मध्य नेपाल सन्देश
प्रत्येक गल्ली र टोल टोलमा देखिने ई–रिक्साले कतिखेर दूर्घटनामा सर्व साधारणलाई शिकार बनाउने हुन् । अनि आफै पनि कति खेर दूर्घटनाको शिकार हुुनेहुन्, कुनै ठेगान छैन । धेरै ई–रिक्सा सडकमा गुड्दा सवारी नियम भन्दा बाहिर रहेर चलाई रहेको खुद् यात्रुहरुले गुनासो गरेका छन् । हाल वीरगंजमा सञ्चालित झण्डै ८ सय भन्दा बढी ई–रिक्सा संचालन गर्ने चालकहरुको अनुमति पत्र छैन । उनीहरु ‘लाईसेन्स’ बेगर नै इ–रिक्सा चलाइरहेका छन् । १३ वर्षको उमेर समूह देखि ६५ वर्षको पाका उमेर समूहका चालकहरुले ई–रिक्सा हँुइकाइ रहँदा दूर्घटनाको यसै जोखिम छ ।
बजारमा गुडिरहेको ई–रिक्साले समयको बचत, कम भाडा लाग्ने जस्ता सुविधा सेवाग्राहीलाई पु¥याए पनि शहरी बजार एरियामा सावधानी नअपनाए बढी दूर्घटना समेत हुने गरेको छपकैया २ का ३२ वर्षिय चालक महम्मद अलीले बताए । उनले भने भखरै १३/१४ वर्ष पुगेकाहरुले समेत रिक्सा चलाईरहेका छन् । कम दाम कमाई ज्यादाको लोभमा अभिभावकहरुले नबुझेरै ई–रिक्सा किनेर आफना छोरालाई थमाई दिएको उनको आरोप छ । धेरैले कम झन्झटिलो, चलाउन सहज मनग्य आम्दानी भएको बुझेर यस क्षेत्रमा आउने गरेको इनर्वा वीरगंजका अर्का चालक मोहन दासले बताए । हरेक व्यक्तिले बुझ्ने जतिको सहज र आम्दानी छैन । शहरलाई चाहिनु पर्ने भन्दा बढी अटो रिक्साहरु भए । वीरगंज उप–महानगरपालिकाले रोड परमिट दिएका ६ सय को हाराहारीमा अटो रिक्साहरु छन् । यो बाहेक पनि ३ सयको हाराहारीमा विना रोड परमिटकै सञ्चालनमा छन् । यति हुदाँ हुदै पनि ४ भागको एक भाग भारतीय चालकहरुले अटो रिक्साहरु गुडाउने गरेको छ । जुन गैरकानुनी हो । दूर्घटना हुदाँ कसले क्षतिपुर्ति दिने उनले प्रश्न गरे ?
ई रिक्साको बढ्दो संख्याको मार सर्वसधारण देखि सबैलाई परेको छ, । यहाँ सम्म कि दुर्घटना हुदाँ नारायणी अटो रिक्सा सञ्चालक कम्पनी र नेपाल ई रिक्सा चालक संघले क्षतिपुर्ति व्यवहोर्ने गर्दछन् । ई रिक्साको लापरवाहिले दिनकै १०/१५ वटा दूर्घटना हुने गरेको व्यवसायिहरु आफै बताउँछन् । खासगरी नयाँ अटो रिक्सा खरिद गरी गुडाउने चालकहरुले गर्दा बढी दूर्घटना भइरहेको छ । दूर्घटनाले यात्रुको खुट्टा समेत भाचिसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । सामान्य दूर्घटना त दिनकै हेर्न पाईन्छ चपुरकी मोनिका महर्जनले बताईन् । रमाईलो संगसंगै डर पनि त्यतिकै भएको उनको भनाई छ । ट्राफिक प्रहरीले काम भने नगरेका होईनन् । ई रिक्सा चालकहरुले अगाडीको सिटमा दुईजना बसाउने, जथाभावी पार्किङ्ग गर्ने लगायत ट्राफिक नियम उल्लंघन गर्नेहरुलाई कार्वाहीको दायरामा ल्याउने गरेका छन् ।
महिना दिन अगाडी मात्रै भैरहवा र विराटनगरमा ई–रिक्साबाट दूर्घटना बढेको भन्दै स्थानीय प्रशासनले लाइसेन्स लिएपछि मात्र चलाउन निर्देशन दिएको थियो । त्यस लग्तै ई–रिक्सा चालकका लागि चालक अनुमति पत्र बनाएर मात्रै रिक्सा गुडाउने भनेको कुरा ताजै छ । तर वीरगंजमा भने जुन पनि उमेर समूहका जस्तो सुकै अवस्था भए पनि ई–रिक्सा चलाउन छुट दिएकोले यहाँ समस्या हुने गरेको बारा प्रस्टोकाका गौरि प्रसाद साहले बताए ।
भर्खरै १६ टेकेका घडिअर्वा १३ का किसन कुमार साहले भने आफूले सावधानि अपनाएरै रिक्सा चलाउने गरेको दावी गरे । उनले भने, म भन्दा पनि सानो उमेरकाले चलाईरहेका छन् ‘नियम पूर्वक चलाउछु । कहिलेकाही ट्राफिकले देख्दा ५ सय रुपैयाको फाइन काट्छ, । कम उमेरमा किन रिक्सा चलाएको भन्दै सोध्ने गर्छन्, अरुले पनि चलाउँछ भन्दा पनि विना कसुर फाईन काटेर जान दिन्छन् ।’
यस विषयमा जिल्ला ट्रफिक प्रहरी कार्यालयका प्रहरी निरिक्षक रविन्द्र प्रसाद भट्टले ट्राफिक प्रहरीले अवस्था पनि हेरेर कार्वाही गर्ने गरेको जिकिर गरे ।
यससंगै सवारी चालक अनुमति पत्रका बारेमा यातायातले जारी गर्नुपर्ने भएकाले त्यसमा पहल गरेका छौँ । कसैसँग लाईसेन्स छैन । तर ऐन नियम कानुन एकातिर छदैछ । व्यवहारको अधारमा देखेर पनि नदेखेको जस्तो गरी छोड्नु परेको उनले बताए । एक दुई परिवारको कुरा होईन् ७/८ सय ई रिक्सा छन् । सुरुवातमा ट्राफिक प्रहरीले रुट परमिट बनाउन आग्रह गरेका थिए । यससंगै अहिले ७८ वटा जति ई रिक्साको ब्लुबुक लिएर ई रिक्साको दाहिने तिर रड लगाउन निर्देशन गरेका छौँ । अहिले सबैले भटा भट्ट बनाउन थालेको छन् उनले भने ।
0 comments:
Post a Comment