-

  • नयाँ खबर

    25 September, 2016

    श्रीमतीलाई सफल बनाई समाजमा परिचित गराउने .............

    बिमला गुप्ता 
    मध्य नेपाल सन्देश
    महिला ,जो समाज परिवार अनि आफ्नै श्रीमान्का कारण हिंसाको शिकार हुने गरेको पाइन्छ । दाइजो प्रथा,यौन शोषण, छोराछोरीबीचको विभेद जस्ता अनेकौ समस्याका कारण महिलामाथिको दृष्टिकोण अपेक्षाकृत फराकिलो हुन नसकेको अधिकारकर्मीहरुको भनाई छ । 
    महिला, जसलाई समाज,  घर अनि परिवारले सहयोग गर्ने हो भने पक्कै पनि एकदिन सफलताको सिंढीमा उक्लन उनलाई कसैले पनि रोक्न सक्दैन । आफ्नो श्रीमती प्रतिको जिम्मेवारी अनि  सहयोगी भावनालाई आत्मसाथ गर्दै धेरैसजो श्रीमान् हातेमालो गरी अघि बढिरहेको कमै उदाहरणहरु  पाइन्छ । तर वीरगन्ज माईस्थानमा विगत २५ वर्षदेखि टेलरिगं व्यवसाय गर्दै आउनु भएका अजय मिश्रा उर्फ बौवा मिश्रा भने आफ्नो श्रीमतीलाई अगाडी बढाउन उदाहरणीय काम गर्दै आएका छन् । 
    १० वर्षअघि मागी विवाह गरेका बौवाको श्रीमती सो समयमा कक्षा ८ मा अध्ययनरत मात्र थिइन् । उनको इच्छा अनुसारकोे पढाइ अनि लक्ष्यलाई आत्मसाथ गरेर अहिले स्नाकोत्तरको अध्ययन गराउदैछन्, उनै बौवा मिश्रासँग गरिएको बिशेष कुराकानी :-

    बौवा जी, कस्तो चल्दैछ, टेलरिगं व्यवसाय ?
    बैवा।।।धेरै राम्रो छ । भगवान अनि मेरा शुभचिन्तकहरुको माया अनि आशिर्वादले धेरै राम्रो भइरहेको छ । विशेषगरी चाडपर्व अनि स्कूलले गर्दा निक्कै व्यस्ता बनाउने गरेको छ । नयाँनयाँ डिजाइन गर्नेगरेको छु, महिलाहरुको लागि मात्रै गर्छु म ।

    एउटा पुरुष भएर महिलालाई मात्रै लक्षित गरेर कपडा डिजाइन गर्नुको कारण के हो नि ?
    नेपाल नारीप्रधान देश हो । नारीले नै मलाई जन्म दिइन्, नारीहरुलाई म धेरै सम्मान गर्छु जसले गर्दा विना नापको कपडा सिलाउने र डिजाइन गर्ने काम गदै आइरहेको छु । 

    यी त भए व्यवसायिक जिवनको पाटो, अब एकछिन व्यक्तिगत जिवनतर्फ जाऔ न, बौवा जि, तपाइको व्यस्तताले कतै वैवाहिक जिवनमा असर त पारिरहेको छैन ?
    अलिकति पनि असर गरिरहेको छैन, मेरी श्रीमती समझदार अनि सहयोगी भएको हुनाले पनि हुनसक्छ । मेरो व्यक्तिगत र व्यवसायिक जिवन धेरै नै राम्रो छ । अरु मान्छेहरुलाई हेर्नेगर्छु । आफ्नो  श्रीमतीलाई कुट्ने दुुख दिने गर्छन्, तर हामीबीच राम्रो समझदारी छ । 

    यहाले श्रीमतीको प्रसंग उठाइहाल्नु भयो, के गर्दै हुनुहुन्छ अहिले उहाँ ?
    मेरो मागी विवाह भएको हो । विहे गर्दा उनी ८ कक्षामा पढिथन् । अहिले उनी स्नातकोत्तर डिग्रीमा पढिरहेकी छन् । उनी अहिले कारागार भित्र रहेको समता स्कुलका बच्चाहरुलाई पढाउदै छन् । आफूले पढ्न नसके पनि श्रीमतीको सफलता देखेर सन्तुष्ट छु । 

    श्रीमतीलाई पढाएर जागीर खान पठाउँदा पारिवारिक समस्या वा केहि चुनौतीको सामना गर्नुपर्यो होला नि ?
    मेरी श्रीमती बिहान उठेर घरको सवै काम सकाएर मात्रै जागिर खान जान्छिन, उनको बाहिरी कामले घरायसी काममा केहि असर परेको छैन । मेरा एक छोरा र एक छोरी छन्, अनामीकाले बालबच्चालाई पनि हेर विचार गर्छिन् । तर समाजका मान्छे अनि आफन्तहरुले धेरै नराम्रो कुुराहरु भन्थे, कसैले पनि सहयोग गरेनन्, तर पनि म आफ्नो श्रीमतीको लागि अडिग रहें । म मेरो श्रीमती प्रति खुशी छु । 

    अधिकांश महिलाहरु घरपरिवारबाट पीडित हुने गरेको पाइन्छ, अझ भन्नु पर्दा श्रीमान्बाटै शारीरीक रुपमा पीडित हुन्छन् । तर तपाई मधेशी समुदायकै भएर पनि आफ्नो श्रीमतीलाई अगाडी बढाउदै हुनुहुन्छ, । यस्तो सोच कसरी आयो ?
    मलाई लाग्छ मानिसको सोच फराकिलो छ भने कुनै पनि समुदायबाट भएपनि केहि हुँदैन । हो, मधेसमा छन् यस्ता समस्या, तर म पनि एक मधेसी हँु, मेरो यस्तो सोच छैन । आफ्नो सोचाइ र हेराइ सधैं सकारात्मक राखेपछि जिन्दगी धेरै राम्रो हुन्छ, म सोच्छु, सबलाई आफ्नो अधिकार पाउनुपर्छ, चाहे श्रीमती होस् छोरीहोस् नातिनातिना या बुहारी होस् सबैलाई पढाउनु पर्छ, । शिक्षा देखि टाढा राख्नु हुदैन, उनीहरुलाई पढाउनु पर्छ र बराबरको अधिकार दिनुपर्छ, । म चाहदिन कि भोलिको दिनमा कसैले भनोस् कि मधेसी महिलाहरु धेरै शिक्षीत हुदैन, समय अनुसार अहिले मधेसी समुदायमा पनि धेरै परिवर्तन आएको छ । म चाहन्छु । हरेक मधेसी दाजुभाईमा यो सन्देश जाओस् कि बौवाले एउटा टेलर्स चलाएर आफ्नो बुढीलाई पढाएर यति शिक्षीत र सक्षम बनाउन सक्छ भने त हामी किन पछाडी पर्ने रु म एउटा अनपढ टेलरमास्टर भएर बुढीलाई पढाउन सक्छु भने आजकलका दाजुभाइ पढेलेखेका बुद्धिमान  हुुन् । ,उहाँहरुले त झन श्रीमतीलाई पढाएर सक्षम बनाउने छ । मलाई विस्वास छ ।

    तपाई र श्रीमतीबीच शैक्षीक योग्यताको  विषयलाई लिएर असमझदारी वा झगडा हुने गरेको पनि छ ?
    छैन, म मेरो श्रीमतीभन्दा निक्कै कम पढेको छु, पढाईको कारण मनमुटाव या झगडा त्यस्तो कहिले भएको छैन, म पढ्न पाइन, त्यो चाहना आफ्नो श्रीमतीलाई पढाएर पूरा गरेको छु । श्रीमतीको पढ्ने इच्छा पूरा गर्न पाएकोमा म ज्यादै ने खुशी छु ।

    बौवा जि, के छ त तपाईहरुको भावी योजना ?
    श्रीमतीलाई सिए पढाउने मेरो इच्छा छ, । उनले गर्ने हरेक राम्रा काममा म सधंै सहयोग गर्ने छु । दुुई सन्तानलाई राम्रोसँग पढाउने अनि श्रीमतीलाई सफल महिला बनाएर समाजमा परिचीत बनाउने मेरो चाहना हो । 

    बैवा जि अव अन्त्यमा,
     महिलाहिंसा गर्ने अनि महिलाप्रति साँँघुरो सोचाइ राख्ने त्यस्ता व्यक्तिहरुका लागि के भन्न चाहनुहुन्छ रु
    नारीलाई सम्मान गर, नारी नै भगवान हो, तिमीहरुको लागि घरपरिवार छोडेर आएकी श्रीमतीको चाहना बुझेर उनलाई अगाढी बढाउने गरे महिला हिंसामा पनि कमि आउने थियो र कुनै पनि नारीले श्रीमान्का कारण आफ्नो शिर उठाउन पाउने छन् । त्यसैले म यति भन्न चाहन्छु कि आफ्नो श्रीमतीलाई हिंसा होइन माया अनि सम्मान गर्ने गरौ । 




    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: श्रीमतीलाई सफल बनाई समाजमा परिचित गराउने ............. Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top