-

  • नयाँ खबर

    19 September, 2016

    श्रृङ्गारसँगै छालाको सुरक्षा गर्न आवश्यक

    – खुशि सर्मा 
    महिलाहरु प्राकृतिक रुकपमा सुन्दर हुुन्छन् । त्यो सुन्दरतामा श्रृङ्गारले अझै निखार ल्याउँछ । त्यसैले महिला र श्रृङ्गारलाई एकअर्काका परिपुरक मानिन्छ । केटीमा भन्दा विवाहित महिलामा श्रृङ्गारले विषेश महत्व राख्छ । त्यसमा पनि हरेक चाडपर्वमा झन् महिलाहरुले श्रृङ्गारसँग निकै प्राथमिकता दिएको पाइन्छ । अरु भन्दा पृथक र सुुन्दर देखिने चाह प्रायः सबै महिलाहरुमा भएबाट नै यस्तो भएको पनि हो । त्यसैले पनि श्रृङ्गारलाई महिलाहरुले निकै जोड दिएको पाइन्छ । 
    दैनिक जसो श्रृङ्गारिएर हिड्ने महिलाहरुले अझ श्रृङ्गार गर्दा निकै ख्याल गर्नुपर्ने हुन्छ । राम्री बन्ने होडमा प्रयोग गरिने श्रृङ्गार सामग्रीले सबैलाई रुपवती बनाउँछ भन्ने नभएको ब्युुटिशियनहरुको भनाइ छ । छालाको प्रकृतिबारे जानकार नभई प्रयोग गरिने विभिन्न श्रृङ्गार सामग्रीले कुुरुप मात्र होईन, छालामा दिर्घकालीन समस्या निकाल्ने छाला विषेशज्ञहरुले पनि बताएका छन् । यसै विषयमा छाला रोग विषेशज्ञ डा.अनु अग्रवालसँग खुुशी शर्माले गरेको कुराकानी :- 
    – श्रृङ्गार भन्ने वित्तिकै बढी महिलाहरुले गरेको पाइन्छ । यस्तो श्रृङ्गारले छालाको लागि भने कत्ति उपयुुक्त हुुन्छ ?
    चिकित्सकीय भाषामा भन्नुुपर्दा श्रृङ्गार छालाका लागि राम्रो होईन । किनकि बजारमा पाईने सबैखाले श्रृङ्गारका सामानमा धेरै केमिकलहरु मिसाईएको हुुन्छ जुुन छालाको लागी हानिकारक हुुन्छ । तर विभिन्न पर्वहरुलाई लक्षित गरी महिलाहरुले गर्ने मेकअपलाई नगर्नुस् भन्नु भन्दा पनि उच्च स्तरको गुुणस्तरीय मेकअप किट, त्यो पनि कम मात्रै प्रयोग गर्नुपर्छ । अनुुहारको छाला अत्यन्तै संवेदनशिल हुुने भएकोले धेरै मेकअपले नकारात्मक असर पार्छ । 
    – कुुन मेकअप कस्तो छालामा उपयुुक्त हुुन्छ भनेर कसरी थाहा पाउन सकिन्छ ?
    यो त भन्न गाह्रो छ किनभने व्यक्ति अनुसार छाला फरक हुन्छ र छाला अनुसारकै मेकअप प्रयोग गर्नुुपर्छ । तर छालाको जाँच बिना छनौट गरिएको गुणस्तरीय मानिएका मेकअपमा स्टेरोइड हुनु भएन । हिजोआज बजारमा क्रिमको उत्पादन गर्दा स्टेरोइडको प्रयोग गरिएको हुन्छ जसले छालालाई विगार्छ । त्यसैले क्रिमको प्रयोगको लागि चिकित्सकको सल्लाह लिनु वुद्धिमानी हुन्छ । 
    – गर्मी र पसिनाबाट बच्नको लागी ह्याभिखाले वाटर प्रुुफ मेकअप गर्नेहरुलाई तत्काल वा दिर्घकालिन कस्तो असर पर्दछ ?
    जुुनसुुकै मेकअपले पनि छालालाई केहि न केहि असर त गर्छ नै । त्यसमा पनि वाटर प्रुुफ मेकअपले धेरै असर गर्छ । वाटर प्रुफ मेकअपले पसिना आउने प्वाललाई बन्द गरिदिन्छ जसको कारण पसिना निस्कन पाउदैन र डन्डीफोर, अनुुहारमा चाँयापोतो आउँछ छालामा इनफेक्सन पनि हुुने गर्दछ । 
    – मेकअपकै कारण हुुने सामान्य र जटिल समस्या बारे बताई दिनुुुस् न ?
    मेकअपका कुुनै प्रोडक्टले एलर्जी गराउँछ, चिलाउने, रातोपन हुने, दाग आउने, अनुुहार चिलाउने, अनुुहारमा चाँयापोतो आउने गर्दछ ।  कतिलाई त छालामा इनफेक्सन पनि हुुन सक्छ । जसले प्राकृतिक सुन्दरतालाई घटाएर जीवनभरका लागि समस्या निम्त्याउन सक्छ । 
    - श्रृङ्गार पनि गर्ने र राम्री हुुने तर रियाक्सन वा समस्याबाट बच्ने उपाय के होला ? 
    मेकअप किट राम्रो गुुणस्तरको हुुनुुपर्दछ । मेकअप गर्नुुभन्दा पहिले (बिलिच क्रिम) लाउनुुपर्दछ जस्ले मेकअपको रियाक्सनबाट बचाउँछ । प्रत्येक दिन गरिने मेकअपलाई राती चिसो पानीले राम्रोसँग धुुनुुपर्दछ । कतिपयको मेकअप गरेरै सुुत्ने बानी हुन्छ, जुुन छालाका लागि घातक हो । राती सुुत्दा ःयकतचबष्कष्लन अचभबm लगाएर सुुत्नुु पर्दछ । 
     सुझावः laxu.sharmaa@gmail.com
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: श्रृङ्गारसँगै छालाको सुरक्षा गर्न आवश्यक Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top