-

  • नयाँ खबर

    25 September, 2016

    सधैंको जिद्धि पनि ठीक होइन

    सन्धया पौडेल
    मध्य नेपाल सन्देश
    एउटा सानो राज्य थियो । त्यस राज्यमा एक राजा थिए । राजा चरा चुरुगी एकदमै मन पराउथे । त्यसैले उनको राज दरवारमा सानो सानो पिंजडा भित्र चराचुरुगीहरु पालिएको थियो । त्यी चराचुरुंगी मध्ये एउटा बोल्ने सुगा थियो । त्यो सुगा चाहि राजाको प्यारो थियो । राजा जहाँ जाँदा पनि सुगालाई बताएर जान्थे । 
    एक दिन राजाले शिकार खेल्न जाने योजना बनाए । शिकार खेल्न जाने बेलामा सधंै झै सुगालाई भने। म आज शिकार खेल्न वनमा जादै छु ।  तिम्रो बाबा आमालाई केही सन्देश पु¥याउनु छ भने भन,म पुरयाई दिन्छु । यो सुनेर सुगाले राजालाई म यहाँ सन्चै छु मेरो चिन्ता नलिनु, यहाँबाट छुटें भने । म आउने छु भने ।  मेरो बाबा आमालाई सुनाई दिनुस् भन्यो । त्यस पछि राजा शिकार खेल्न बन तिर लागे वनमा शिकार खेल्ने क्रममा उनले आफुले पालेको सुगाका बाबा आमालाई भेटे र भने तिम्रा छोराले तिमीहरुलाई सन्देश पठाएको छ । उनीरुले कस्तो सन्देश भनी प्रश्न गरे । त्यस पछि राजाले सुगाले आफूलाई भनेको सारा कुरा सुनाए । त्यस पछि राजाले भने ः तिमीहरुको पनि केहि सन्देश भए भन म सुनई दिने छु । राजको कुरा सुने पछि सुगाको बाबा आमाले सुगालाई पिंजडाबाट छोडि दिन आग्रह गरे राजाले मानेनन् । त्यस पछि सुगाका बाबा आमा त्यही बेहोश भई लडे । राजाले उनीहरु होस्मा आउलान् र सन्देश दिए सुगालाई सुनाउला भनेर केहि समय सम्म प्रतिक्षा गरे । निकै बेर सम्म पनि उनीहरु होस्मा आएनन् । राजाले उनीहरु मरे भन्ने सम्झेर त्यहाँबाट आफ्नो राज्य तिर हिडे । जब राजा राज दरवारमा पुगे सुगाले राजासंग बडो उत्सुकताका साथ सोध्यो मेरो बाबा आमाले मलाई के सन्देश पठाउनु भएको छ । त्यस पछि राजाले भने ः मैले तिम्रो सन्देश सुनाए पछि तिम्रो बाबा आमाले तिमीलाई यहाँबाट मुतm गरिदिन आग्रह गरेको थिए । तर मैले नमाने पछि उनीहरु त्यही बेहोस् भए । म निकै बेर उनीहरुउठने प्रतिक्षा गरिरहें। तर उठेनन्। अनि म यहाँ आएँ । यति सुन्ने बितिकै सुगा त्यही ढल्यो ।  यो देखेर राजाले सुगालाई जगाउने कोसिश गरे तर सुगा डेग चलेन । त्यस पछि राजाले सुगा मरेको सम्झी बाहिर निकाले । बाहिर निकाल्ने बितिकै सुगा राजाको हातबाट फुत्केर अग्लो रुखको टुप्पोमा गएर बस्यो र भन्यो देख्यौ त राजा मेरो बाबा आमाले मलाई के सन्देश पठाएका रहेछन् । राजा हेरेको हेरै भए । 

    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: सधैंको जिद्धि पनि ठीक होइन Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top