-

  • नयाँ खबर

    04 September, 2016

    महिला शाहस र सफल पात्र

    निलम पन्त
    वीरगंजमा पहिलो पटक होटल व्यवसाय कस्ले सञ्चालन ग¥यो ? भनेर सोद्धा धेरैले सम्झना होटलतर्फ औलो सोझ्याउँछन् । होटललै त अन्य कसैले खोलेको भए पनि महिला होटल व्यवसायी भनेपछि धेरैको मुख बन्न्द हुन्छ । त्यो कसैको इच्छाशक्ति र मेहनत विना सम्भव थिएन । इच्छाशक्ति थियो त तिनै उषा शाहमा । अथवा वीरगंजमा चिरपरिचित नाम रानी साहब । 
    वि.सं. २०२३ साल पुस महिनामा ६ कोठे भवनबाट सुरु भएको होटल व्यवसाय हाल ३० वटा कोठामा सञ्चालन भईरहेको छ । स्व.बुवा बलदेव समशेर जबराको नामबाट होटलको लाइसेन्स रहेको बखत उनकै प्रेरणाबाट एक्लै आँट गरेर काठमाडौँको (एनआईडिसि) बाट ६५ हजार ऋण लिएर होटल व्यवसाय सञ्चालन गरेको संचालक शाहको कथन छ । 

    वीरगंजकै चिरपरिचित पशुपती घोषको हातबाट होटलको उदघाटन गराइएको सम्झना होटलमा नेपाली काग्रेशका नेता शेरबहादुर देउवा र स्वर्गिय राजा विरेन्द्र शाहका दुई छोरा निराजन शाह र राजन शाह वाहेक नेपालका सबै नेता, प्रधानमन्त्री, पूर्व राजाहरु यस होटलमा बास बसिसकेका छन् । होटल सञ्चालनको ३० वर्ष पुगिसक्दा अहिलेसम्म आफुले सक्ने जति होटल सञ्चालन गरिरहेको उनी बताउँछिन् । शुरुमा वीरगंज आउँदा १८ वर्षको उमेर थियो गर्ने आट र इच्छाशक्ति धेरै थियो । उतिबेला होटल सञ्चालनका लागि रक्सौलका व्यापारीसंग अर्डर गरेर खाद्यान्न मगाउनु पर्दथ्यो । समानहरु मगाउँदा ज्यादै समय र झन्झटिलो हुदाँ कहिलेकाँहि अफ्ठयारो समेत लाग्ने गरेको उनको अनुभव छ ।  
    सुरुमा केही व्यापारीहरु बास बस्ने गरे पनि धेरै जसो यूरोपियन युनियनका कर्मचारीहरु बास बस्न आउने गर्दथे । तराईका विभिन्न स्थानहरुको भ्रमणमा आउँदा एकै बसमा ६५ जना जति आउने गरेको उनि सम्झन्छिन् । यति धेरै जनाको भिडभाडले मेला लाग्ने गर्दथ्यो । विभिन्न ठाउँबाट आउने जानेहरु हेर्न र रमाइलो अनुभव गर्ने गर्दथे । उतिवेला डबल बेडको १६ रुपैया र सिङ्गल बेडको १० रुपैया भाडा थियो । युरोपियनहरुले होटलको प्राङ्गणमा टेन्ट लगाउथे र त्यहाँ बसेको समेत भाडा दिने गर्दथ्यो । उतिवेला छोरी रचना अढाई तिन वर्षकी थिई । होटलले गरेको आम्दानी र विकासले आफू खुशी भएर आफ्नो सन्तानहरुको निकै सुहाउँदो नामाकरण गरेको उनको भनाइ छ । उनी भन्छीन् रचना गरी होटल खोलेकोले आफ्नो पहिलो सन्तानको नाम ‘रचना’ र विकास गर्न कम्मर कसेर लागेकोले दोस्रो सन्तानको नाम विकास राखें । त्यपछि विश्वास बढेपछि होटल चल्न थाल्यो तेस्रो सन्तानको नाम विश्वास शमशेर जबरा राखें रानी साहवले भनिन् । ५ वर्ष सम्म यसरी नै चलाएँ ।  राम्रो आम्दानी हुने गरेकाले २०२८ सालमा ६ वटा कोठा थपे । स्टाप थपे होटलकै आम्दानीले जग्गा लिए, छोरा, छोरीलाई हुर्काउदै गए । फेरी २०३० सालमा १० वटा कोठा थपेर २२ वटा कोठा पु¥याएँ । 
    खासगरी बढी विदेशीहरु होटलको खोजीमा आउने बस्ने गरेकाले खाद्यान्नहरुको समस्या हुने गर्दथ्यो उतिबेला । यो समस्याले पिरोलपछि आफैले (ईन्टरगेटेड फर्म) सञ्चालन गर्ने सोच बनाए । श्रीमान् पशुपति विक्रम शाह यु.एस.आई.डि मा काम गर्नु हुन्थ्यो । उहाँसंग समन्वय गरेर तराई मै पहिलो पटक २०३५ सालमा (ईन्टरगेटेड फर्म) सञ्चालन ग¥यौं । जसमा ८० वटा गाईको गोश्वरा राखेर सञ्चालन गरे । यसका साथै माछा, बंगुर र कुखुरा समेत पाले । यति मात्र नभई (ईन्टरगेटेड फर्म) अन्तर्गत आलु, लसुन, धान, प्याज आदि उत्पादन गरी होटललाई चाहिने ६० प्रतिशत समान आफ्नै फर्मबाट उत्पान गर्ने गरेको थिए । उतिबेला १० जना महिला सहित ८० जना स्टाफ हाम्रो होटलमा काम गर्नुहुन्थ्यो । हाम्रो होटलमा काम गर्नुहुने मध्ये केति जना म्यानेजर, कति जना सरकारी कार्यालयमा काम गरिरहनु भएको छ, कुनै तथ्याङ्क छैन । तर अधिकाशले बेला बेलामा फोन गरिरहनु भएको उहाँ बताउनु हुन्छ । 
    होटल व्यवसायकै विषयमा उहाँसंग गरिएको थप कुराकानी ।
    क) सुरुवातमा यस व्यवसायमा कसरी आकर्षित हुनुभयो ?
    — यस व्यवसायको भविष्यको बारेमा मेरा बुबा बलदेव समशेर जबराले जनकारी गराउनु भएको थियो । वहाँको अकर्षण र उत्प्रेरणले गर्दा म पनि आकर्षित हुन पुगेको हो । 
    ग) सुरुवातमा के कतिको लगानी र कसरी सुरु गर्नुभयो ? यसमा यहाँको घरपरिवारको साथ कति पाउनु भयो ? 
    — ६५ हजारको ऋण लिएर लगानी गरेर सुरुवात गरेको थिए । सुरु सुरुमा एकलै कहाँ भ्याउनु र तराई जस्तो ठाउँमा । तर आट ठूलो थियो । जसले गर्दा सफल भएँ । घरपरिवार भन्नाले बाबा र श्रीमान्ले साथ दिनुभयो । श्रीमान्लाई भनिसक्दा नाई नास्ती गरिसिन्नथ्यो । सहयोग गर्नु हुन्थ्यो ।  
    घ) यस व्यवसायमा अफ्ठयारा चुनौतिहरु कस्ता छन् । यहाँलाई त्यो अफ्ठयारा चुनौतिहरु कसरी समाधान गर्नुभयो ? 
    — अहिले त खासै अफ्ठयारो छैन, होटल व्यवसायमा । तर घरको पर्दाबाट निस्केर होटल व्यवसय गर्ने महिलालाई धेरै संघर्ष गर्नुपर्छ । त्यो सबै भन्दा ठुलो लगनका साथ मेहनत, इमान्दारिता र आटका साथ गर्दै गए जस्तो सुकै चुनौति पर्गेल्न सकिन्छ । 
    च) यस व्यवसायबाट कतिको फाईदा हुने गर्दछ ?
    — फाईदा छ नी, एकलै ६५ हजारबाट सुरु गरेको ३० वटा कोठा भयो । छोरा छोरीलाई पढाएँ । करोडौँको कारोबार गरें । सम्पति भयो । त्यो भन्दा ठूलो नाम, इज्जत, प्रतिष्ठा यी सब यहिबाटै पाएँ । 
    छ)  यस व्यवसायबाट कतिको सन्तुष्ट हुनुहुन्छ ? 
    — निकै सन्तुष्ट छु । त्यसैले त अहिले सम्म गरिरहेको छु । अझै काम गर्न सकुन्जेल गर्छु,  मेरो इच्छा छ । श्रीमानले अब घुम्नुपर्छ । बुढेसकालमा पनि कति गर्छौ भनिसिन्छ । तर म मान्दिन सकुन्जेल गर्छु भनिरहन्छु । 
    झ) यो व्यवसाय सञ्चालन गर्न इच्छुक महिलाले कसरी सञ्चालन गर्दा बढी झन्झटिलो नभई व्यवसायिक सफलता प्राप्त हुन्छ ? 
    — सुरुवातमा पूँजी हुनुपर्छ र आफुमा विश्वास हुनुपर्छ, भगवानले पनि भन्नुहुन्छ । तिमी आँट म पूरा गर्छु । म त्यहि भन्छु सुरुवात गर्नुपर्छ काममा नाई भन्नु हुन्न । जो कोहि पनि गर्न सक्छ । आज हाम्रै देशमा राष्ट्रिपति, प्रधानन्यायधिश, सभामुख महिला छन् । उहाँहरु धेरै पढेका छैनन् तर देश चलाउने ठाउँमा छन् । हामी पनि गर्न सक्छौँ त्यो भावना हुनुपर्छ । 
    ञ) अन्तमा केही भन्न चाहनुहुन्छ ? 
    — तपाईहरुलाई धन्यबाद । वीरगंज मै पहिलो पटक महिला केन्द्रित भएर पत्रिका सञ्चालन गर्न लाग्नु भएको छ । सफलताको शुभकामना । 

    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: महिला शाहस र सफल पात्र Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top