-

  • नयाँ खबर

    11 September, 2016

    चुलबुले नानीको कस्तो छ ? बानी


    ईश्वरी श्रेष्ठ
    खेल्न, बोल्न र पढ्न धेरै मन पराउने  सात वर्षकी चुल्बुले कृति पटेल वल्ड पिस एकेडेमी इ. बोडिङ स्कुलमा कक्षा एकमा पढ्छिन् । उसको दुई ओटा भाइहरु पनि छन् । भाइहरु सानो छन् । आफ्ना भाइहरु संग खेल्नुका सथै उनीहरुलाई माया पनि गर्छिन् कृति । उनी आफ्ना हजुर बुबाआमा, आमा र भाइहरुसंग मुर्ली बगैँचा वीरगंज १५ मा खपडाको भाडावाल घारमा लामो समय देखि बस्दै आइरहेकी छन् । आमा सरितादेवी गृहिणी हुनुहुन्छ भने बुबा कृष्ण पटेल प्रहरीमा जागिर गर्नुहुन्छ । घरमा सबैले माया गर्नु हुन्छ, सबैको प्यारी हँु भन्छिन् कृति । सधैं गृहकार्य गरेर स्कूल जान्छु । नत्र म्यामले पिट्नु हुन्छ । म्याथ पढ्न मन पर्छ । तर साइन्स बिषय चाही अझै फेवरेट हो । साइन्समा प्रश्न उत्तर, मेक द फलोइङ, फिल इन द ब्लाङ्स, ट्र्यू र फल्स हुन्छ । त्यसैले मन पर्छ । नेपाली बिषयमा आकार, इकार, उकार धेरै हुन्छ । अलि अल्छी लाग्छ भन्छिन् कृति । उसको कक्षामा ३८ जना विद्यार्थी छ्न् । जसमा उ टप टेनमा पर्छिन् । कृति ज्ञानी छे, अनुशासित छे, असल विद्यार्थी पनि हो । उसको पढाइ पनि राम्रै छ भन्नू हुन्छ कृतिको क्लास टिचर विनादेवी ।
    घरको काममा व्यस्त रहने कृतिकी आमा सरिता देवी घर बाहिर गएर खासै काम गर्दिन भन्नुहुन्छ । उहाँ (कृष्ण) ले पैसा पठाउनु हुन्छ । सासुससुरा कमाउनु हुन्छ । मलाई बाहिर गएर काम गर्नु पर्दैन । उहाँ पुलिस भएकोले बाहिरै चितवन तिर बस्नु हुन्छ । २÷३ महिनामा छुट्टी मिलाएर आउनु हुन्छ । घर आउदा जहिले पनि मलाइ पैसा दिनु हुन्छ । मन लागेको सामान किन भन्नु हुन्छ । धेरै माया गर्नु हुन्छ । कहिलै गाली गर्नुहुन्न । मेरो सबै कुरा मान्नु हुन्छ । सासुससुराले पनि माया गर्नु हुन्छ । म पनि उहाँहरुलाई माया र आदर सत्कार गर्छु । घरमा हास, कुखुरा, बाख्रा छ । त्यो सबै सासुले हेर्नु हुन्छ । कहिले काहीँ म उहाँलाई मद्दत गर्छु । ससुरा चाहिँ ठेलामा भुजा पकौडी तरकारी  बेच्नु हुन्छ । दुःख सुख गरेर चालाइराखेका छौं । खुसी छु सबै जना एक अर्कालाई  सहयोग गर्ने पाएकोमा । उहाँहरुको सहयोग विना छोरीलाई बोडिङ पढाउन गाह्रो हुने थियो । छोरीको पढाइ त अहिले सम्म राम्रै छ । स्कूलको गृहकार्य आफै गर्छिन् । मलाइ पढ्न आउदैन बिहे पछि नन्दले नाम लेख्न सिकाउनु भयो । आफ्नो नाम मात्र लेख्न आउँछ । कृतिको बुबालाई पढ्न आउँछ । उहाले कक्षा ८ सम्म पढ्नु भएको छ । उहाँ आउनु भएको बेला उहाँले कृतिलाई  पढाउनु हुन्छ । छोरीले सरकारी बैंकमा जागिर खाको हेर्ने ठूलो इच्छा छ । अहिले सम्म असल छिन् । सबैकी प्यारी छोरी कृति सरिता देवीले भनिन् । तिनै चुलबुले र हसिली कृति पटेलसंग मध्य नेपाल सन्देशले राखेको जिज्ञासामा उनको उत्तर ः
     तिम्रो नाम के हो ? र कति कक्षा मा पढ्छौ ?
    मेरो नाम कृति पटेल हो । म एक कक्षामा पढ्छु ।
    तिम्रो स्कुल को नाम के हो ?
    वल्ड पिस एकेडेमी
    स्कुूलमा अपसेन्ट हुन्छ्यौ कि हुदिनौ?
    कहिले काही
    तिम्रो बेस्ट साथीको नाम के हो ?
    एलिसा
    एलिसा किन मन पर्छ ?
    उ राम्री  छे ।
    मन पर्ने म्याम ?
    बिना देवी
    म्यामले पिट्नु हुन्छ कि हुदैन ?
    होमवर्क न बनाएर गयो भने पिट्नु हुन्छ ।
    होमवर्क बनायो भने ?
    माया गर्नु हुन्छ ।
    भविष्यमा के बन्ने इच्छा छ ?
    टिचर
    तिमिलाई मन पर्ने बिषय कुन हो ?
    साइन्स
    मन न पर्ने बिषय चाही ?
    नेपाली
    तिमिलाई के को ड्रोइङ गर्न मन पर्छ ?
    हाउसको
     टि भिमा के धेरै हेर्न मन लाग्छ ?
    मोटु पत्लु
    तिमिलाई मन पर्ने खनेकुरा के हो ?
    चाउचाउ
    मामुबाबा मध्ये कस्को बढी माया लाग्छ ?
    मामुको
    बदमासी गर्दा कस्ले बढि गाली गर्नुहुन्छ ?
    मामुले
    धेरै के गर्न मन लाग्छ ?
    खेल्न
    के खेल्छौ ?
    पिङ
     स्कूल जाने बेलामा कस्ले तयारी गर्दिनु हुन्छ ?
    मामुले
    मामु बाबासंग कतै घुमेको छौ ?
    छैन ।
    बाख्रा चराउन जान्छौ ?
    जान्छु
     को संग ?
    हजुर आमा संग
    हजुरबुबा र हजुरआमा मध्ये कसको बढि माया लाग्छ ?
    दुबैको
    मन पर्ने आफ्नो बानी ?
    हाँसिरहन्छु । 
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: चुलबुले नानीको कस्तो छ ? बानी Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top