मध्य नेपाल सन्देश
पर्सामा स्थानीय तहको पूनर्संरचनाको कामलाई राजनीतिक दलहरुले स्थगित गर्ने निर्णय गरेको छन् । स्थानीय तह पूनर्संरचना प्राविधिक सहयोग समिति पर्साले आयोजना गरेको कार्यक्रममा सहभागी राजनीतिक दलहरुले यस्तो निर्णय गरेका हुन् । मधेशको माग पूरा नभए सम्म यो काम अघि बढ्न नहुने उनीहरुको भनाइ छ । स्थानीय तह पूर्नसंरचना मधेसको समस्या समाधान भएपछि मात्र गरिनुपर्ने सहभागी मधेश केन्द्रित दलका नेताहरुले बताए थिए ।
जिल्ला विकास समिति पर्साको सभाहलमा संविधान संसोधन मार्फत सिमांकनको माग पूरा नभएसम्म स्थानीय तहको पुर्नसंरचना गर्न नदिने मोर्चाका नेता प्रदिप यादवले बताएका छन् । कार्यक्रममा सत्ताधारी दल माओवादी केन्द्र र काँग्रेसका स्थानीय नेताहरुले समेत स्थानीय तह पूनर्संरचना अगाडी नबढाउन सहमति जनाएका थिए । स्थानीय तह पूनर्संरचना प्राविधिक सहयोग समितिका संयोजक समेत रहेका स्थानीय विकास अधिकारी विश्व प्रकाश अर्यालले पनि दलिय सहमति नभएपछि पुर्नसंरचनाको काम हाललाई स्थगित गरिएको जनाएका छन् ।
0 comments:
Post a Comment