महिलाहरुको सक्रियतामा प्रकाशित साप्ताहिक पत्रिका विमोचन गरिएको छ । 
    मध्य नेपाल सन्देश साप्ताहिक पत्रिकाको गएको आइतबार पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले विमोचन गर्नु भएको हो । पत्रिकाको विमोचन पछि पर्साका प्रमुख जिल्ला अधिकारी घिमिरेले पत्रकार महिलाहरुको सक्रियतामा प्रकाशित पत्रिकाले महिला माथि हुने विभेदमा महिलाको भूमिका देखिएको बताउँदै त्यसको अन्त्यका लागि महिलाहरुकै कलम चल्नुपर्ने बताउनु भएको थियो । पत्रिकामा पूर्वाग्रह र प्रभावमा नपरी लेखिएका पठनीय सामाग्रीहरु आउनु पर्ने उहाँले सुझाव दिनुभएको थियो ।  
    सो कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष श्याम वन्जाराले पत्रिकाको निरन्तरताका लागि पत्रकार महासंघले सदैव सहयोग गर्न तयार रहेको बताउनु भयो । उहाँले पत्रिकालाई साप्ताहिकबाट दैनिक बनाएर चलाउन सुझाव समेत दिनुभएको थियो । बरिष्ठ पत्रकार जगदिश शर्माले पत्रिकामा लेखिने भाषा शुद्ध नभएको खण्डमा सही भावना सम्प्रेषण नहुने हुदाँ भाषिक शुद्धतामा ध्यान दिनुपर्ने सुझाव दिनुभएको थियो । 

    कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य विजय कुशवाहा, प्रेस चौतारी नेपालका महेशचन्द्र गौतम, वीरगन्ज उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य विजय सरावगी, अधिवक्ता कमलमोहन पोखरेल, नेपाल रेडक्रस सोसाईटी पर्सा शाखाका सभापति फुलमहम्मद मियाँ, संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदिप यादव, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका पर्सा अध्यक्ष शशीकपुर मियाँ, नेपाल तरुण दल बाराका अध्यक्ष लुकेश सिंह, बालबालिका प्रावि मनहर्वा बाराकी प्रधानाध्यापक नर्मदा दाहाल, वीरगन्ज उद्योग वाणिज्य संघ वीरगन्जका उपाध्यक्ष सुवोध गुप्ता, डाक्टर लक्ष्मी थापा, उद्योग वाणिज्य संघ पर्साकी महिला समिति संयोजक मधु राणा, डाक्टर सुस्मा तिवारी, बविता जयसवाल, एकता महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष बसन्ती देवी नुनीया लगायतकाले पत्रिकाको उत्तारोत्तर प्रगतिको लागि शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
    कार्यक्रममा स्थानीय विकास अधिकारी विश्व प्रकाश अर्याल, प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठ, नेपाली सेनाका प्रमुख सेनानी, सशस्त्र प्रहरी उपरिक्षक भिम बहादुर थापा, पत्रकार महिला समुह पर्साकी संयोजक लक्ष्मी खरेल, नेपाल ब्यूटिसियन संघ पर्साकी अध्यक्ष उर्मिला थापा, महिला अधिकारकर्मी राजकुमारी उपाध्याय, श्रृला सरकार लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको सहजिकरण मायामितु न्यौपानेले गर्नुभएको थियो । 

    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: महिलाहरुको सक्रियतामा प्रकाशित पत्रिका विमोचन Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top