-

  • नयाँ खबर

    25 September, 2016

    सर्वसाधारण नागरिक अस्पतालकै कर्मचारीबाट हैरान

    मध्य नेपाल सन्देश
    वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालको बेडमा भर्ना भएका विरामीहरुलाई अस्पताल क्षेत्रमा रहेका मेडिकलका दलालहरुले ठग्ने गरेको पाइएको छ । 
    ग्रामीण क्षेत्रबाट आएका सोझा बिरामी र कुरुवाहरु देख्ने वित्तिकै दलालहरुले उनीहरु भएको ठाँउमा जाने र डाक्टरहरुले कुनै औषधी लेख्ने वित्तिकै आफ्नो औषधी पसलमा औषधी किनाउन लैजाने गरेका छन् । केही दिन अगाडी अस्पतालको बेड नम्बर ११ र १२ मा रहेका विरामीहरुलाई औषधी पसलका दलालहरुले ठगेपछि यसको खुलाशा भएको हो । बेड नम्बर ११ मा भर्ना भएकी बारा मोतिसरकी प्रमिला देवी र बेड नम्बर १२ मा भर्ना भएका नवि मियाँलाई पटक पटक दलालहरुले ठगी गरि सकेको पीडितले ने बताएका थिए । उनीहरुका अनुसार कुरेर बसिरहेको दलालहरुले डाक्टरले औषधी लेख्ने वित्तिकै सहयोग गर्ने बहानामा आफ्नो औषधी पसलमा लगेर ठग्ने गर्ने गरेको बुझिएको छ । ज्वरो आउनुको साथै प्रेसर कम देखिएर अस्पतालमा भर्ना भएका मियाँकी श्रीमति करिमा खातुनलाई त अस्पतालकै कर्मचारीहरुले समेत ठगेको कुरा पीडितले सार्वजनिक गरे । अस्पतालको शुल्क तिर्ने ठाउँमा बसेका कर्मचारीहरुले १३ सय ९५ लिएर ११ सय ४५ रुपैंयाको मात्रै रसिद दिएको पनि पीडितको भनाइ छ । आफूले पहिला एक हजार रुपैंया दिएको र पछि ५ सय रुपैंया दिएकोमा कर्मचारीहरुले १ सय ५ रुपैंया मात्रै फिर्ता गरेको करिमाले जानकारी दिईन् ।
    अस्पतालमा ग्रामिण भेगबाट आएका सोझा विरामीहरुलाई खुलेआम ठगिरहेकोमा अस्पताल प्रशासनले दलाल नियन्त्रणका लागि ध्यान नदिएको गुनासो बिरामी तथा कुरुवाहरुले गरेका बताएका छन् । 

    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: सर्वसाधारण नागरिक अस्पतालकै कर्मचारीबाट हैरान Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top