-

  • नयाँ खबर

    19 September, 2016

    शिक्षाको अभाावमा नै समाजमा हिंसा : नेतृ पासवान

    मध्य नेपाल सन्देश
    बारा क्षेत्र नं. ३ देखि२०६४ सालकोे निर्वाचनमासमानुपातिक सभाषद बन्नु भएकी कलावतीदेवी पासवानअब धेरैलाई चिनाइ राख्नु नपर्ने नाम भएको छ ।
    निलम पन्त, मध्य नेपाल
    नेपाल भरी आफ्नो पहिचान बनाउनसफल कलावती देवीको जन्म भारतको पूर्वी चम्पारण जिल्ला मोतिहारीको एक दलित परिवारमा भएको हो । परम्परा अनुसार वि.स.२०४१ सालमा बारा जिल्ला कलैया १४ धर्मनगरका अषर्फि पासवानसंग उनको विवाह भएपछि नेपाल कलावती देवी पासवानको कर्म घर भएको छ । 
    अहिले मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)को निर्वाचित केन्द्रिय सदस्य समेत रहेकी पासवानका ४ छोरी र २ छोरा छन् । सबैका लागि नेता भएपनि घरमा उनी आफैमा एक बुहारी र असल आमा पनि हुन् । फरक—फरक समयमा फरक—फरक पात्रका  रुपमा आफ्नो भूमिका निर्वाह गर्दै उनी राजनितिमा पनि निरन्तर रहँदै आउनु भएको छ । 
    पछिपारिएको भनिएको पासवान समुदायमा जन्मिएर पनिसाधारण लेखपढ गर्न जानेकी नेतृ पासवान विभिन्न संघसंस्थामा काम गर्दै श्रीमान् र ससुराको सहयोगबाट घरको काम–काज संगै समाज सेवाका लागि घुम्टो  भन्दा बाहिर निस्किएर महिलाहरुको हक र अधिकार प्राप्तिको लडाईमा लागिरहनु भएको छ । यति मात्र नभई ०६२/०६३ मधेश आन्दोलनमा कोही महिलाहरु सडकमा नआएको अवस्थामा उनी चाही कार्यक्रम स्थलमा गएर माईक खोसेर मधेश अधिकारका बारेमा बोल्न थालिन् । त्यति खेर समुदायकै सबैजनाले मेरो संघर्षलाई खिल्ली उडाएका थिए । कतिले पागल भईन् भन्दै हास्थे । तर मेरो निरन्तरताका कारण खिल्ली उडाउने साथीहरुले सम्मान गर्न थालेका छन् । मधेशमा महिलाहरुको हक अधिकार स्थापित गर्नको निम्ति सदैव सर्घषरत रहेकी कलावती पासवानले मधेश विद्रोह सुरु भएको बाराको कलैया चौकबाट अग्रणी मोर्चामा आफ्नो भूमिका मात्र निर्वाह गर्नु भएन । दलित महिलाको पहिचान बनाउँदै संविधान सभाबाट सभाषद समेत हुनुुभयो । यो सभाषद सम्मको उचाइले उहाँलाई भौतिक तथा पुनःनिमार्णराज्यमन्त्री सम्म बन्न बाटो खोलिदियो । यो उचाई प्राप्तिलाई उहाँले आफ्नोसफलता समेत ठानेको पाइयो । यिनै कलावती पासवानसँगराजनितिकै सन्दर्भमा गरिएको थप कुराकानी ।
    १. तपाई एक गृहणी अचानक राजनितिक तर्फ कसरी आउनुभयो ?
    –मधेश आन्दोलन चलिरहेका बेला मधेशी जनताको अधिकारको निम्ति महिलाहरुको पनि सहभागिता हुनुपछ्र्र भनेर मनमा लागेको कारण र मधेश आन्दोलनको प्रेरणाबाट राजनितिक तर्फ आकर्षित भएको हुँँ ।
    २. तपाई मन्त्री हुदाँ देश र जनताको लागि के के गर्नु भयो ?
    – पिछडा दलित वर्गको लागि मेरो पहलमा देशभरीमा ३ हजार भवन निःशुल्क रुपमा सरकारको तर्फबाट आफनै पहलमा निर्माण गराएको छु । महिला तथा वृद्धको लागि विभिन्न कार्यक्रमहरु लक्षित वर्ग सम्म पु¥याउने लगायत विभिन्न कामहरु गरें ।
    ३. महिला हिंसा हाम्रो समाजमा दिनप्रतिदिन बढ्नुको कारण के होला ?
    – हाम्रो समाजमा जनचेतना नभएको र अहिलेपनि मूलधारमा महिलालाई शिक्षाबाट वञ्चित गरिएको कारण ले समाजमा दिनप्रतिदिन महिला हिंसा बढ्दै गएको जस्तो लाग्छ ।
    ५.. दाइजोप्रथा र छुवाछुत को अवस्था समाजमा कस्तो देख्नुभएको छ ?
    – दाइजोप्रथा समाजको लागि कोर्ढ हो । यसलाई जरैबाट उखेल्नुपर्छ । हरेक घरबाट प्रयास भएपछि मात्र यो दाइजोप्रथा हट्न सक्छ । मधेशको सबभन्दा ठूलो कु–प्रथा भनेको दाइजोप्रथा हो । दाइजो सानो परिवार देखि ठूलो परिवार सम्मकाले दाइजो लेनदेन गर्ने प्रथा चलिरहेको छ । नत्र यो भाषण र कार्यक्रम चलाएर दाइजोप्रथा हटदैन । र यो छुवाछुत हाम्रो समाजमा विस्तारै हट्दैछ । छुवाछुत गर्नेलाई दण्ड र सजाय हुदैँ गएकाले कानूनीरुपलेपनि केही पहल गर्दै गएको छ । मानिसहरु पहिले भन्दा शिक्षित हुदै गईरहेका छन् ।हामीले प्रयास गरिरहनु पर्छ ।आजको युगमा छुवाछुत समाप्त गर्नुपर्छ । मान्छे धनले ठूलो हुदैन । शिक्षाले ठूलो हुन्छ भन्ने चेतना हुन जरुरी छ ।
    ५.यहाँको नजरमा अहिले समाजमा महिलाहरुको राजनितिक अवस्था कस्तो देख्नुभएको छ ?
    – पुरुष प्रधान देशमा पहिले महिलाहरु घुँघट र चुलोसम्म मात्र सिमित थिए, भने अहिले प्रजातन्त्र आईसकेपछि धेरै महिलाले स्वतन्त्रताको अनूूभुति प्राप्त गर्न थालेका छन् । पहिला महिलाहरुले आफनो पिडा लुकाउँदथे । अब आफनो पिडा समाजको अगाडी निर्धक्क रुपले राख्दै इमान्दारीका साथ काम गर्दै अघि बढेका छन् । पहिले हाम्रो समाजबाट, घर–परिवारबाट त्यति सपोर्ट पाउदैन्थे । तर अब समय अनुसार धेरै परिवर्तन भई सकेको छ । घरपरिवारबाट अहिले आएर धेरै सहयोग पाएका छन् । अझै आफनो हकअधिकारको लागि मानिसहरुको व्यवहारमा समेत परिवर्तन हुदै आएको छ । झन् मधेश आन्दोलन पछि मधेशी महिलाहरुलाई राजनीतिमा आउने मौका मिलेको छ । पहिला मधेशी महिलाहरु राजनीतिमा आकल—झुकल आउने गर्दथे । तर अब आफनो हक, अधिकार र देश विकासका लागि राजनीतिमा आउन थालेका छन् । 

    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: शिक्षाको अभाावमा नै समाजमा हिंसा : नेतृ पासवान Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top