ईश्वरी श्रेष्ठ |
उ पढनमा राम्रो भएको र उसको उमेर अलि बढी भएकाले स्कूलमा उसलाई कक्षा १ मा राख्ने भन्नु हुन्थ्यो । उ पढाइमा मात्रै नभै चित्र बनाउन र एकलै भए नाच्न अनि मेकप गर्न पनि सिपालु छिन शिक्षिका पुष्पलता झा भन्छिन् । उनी अनुसाशित र मिलनसार पनि छन् । उनको कक्षामा तीस जना विधार्थीहरु छन् । जसमा उसको रोलनं. तीस हो । उनले फस्टट्रममा दश जना साथीहरुलाई पछि पारेकी छन् । उनको लगनशिलताले खुशी लाग्छ । म्यामले माया गरेर पढाउनु हुन्छ ।
बेला बेलामा डान्स पनि सिकाउनु हुन्छ । डान्स गर्दा धेरै रमाइलो हुन्छ । म्यामले हामिलाई धेरै माया गर्नु हुन्छ । हामी पनि म्यामलाई धेरै माया गर्छौं । उनकी आमा भन्छिन् । म बिहानै झिसमिसेमा उठेर अरुको घरमा काम गर्न जान्छु । स्कूलको कमाइले मात्र खान लाउन पुग्दैन । त्यसैले अरुको भाडा माझ्छु,। लुगा धुन्छु,। घर सफा गर्ने काम गरेर छोरीहरुलाई पढाउदै छु । जेठी छोरीको स्कुलमा पैसा लाग्दैन । स्कुलले सितैमा पढाइदिएको छ । कान्छीको फि लाग्छ । उनीहरुको कापी, कलम, पेन्सिल, घर भाडा सबै म आफै चलाउछु । दिनभरी स्कुलमै हुन्छु । साँझ मात्र कोठामा आउछु । छोरिहरु ज्ञानी छन् । कहिलै गृहकार्य गर भन्नु पर्दैन । आफै गर्छन् । कहिलै पनि यो खान्छु त्यो खान्छु भनेर दुःख दिदैनन् । जे दियो त्यही खान्छ्न । ज्ञानी छन्, भनेको सबै मान्छन् । आमालाई दुःख छ भनेर बुझ्छ्न् । श्रीमान्ले कहिले काहीँ १०/१५ दिनमा २/३ सय रुपैया दिनु हुन्छ । बाँकी आफै खर्च गर्नु हुन्छ । कहिले काहीँ रक्सी पिएर मलाई पिट्नु पनि हुन्छ । तर पनि छोरीहरुको मुख हेरेर सहेर बस्दै छु । अब यिनिहरुलाई राम्रो शिक्षा दिएर सरकरी जागिर खाएको हेर्ने इच्छा छ । सानी छोरी निकै चुल्बुले र चट्पटे छे । उ डाक्टर बन्छु र ममिलाई सुइ हाल्छु भन्छे । यिनै लगनशील र इमान्दार मोनिका खड्कासँग मध्य नेपाल सन्देशले गरेको कुराहरु :-
— तिम्रो नाम के हो ? र कति कक्षामा पढछ्यौ ?
मेरो नाम मोनिका खड्का हो । म कक्षा १ मा पढ्छु ।
— धेरै पढन मन लाग्ने बिषय कुन हो ?
साइन्स
— पढन अल्छी लाग्ने बिषय ?
नेपाली
— स्कुल जान मन लाग्छ ?
लाग्छ
— मिल्ने साथिको नाम ?
परिधी
— परिधी किन मन पर्छ ?
उसले मलाइ सधै माया र सहयोग गर्छिन् ।
— अपसेन्ट हुन्छौ कि हुदिनौ ?
हुन्छु कहिले काहीँ ।
— स्कूलमा म्यामले पिट्नु हुन्छ कि हुन्न ?
हुदैन
— तिमीलाई के धेरै गर्न मन पर्छ ?
ड्रोइङ
— धेरै खान मन लाग्ने के हो ?
समोसा
— मन पर्ने म्याम ?
पुष्पलता
— ठूलो भएर के बन्ने ?
नर्स
—मन पर्ने हिरो र हिरोइन ?
सलमान खानर निशा अधिकारी
— मन पर्ने काटुन ?
मोटुपत्लु
— मामु बाबा संग घुम्न जान्छौ ?
बाबाले कहिले काहीँ लानुहुन्छ
— मामु बाबा संग घुमेको सबैभन्दा राम्रो ठाउँ ?
वीरगंज
— मामु र बाबा मध्य कस्को बढी माया लाग्छ ?
ममीको
— तिम्रो स्कूलको जुत्तामा कस्ले पोलिस गर्दिन्छ । मामु कि बाबा ?
म आफै गर्छु ।
— मन पर्ने आफ्नो बानी ?
ममीले ज्ञानी छ बन्नु हुन्छ त्यही बानी मन पर्छ ।
0 comments:
Post a Comment