-

  • नयाँ खबर

    18 September, 2016

    निःशुल्क स्वास्थ्य शिविर

    मध्य नेपाल सन्देश
    विश्व प्राथामिक उपचार दिवसको उपलक्ष्यमा पर्सा शाखाको आयोजना र माइस्थान उपशाखाको साहयोगमा बिरगंज स्थित गिता मन्दिरमा निशुल्क ब्लड प्रेसर र सारिरिक तौल जाँच शिविर सम्पन्न भएको छ । शिविरको उदघाटन पर्सा शाखाको सभापति फुलमहम्मद मियाले गर्नु भएको थियो । शिबिरमा शाखा, उपशाखाका पदाधिकारी, सदश्यहरु एवं रेडक्रसकर्मीहरुको सहभागीता रहेको थियो ।  साथै सोही अवसरमा पर्सा शाखाको आयोजनामा एक दिने प्राथमिक उपचार पुनर्ताजगी तालिम सम्पन्न भएको छ । स्वास्थ्य सेवा समितिको संयोजन मदन गुप्ताको सभापतित्वमा सम्पन्न कार्यक्रममा भर्खरै सम्पन्न मधेश आन्दोलनको क्रममा घाइते भएकाहरुलाई प्राथमिक उपचार सेवा पु¥याएका प्रशिक्षक साबिर अहमद, भरत शर्मा सकृय स्वमसेवक बिजय ठाकुरलाइ पुरस्कार सहित सम्मान समेत गरिएको थियो । 
    सो अवसरमा सभापति गुप्ताले प्राथमिक उपचार र रेडक्रसको सम्बन्ध सहभागी सबैलाइ प्रष्ट पारेका थिए भने सहभागीहरुलाई धन्यवाद समेत दिएका थिए । 
    सो कार्यक्रममा राजेस्वर चौरशिय, उपशाखाका सरोज राणा, स्वमसेवक राजु शाह, प्रकाश गुप्ता, जीवन शाह लगायतको सहभागीता रहेको थियो । 
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: निःशुल्क स्वास्थ्य शिविर Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top