नारीहरु बस्नु परेको छ घरभित्र
अझै पनि जुठाभाँडा र लुगा धोएर
कति वेदना सहनुपर्ने अझै पनि
मुटुमाथि ढुङ्गा राखी बांचिरहे छन् रोएर
कहाँबाट आको प्रथा र वाध्याता
संघर्ष नारीहरु सधैं पछि पर्ने
चिरिएको छाती, दुखेको मन
कहाँ र कहिले निको पार्ने,
सक्छन् नारी अझै पनि
ठूला – ठूला चढ्नलाई सिंढी
कहिले अन्त्य हुन्छ यहाँ
दाईजो लिने – दिने विधि
बुझ्दैन यहाँ मान्छेको कथा
आशु र रोदनमा हाँसी दिन्छन्
लिदैनन् चासो खुसीहरुमा
समस्याको परिधिभित्र बाँधिरहन्छन् ।
– कमला गिरी, खोटा·, हाल भिस्वा – १८, वीरगन्ज
0 comments:
Post a Comment