गीता भण्डारी –झापा
हाल वीरगंज पर्सा १८
|
नारी वर्गहरुको महान् पर्व तीज भन्ने बित्तीकै र¨ीन पर्वको रुपमा बुझ्ने गरिन्छ । चिटिक्क रातो कपडा मिठो मसीनो परिकारलाई दरको नाउँमा टाढाटाढाका दिदी बहिनी र दाजुभाइसगँको भेटघाटले एउटा मिठो र सुखद पक्षलाई नियाल्दछ । हुन त नारी स्वत आफैमा सुन्दरताका प्रतीक मानिन्छन् । त्यसमा पनि गरगहना र र¨ीबिर¨ी पोशाक अनि गित संगीतको सुमधुर स्वरले गर्दा वरिपरिका वातावरणलाई समेत र¨ीन र सुन्दर बनाईरहेको हुन्छ ।
समय परिवर्तनशिल छ । अनि यस परिवर्तन भित्र हामी एकाइसौ शताब्दीमा हिडिरहेका छौ । हामी ले युगौदेखि गर्दै आएको सर्घषले आजका दिन सम्ममा थुप्रै उपलब्धि हासील गर्न सकेका छौ । त्यसैको फलस्वरुप आज नारी हुनमा गर्व लाग्छ र गर्व गर्न सक्ने यस्ता प्रसस्तै कारण पनि छन् हामीसगँ । तर यस्को अर्थ यो हैन ! की आज सम्म हामीले पाएका ती उपलब्धिमा हामी सँतुष्ट छौं । जसरी आवश्यकताहरु असिमीत हुन्छन् र ति आवश्यकतालाई पूर्ति गर्न श्रम साधन र विवेकले भ्याए सम्म हामीले गर्दै आएका सर्घषले तीव्र गति पनि पाइरहेको छ अन्त्य सम्म पनि पाइरहनेछ ।
आधा आकास ओगट्ने महिलाहरुको, जव हक र अधिकारको कुरा आउँछ तब औँला भरमा गन्न सकिने अधिकार मात्र प्राप्त भएको देखिन्छ । घर परिवार ,चुलोचौकादेखि बाहिरी दुनियाँमा आफूलाई ढाल्न कम मिहनेत गर्न परेको छैन आजका नारीहरुले । आज यहि तीजको दिनलाई नै नियालेर हेर्ने हो भने कति नारीहरु बेर¨ी कपडामा ओठबाट फुस्कनै लागेको हाँसोलाई मन भित्रका ईच्छा र चाहाना भित्र–भित्रै दबाएर झूटको जिन्दगी जिउन बाध्य छन् । आधा उमेरमा विविध कारणले आफ्नो सिउँदो पुछिन बाध्य अनि आफ्नै घर परिवारबाट अपहेलित महिला आफ्नै बाबु र दाजुबाट बलात्कृत हुने अवस्था सम्ममा पुग्नु कति दरदनाक क्षणमा छन् । अनि दाईजो नल्याएको निहुँमा यातना भोगिरहेका महिलाहरुलाई नियाल्ने हो भने अझै पनि अधिकार र स्वतन्त्र जीवन जिउन संघषर््ा गनु परिरहेको छ ।
महिलाले आफ्नो पतिको दीर्घायूका लागि पानी सम्म पनि नखाई ब्रत बस्ने नारीहरुको महान्ता कम छैन । उनको मानसम्मान र विश्वासलाई सधैं मदहोस हुने पुरुषहरुको साथले कति सार्थकता दिन्छ ? त्यो भने विचारणीय छ । सधंै महिलाले मात्र असल पुरुष र उसको रक्षाको लागी ज्यान बलिदान गर्न तयार हुँदा किन पुरुषले महिलाको हक र अधिकारलाई निजी सम्पति झै हेपाह व्यवहार देखाउँछन् ? एक चिम्टी सिन्दुरको घेरा भित्र पुरै जीवन बन्धक बनाएर बाँधिन पर्ने परम्परा र पानी पिउँदा श्रीमान्को रगत पिए सरह हुन्छ भन्ने अन्धविश्वासलाई अगाल्ने अनि खास गरी हाम्रो तराई क्षेत्रमा घुम्टो भित्र नै पुरै जिन्दगी बिताउन बाध्य ती महिलाहरुको स्थितिलाई नियाल्ने हो भने अझ घेरै समय लाग्छ, समयले काँचुली फेर्न । यस्ता पुराना रितिरिवाज र अन्धविश्वासलाई जह्रैदेखि उखालेर फ्याक्न आजका नारीले अहम भूमिका खेल्न आवाश्यक छ । चार्ड पर्व मनाउनु पर्छ । परम्परा र संस्कृतिको जर्गेना गर्र्न पर्छ तर खोक्रो आढमा विकृत र विसँगतिलाई हामीले त्यागी, शिक्षा र आत्मबलले समयको परिवर्तनसँगै नारी स्वतन्त्रता, हक र अधिकारलाई सुनिश्चित गर्न सकिन्छ ।
0 comments:
Post a Comment