-

  • नयाँ खबर

    18 September, 2016

    अरुको देखासिकी सबै ठिक हुँदैन


    सन्ध्या पौडेल 
    कुनै गाउँमा एउटा व्यापारी बस्थ्यो । उसका दुईवटा गधाहरु थिए । एकदिन व्यापारीले ती दुई गधाहरुका पिठमा भारी राखेर लामो यात्राको लागि निक्लिए ।  गधाको पिठमा राखिएको भारी एकदमै वजनदार  देखिन्थ्यो । एउटा गधाको पिठ्यूमा  नूनको भारी र अर्को गधाको पिठ्यूमा रुई (कपास) को भारी लादिएको थियो । केही बाटो हिडेपछि एउटा नदि पार गर्नु पर्ने भयो । नुनको भारी भएको गधाको नुनको बोरा लत्रिएर खुट्टा सम्म  आईपुगेको थियो । नदिको किनारमा चिप्लिएर नुनको भारी बोकेको गधा लड्यो । जब उ उठ्यो नुनको केही मात्रा पानीमा पग्लिएर गएको थियो  । जसले गधाको भारी हलुङ्गो भई उ खुशीले चिच्याउदै आफु सँगै भएको गधा साथीलाई भन्यो ःयो भारी पानीमा भिजाएको त साह्रै हलुङ्गो भयो......। 
    रुईको भारी बोकेको गधाले पनि मनमनै सोच्यो.....यो त साह्रै राम्रो यूक्ति रहेछ.। नदिको किनारमा नपुग्दै जानी –जानी मूर्ख गधा पानीमा डुब्यो । जब रुई बोकेको गधा पानीबाट उठ्यो । तब  झन् भारी वजन भएर पहिलो गधा अर्थात नुन बोकेको गधा साथीसँग रिसाउन थाल्यो । त्यसपछि नुन बोकेको गधाले रुई बोकेको गधा साथीलाई सम्झायो ः तैले किन मेरो देखासिकी गरिस् । मेरो भारी पो नुनको थियो । त्यसैले पानीले भिज्दा पग्लिएर वजन कम भयो । तर  तेरो त रुईको भारी थियो । जुुन तँैले पानीमा डुबाउँदा पानी सोस्यो र झन गह्रौ भयो । वारीपट्टी ऋषिको आश्रम थियो । नदिमा भएको सबै दृश्य गुरु र शिष्यले हेरिरहेका थिए । त्यो देखेर शिष्यलेगरुसँग सोधे । गुरु यो कसरी भयो एउटा लड्योे उ फटाफट हिड्यो अर्को लड्यो उ ढिला हिड्यो । जुन पहिला छिटो हिडेको थियो उ पछाडि भयो । शिष्यको प्रश्न सुनेर गुरुले सबै बिस्तारमा बताए । हाम्रो जीवनमा पनि यी सबै कुराहरु लागू हुन्छ । त्यसैले जुन सुकै व्यक्तिले पनि सकारात्मक कुराको मात्र देखासिकी गर्नु पर्छ । नकारात्मक कुराको परित्याग गर्नुपर्छ । यति कुरा सुनेपछि शिष्यले गुरुलाई शास्टांग दण्डवत् गर्दै गुरु चेला आफ्नो कार्यमा लागें । 
    कुनै बस्तु एकै देखिए पनि गुणहरु अलग—अलग हुन्छन् । भारी त नूनको पनि थियो र रुईको पनि । तर  त्यसका बिशेष गुणहरु अलग थिए । एउटाको पानीमा राखे पग्लने र अर्को पानीमा राखे भिजेर गह्रौंगो हुने । त्यसैले हामीले पनि अरुको सकारात्मक र नकारात्मक पक्ष बुझेर मात्र नक्कल गर्नुपर्छ । अन्यथा दुई गधाको हाल जस्तै हुन्छ । 

    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: अरुको देखासिकी सबै ठिक हुँदैन Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top