-

  • नयाँ खबर

    04 September, 2016

    बाबुद्वारा छोरीको हत्या, ‘अनर किलिङ्ग’ घटना


    मध्य नेपाल सन्देश
    जन्मदिने बाबुआमाले नै छोरीको हत्या गरेको सुन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर पछिल्लो समयमा पर्सामा नै भएको एक घटनाले यो कुरा पत्याउन कर लागेको छ ।  मानवीय समवेदनालाई भुलेर पर्साको महादेवपट्टी गाविस वडा नम्बर ३ की एक १४ बर्षीय छोरीलाई उनका सहोदर बाबुआमाले नै हत्या गरेको खुलेको छ । बाबु प्रहरीको फन्दामा परेपछि मात्र यो कुराको पटाछेप भएको हो ।  
    गाऊकै एक युवकसंग प्रेम सम्बन्ध राखेको बहानामा पर्साको महादेवपट्टी गाविस वडा नम्बर ३ का ३५ बर्षीय शिव मुखिया विनले आफ्नै १४ वर्षिय छोरी प्रभा कुमारी मुखियाको हत्या गरेको पर्सा प्रहरीले पुष्टि गरेको छ । विनले प्रहरीलाई दिएको बयानका आधारमा पर्सा प्रहरीले यो कुरा पुष्टि गर्न सकेको प्रहरीको दावी छ । हत्या गरिएकी छोरी प्रभाकी आमा र दाइ पनि फरार रहेकोले उनीहरुको पनि घटनामा संलग्नता रहेको हुनसक्ने प्रहरीको दावी छ । 
    छोरी प्रभा सुतिरहेको कोठामा ढोका खोल्न लगाएर गएको भदौ १ गते राती करिब २ बजेको समयमा बाबु शिव मुखियाले उनको घाटी थिचेर मारेको प्रहरी बयानमा स्वीकारेको प्रहरीको भनाइ छ । हत्याका अभियोगी विनका अनुसार गाउँका एक युवकसंग छोरीको  प्रेम सम्बन्ध रहेको थाहा पाएपछि इज्जत जोगाउन छोरीको हत्या गरेर राती नै नेपाल भारतको दशगजा क्षेत्र ओरिया खोलाको झाडीमा फालेको स्वीकारेका छन् । 
    सुरुमा गाऊँलेहरुले प्रहरीलाई खबर गरेपछि पक्राउ परेका मृतक पभाका बाबु विन, आमा शारदा देवी र १६ वर्षिय दाई राजकुमार मुखियाले छोरी प्रभा विरामी भएर भारतको बेतिया लगेको भनी झुठा बयान दिएका थिए । प्रहरीलाई उनीहरुको कुरामा विश्वास नलागी अनुसन्धान गर्दै जादाँ मृतकका बाबु विनले आफ्नो पकिटबाट पैसा चोरेर किन खान्छौँ भन्दै गाली गर्दा उनी आफै पासो लगाई आत्महत्या गरेको भनी बयान फेरे । प्रहरीले आफ्नो थप स्रोत परिचालन गरी बुझ्दै जादाँ पछि बाबु विनले नै हत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको र अझ अनुसन्धान भईरहेको पर्साका प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठले बताए । 
    यस्ता घटनालाई अंग्रेजी शब्दको ‘अनर किलिंग’ भन्ने गरिएको छ । यसको अर्थ कुनै व्यक्तिलाई उसकै परिवार वा समाजका व्यक्तिको मानहानी हुने कार्य गरेको आरोपमा गरिने हत्या भन्ने बुझिन्छ । खासगरी ‘अनर किलिंग’ लैंगिक विभेदमा आधारित अपराध पनि हो । 
    आधुनिक युगमा बाबु आमाले आफ्नो सन्तानको प्रेम प्रसङ्गलाई नकरात्मक रुपमा लिने गरकै कारण मन मुटाव र असमझदारीले परिवारकै व्यक्तिको हत्या गर्ने सम्मको बाटो रोजेको पाइन्छ । अझै मध्य तराईमा त प्रेम सम्बन्धलाई नकरात्मक रुपमा लिने गरेकै कारण अपराधिक मनस्थितिले प्रस्रय पाएको देखिन्छ । सन्तानको रहर मारेर कुन समाजको खुशी खोज्छन् ? आमाबुबाले । 

    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: बाबुद्वारा छोरीको हत्या, ‘अनर किलिङ्ग’ घटना Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top