पुजा सुबेदी |
मध्य नेपाल सन्देश
प्रकृतिको सबै भन्दा सुन्दर चिज मानिने नारी विभिन्न प्रतिभाका खानी हुन् । महिलाले विभिन्न परिस्थितिहरुसंग जुधेर आफ्नो वास्तविक जीवनका पात्रहरुलाई राम्रो ढङ्गबाट निभाउने गर्दछिन् । एक महिलाले कहिले छोरी, कहिले बुहारी, कहिले स्वास्नी, कहिले आमा बनेर आफ्नो भूूमिका निर्वाह गर्ने गर्छिन् । आफ्नो क्षमताले भ्याएसम्म महिलाले जीवनको हरेक उतार–चढावलाई समाधान गर्ने गर्दछिन् । माइतमा रहुन्जेल आफुलाईजन्म दिने आमाबाबुलाई खुशी राख्छे । विवाहपछि आफ्नो घरझै निःस्वार्थ रुपमा पूूकरै जीवन दिन तयार हुन्छे । सदियांै देखि चल्दै आएको पितृसतात्मकसोचले हाम्रोदेशपनि अछुतो छैन् । अहिलेपनि हाम्रो देशमा महिलालाई कमजोर, अरुको दासी झै लिने गर्दछन् । माइतमा अर्काको घरजाने र विहेपछी अरुको घरबाट आएकी दासी भन्ने सोच्ने गर्दछन् । यी सबै सहेरपनि निरन्तर आफ्नो भूमिका निर्वाह गरिरहन्छे महिला । महिलाको त्याग र तपश्या किन बुझदैनन् मानिसह, देशले पनि ।
परापूर्वक कालदेखि महिलाको सम्मान भएको पाईदैनन् । अझै विश्वका कम विकसित मुलुकहरुको कुरा गर्ने हो भने महिलाहरुलाई पशुवत व्यवहार गरेको पाइन्छ । अझै एसिया महादिपमा पर्ने देशहरु महिलालाई उच्च दर्जामा लिन हिच्किचाउने गएको पाइन्छ । हाम्रो देशमा पनि विभिन्न पदमा पगेपनि खासमा महिलाको स्थितिको बारेमा कुरा गर्ने हो भने पुरुषको मान सम्मान र पदमा पुग्न कयौँ युग कुर्न पर्ने देखिन्छ । महिला घरबाटै पिछाडी परेकी छन् । उच्चा शिक्षा हासिल गर्न नपाउने, आफुले कुनै निर्णय गर्न नपाउने, मन्जुरी बेगर विवाह बन्धनमा बाधिनुपर्ने जस्ता महिलाले उठाउने गर्दछन् । भारतको विहार संगै तराईको रहनसहन पनि त्यस अनुसारकोे अवस्थामा सुधार भएको छैन । दलित जनजाति मात्रै होईन अरु जातजातिमा पनि छोरा र छोरीमा भेदभेवा हुने गरेको छ । छोरीलाई स्कुलमा र छोरालाई बोर्डिङ्ग स्कुलमा अध्ययन गराईरहेका बुवा आमाहरु अझैपनि थुप्रै छन् । सकरात्मक सोच भएका बुवा आमाले समेत छोरीको शिक्षा दिक्षा गराएपनि आत्म निर्भर, आफुले निर्णय गर्न सक्ने खालको स्वतन्त्रता दिएको हुुँदैन ।
धर्म संस्कृतिको नाममा समेत छोरीहरु बढी भेदभावको सिकार बनेकी छिन् । तराई भेगमा दाईजो जस्ता कुप्रथाले झन जरा गाडेकोे छ । दाईजो कै लागि महिलालाई मारेको घटना महिनौ पिच्छे दोहरिने गर्दछन् । विवाह गरेर गएपनि श्रीमतीले छोरा नै जन्माइन भनेर महिला हिसाँ, बहु विवाह, विभिन्न यातना महिलालाई खेप्नु परेको हुन्छ । छोराको पर्खाईमा बर्षेनी छोरी जन्मदा पनि छोराको लागि आफ्नो शरिरिक र मानसिक पिडा खेप्दै घर परिवारको लागि आफ्नो जीवन त्याग गर्ने गर्दछन् ।
महिला हिसाँको विरुद्ध कानुन पनि नबनेका होईनन् वि.सं. २०२८ सालमा महिला हिसाँ, दाईजो, बहुविवाह, लगायत गरेमा कडा कार्वाहीको वेवस्था छ । अनि कानूनी वेवस्था र समान व्यवहारमा लागु भएको देखिदैन । महिला पुरुष दुवै वरावर हुन भन्ने भनाई निकै पहिला सिद्ध भईसकेको हो । त्यसैको उपज हो हाम्रो देशको शिर्ष पदमा समेत महिलाको सहभागिता रहेको छ । समाज सुद्धिढिकरणमा जति पुरुषको भुमिका हुने गर्दछ । त्यो भन्दा बढी महिलाले भूमिका निर्वाह गर्न सक्छन् । त्यसका लागि महिला शिक्षालाई नेपाल सरकारसंगै सबैले प्राथमिकताका साथ लागु गर्न जरुरी छ । कानूनी व्यवस्था किताबमा मात्रै होइन् व्यवहारमा समेत लागु गर्नुपर्ने हुन्छ । तब मात्र महिला हिसाँ कम हुन्छ ।
0 comments:
Post a Comment