-

  • नयाँ खबर

    11 September, 2016

    अदालतको ४५.८२ प्रतिशत मात्रै मुद्दा फर्छौट, सम्बन्ध विच्छेद र जबरजस्ती करणीको मुद्दा वर्षेनी बढ्दो


    मध्य नेपाल
    मधेशी मोर्चाको मधेश आन्दोलनले देशको राजश्वमा मात्रै होईन् मुद्दा मामिला फछ्र्यौटमा समेत असर गरेको पाईएको छ । आर्थिक वर्ष २०७२÷०७३ मा पर्सा जिल्ला अदालतले लक्ष्य अनुसारको मुद्दा फछ्र्यौट गर्न नसकेको पाइएको हो । 
    पर्सा जिल्ला अदालतमा गएको वर्ष दर्ता भएका विभिन्न प्रकारका ३ हजार ४१ मुद्दाहरु मध्ये अझै फछ्र्यैोट हुन बाँकि २ हजार १ सय ५० मुद्दा बाँकी छन् । २ हजार ३ सय ७९ मुद्दा भने फछ्र्यैोट भएको छ । मधेशी मोर्चाको साउन देखि फागुन सम्मको बन्दले गर्दा झण्डै ७ महिना मुद्दा मामिलाको काम प्रभावित भएको पर्सा जिल्ला अदालतका शाखा प्रमुख नरायण पौडेलले बताए । पर्सा जिल्ला अदालतले यस आर्थिक वर्षमा विभिन्न मुद्दा मामिलाको बाँकी लगतबाट १ करोड ७१ लख ८६ हजार ४ सय २० रुपैयामात्र राजश्व संकलन गर्न सकेको छ । जबकी यो असुल गर्नुपर्ने कुल लगतमध्ये १ दशमलब ५९ प्रतिशत मात्र हो । 

    सम्बन्ध विच्छेद र जबरजस्ती करणीको मुद्दा वर्षेनी बढ्दो 

    विगतका दिनहरुमा श्रीमान् श्रीमति बीच झैझगडा हुदाँ प्रहरीले समान्य सम्झाई बुझाईमा मुद्दा टुँग्याउने हुदाँ महिलाहरु अदालत सम्म आउने गर्दैनथे । जसको परिणाम बाध्य भएर आत्म हत्या गर्ने गरेको थियो । तर अहिले त्यस्तो स्थितिबाट सचेत भई समयमै हिँसा सहनु भन्दा छुटिएर बस्नु राम्रो भन्ने सोचेर परिवर्तन भएको अधिवक्ता कमल मोहन पोखरेलले बताए । उनले भने मधेशका महिलाहरु सचेत हुन थालेका छन् । खासगरी सरकारी तथा गैर सरकारी संस्थाहरुले महिला हिँसाका विभिन्न कार्यक्रमहरु संचालन गरेपछिको प्रतिफलले अहिले तराई मधेशका महिला पहिला जस्तो हिँसा सहन बाध्य छैनन् । त्यसैले सम्बन्ध विच्छेदका घटनाहरु बढ्ने गरेको पाइएको उनले बताए ।  
    जिल्ला अदालत पर्साको तथ्याङ्क हेर्ने हो भने विगतमा बढीमा ४५÷५० को संख्यामा सम्बन्ध विच्छेदका मुद्दा आउने गरेकोमा यसवर्ष बढेर एक सय १६ जनाले सम्बन्ध विच्छेदका लागि मुद्दा दर्ता गराएको पाईएको छ । जसमध्ये ५३ वटा फछ्र्यैोट भईसकेका छन् भने ६३ वटा फछ्र्यैोट हुन बाँकी रहेको शाखा अधिकृत नरायण पौडेलले बताए । तराईका जिल्लाहरुमा महिला हिँसाका घटनाहरु धेरै हुने गरेको र खासगरी वैदेशिक रोजगारमा गएका बखत सम्बन्ध विच्छेद गराउने महिलाहरुको घटना आउने गरेको उनले बताए । पर्सा जिल्ला अदालतमा यसका अलावा लेनदेन, अंश, लिखत बदर लगायतका मुद्दाहरु बढी मात्रामा आउने गरेको अदालतको भनाइ छ । 
    गम्भीर प्रकारका मुद्दा अन्तर्गत जबरजस्ती करणीको मुद्दामा पनि विगत वर्षको तुलनामा बढेको पाइएको छ । विगतका वर्षमा ७, ८ वटा दर्ता हुने यस्ता मुदा यसवर्ष  २४ वटा जबरजस्ती करणीको मुद्दा परेको छ, । जसमध्ये ११ वटा मात्रै फछ्र्यैोट भएको छ भने १३ वटा फर्छौट हुन बाँकी रहेको देखिन्छ । 

    घरेलुहिँसाको निवेदन प्रहरी कार्यालयमा बढ्दो अदालतमा शुन्य

    जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला तथा बालबालिका कार्यालय (महिला सेल) को तथ्याङ्क अनुसार यस आर्थिक वर्षमा ६ सय भन्दा बढी घरेलु हिंसाको निवेदन परेको छ । जिल्लामा पछिल्लो पटक कर्तव्य ज्यान, बाल विवाह, बहुविवाह, श्रीमतीलाई खान लाउन नदिने, छोराछोरीको जन्मदर्ता नबनाउने, विभिन्न आरोप लगाई कुटपिट गर्ने घटना प्रहरीमा आएको देखिन्छ । अनुसन्धान गर्दै जादाँ दाईजोकै कारण कुटपिट गर्ने गरेको जस्ता कुराहरु खुल्ने गरेको पर्साका प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठले बताए । प्रहरी कार्यालयमा घरेलु हिँसाको तथ्याङ बढे पनि पर्सा जिल्ला अदालत सम्म २ वटा मात्रै मुद्दा दर्ता भएको पाईएको छ । जसमध्ये एउटा फैसला भएसकेको छ भने अर्को बाँकी रहेको छ । 
      खासगरी घरेलु हिँसामा प्रहरीले गाउँबाट आउने पीडितहरुका पक्षमै अनुसन्धान गर्ने गरेको प्रहरी उपरिक्षक श्रेष्ठले दाबी गरे । छोरा–छोरी पाईसकेको अवस्थामा सकभर श्रीमान्लाई सम्झाई बुझाई दिनु भन्ने पीडितको आग्रह अनुसार उनीहरुलाई त्यसै गर्ने गरेकोे छ उनले भने । धेरै दुःख पीडा भयो भने अदालतमा मुद्दा दिन भन्छौँ । तर खासै अदालतसम्म पुग्ने गरेको पाईदैन् । त्यसैले प्रहरीकोमा धेरै निवेदन पर्ने गरेको उनको भनाई छ । 

    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: अदालतको ४५.८२ प्रतिशत मात्रै मुद्दा फर्छौट, सम्बन्ध विच्छेद र जबरजस्ती करणीको मुद्दा वर्षेनी बढ्दो Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top