-

  • नयाँ खबर

    01 September, 2016

    वियोगान्त गीति कथा

    सन्ध्या पौडेल
    बाबा म जुनुलई माया गर्छु । थर के हो ? नेपाली ।
    यो सुन्ने बितिकै बाबाले मलाई गाली गर्न थाल्नु भयो । नगर्नु पनि कसरी म बाहुन उनी  दलित  । हामी बीच समाजले नै जातियताको ठूलो पर्खाल लगाइ दिएकोछ  । जुन समाजमा हामी छौँ, त्यो समाजमा जातभातले अझै पनि ठूलो महत्व राखेको छ । उच नीचको भेदभावले हेर्ने गरिन्छ । बाबाको कुरा सुनेर म सरासर जुनुलाई भेट्न गएँ । अनि मैले जुनुलाई भेटेर भनेँ जुनु तिम्रो र मेरो मायामा जातीयताको ठूलो पर्खाल छ । जुन पर्खाललाई हामीले तोड्नु पर्छ । यदि हामीले यो पर्खाल तोड्न सकेनौं भने हामी हाम्रो प्रेममा असफल हुनेछौँ । हामीबीचको यो प्रेमको पर्खालको रुपमा रहेको जातीयता विरुद्ध अब तिमी हामी नै उठ्नु पर्छ भन्दै मैले जुनुलाई भने ।  
    यति सुनेपछि जुनुले भनिन अब के गर्ने त ? तिमी र म यो ठाउँ छाडेर अन्त कतै जानुपर्छ , जुन ठाउँमा तिमी र म हुनेछौं र त्यहाँ हाम्रो माया नै माया हुनेछ । हामी भोली नै यो ठाउँ छाडेर जानु पर्छ जुनु । 
    यति सुनेपछि जुनु टाउको हल्लाएर घर जान्छिन् । म पनि घर तिर लागें । घर पुग्ने बितिकै बाबाले मलाई फेरी गाली गर्न लाग्नु भयो । बाहुनको छोरो भएर तल्लो जातकीलाई हेर्छस् ? यति सुन्नेपछि भने मलाई पनि रिस उठ्यो । आजकालको जमनामा पनि जातभातको कुरा गर्ने ,? म जुनुलाई माया गर्छु  र विहे पनि गर्न चाहन्छु । यो सुनेपछि बाबाले मलाई झन् गाली गर्नुभयो । त्यसपछि मैले बाबालाई भने तपाईको घरमा अब मलाई एक पल पनि बस्नु छैन । अब मलाई यो घरमा बस्नु छैन । म गए यो घर छाडेर । अब फर्केर पनि यो घरमा आउने छैन ।
    टाढा टाढा जानु छ साथी एक फेर हासिदेउ
    बिर्सि सकेको मायालाई सम्झी एक फेर हासिदेउ
    यति भनेर म आफनो सामान तयार पारेर जुनुको घरतिर लागे । करिव रातको ११ बजे तिर जब म जुनुको घर नजिकै  पुगें । निकै ठूलो भीडभाड  देखें । भीड देखेर म झस्किए । यति राति यति धेरै मान्छेको भीड । के भयो जुनुको घरमा । कतै जुनुलाई केही त भएन? मेरो मनमा एक प्रकार डर पैदा भयो । डराउदै डराउदै म जुनुको घरमा पुगें । घर वरिपरि धेरै मानिसको भीड थियो । म त्यो भीड पन्छाउदै जब बीचमा पुगे छाँगाबाट खसे जस्तै भए । किन कि त्यहा अरु कोही नभएर मेरी जुनु थिइन । चिर निन्द्रामा सुतेकी । कहिल्यै नब्युँझने गरी सुतेकी ।
    म तिमी नहुँदा मरे तुल्य हुन्छु
    म हाँगाको पात झरे तुल्य हुन्छु । 
    म चाहन्छु खाली तिम्रै बोली सुन्न
    कतै जाउ टाढा जहा कोही हुन्न । 
    हामी भागेर जाने कुरा कसले जुनुको बाबालाई सुनाइ दिएको रहेछ । जुनुको बाबाले जुनुलाई धेरै गाली गर्दै पिट्नु पनि भएछ । जुन कुरा सहन नसकेर यो निर्णयमा पुगिछन् । म जुनुको छेउमा पुगे । उनलाई अन्तिम पल्ट हेरे । हठात् उनको हातमा मेरो आँखा प¥यो । उनको हत्केलामा लेखिएको थियो । सरी आकाश यो मायामा विछोडिनु भन्दा आफैलाई समाप्त पार्ने निर्णय गरे । म तिम्रो नहुने भए कसैको हुन सक्दिन भनेर यो कदम उठाउन बाध्य भएँ । मलाई माफ गर आकाश मैले तिमीलाई दिएको बाचा पुरा गर्न सकिन । जुनु टाढा गएपछि म घरको न घाटको भएँ । त्यसदिनदेखि म जुनुलाई सम्झी भौतारी रहेको छु । 
    धेरै माया दिदा रैछन् मुटु जोडेर बस्नेहरु
    यादमा डुबी बाच्दा रैछन् चोखो माया गर्नेहरु ........








    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: वियोगान्त गीति कथा Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top