नेपालको गणतान्त्रीक संविधान घोषणा भएको आश्विन ३ गते एकवर्ष हुदैँछ, यसको कतिको सार्थकता देख्नु हुन्छ ?
१)
जागरुप यादव
बागेश्वरी तित्रौना, पर्सा
|
संबिधान दिवसको अवसरमा म संविधानसंग असन्तुष्ट भएकोले संविधान दिवस मनाउदिन । मधेशीको सिमान्तकृत संघियता जस्तो मागको संबोधन गरिनु परयो । अहिले जनता सचेत छैन । बार बार जनतालाई मारेर मात्र हुदैन संबोधन गर्नेले पनि संबोधन गरिनु परयो । आन्दोलनको घाईतेलाई उपचार गरिनु पर्छ । नेताहरुले कुर्सीको खेलमा लागे भने अव जनता मान्नेवाला छैनन् । आन्दोलन मात्र गरेर भएन अधिकारको सुनिश्चितता पनि हुनु पर्र्छ । आन्दोलनको भरमा मन्त्री पदमा पुग्नेलाई अव जनताले छोड्नु हुँँदैन ।
२)
शंकर प्रसाद स्वास्थ चौकी भौराटार |
पहाडी र मधेशी सवैको रगत रातो नै छ । त्यसैले कसैसंग भेदभाव नगरौ संवैलाई समान अधिकार दिउँ समान व्यवहार गरौ नभए नेपाल शान्ति हुदैन । संविधान कार्यान्वयन हुन सक्दैन । त्यसैले सवैको अधिकार संविधानमा राखौ अनि मात्र राम्रो हुन्छ ।
३)
महेस राम भरवलीया,बारा |
संविधान दिवसको बारेमा मलाई थाहा छैन । म त काम गरेर खाने मान्छे । खोई के हो यो थाहा छैन । नेताहरु आउछन आफनो कुरा गर्छनन् सुन्छु । फेरी आफनो काममा लागि हाल्छु ।
४)
हरिन्द्र राम भरवलीया, बारा |
संबिधानको बारेमा त थाहा छैन । कुन अधिकार आयो कुन अधिकार बाकी छ थाहै छैन ।
६)
माधव साह वीरगंज १९ |
संविधान दिवस आओस् सवैको अधिकार पाओस् की सवैले बडियासे मनाओस् । सवैको अधिकार प्राप्त होस्् । देश भईरहेको भ्रष्टाचार हटोस् । हक अधिकार सवैको प्राप्त भयो भने सवै जना खुशी साथ मनाउन सक्छ त्यसैले सवैको अधिकार प्राप्त हुने गरी संविधान दिवस सवैले मनाउन पाओस् ।
७)
सुबोध गुप्ता, उपाध्यक्ष,
वीरगंज उधोग बाणिज्य संघ |
संबिधान यस्तो दस्तावेज हो । जुन थपघट गर्न सकिने छ । आवश्यकता अनुसार यसलाई संसोधन गर्न सकिन्छ । हाम्रो देशको संबिधानमा भएको बिशेषतालाई प्रयोग गर्दै अगाडी बढनु पर्छ । कृषि, उधोग र पर्यटनलाई व्यवस्थित गरी आर्थिक प्रगति तिर जोड दिनु पर्छ ।
८)
साविधी कुमारी यादव धोरे पर्सा |
संविधान आएकोेमा खुशी छु । संविधानमा व्यस्था गरिएको कुरालाई कार्यन्वयन गर्न सकियो भने अझ राम्रो हुन्छ । असन्तुष्ट पक्षको आवाजलाई सवबोधन हुने गरी संबिधान दिवस मनाउन पाएको भए अझ राम्रो हुन्थ्यो ।
तस्बिरहरु : मध्य नेपाल सन्देश
0 comments:
Post a Comment