म रहँु नरहँु कुनै चिन्ता छैन
तर मेरो धर्ति टुक्रनु हुन्न
म रोउँ नरोउँ कुनै फिक्रि छैन
तर, मेरी आमाकहिले रुनु हुन्न
मेरो प्यास मेटाउने यहिमूलको पानी
यहि देशको माटो मेरो जिन्दगानी
शत्रुको छाया कहिले पनै दिन्न
शिरै काटे नि म ऐयाभन्दिन
आमाको निम्तिहुने छु म छाँया
प्राणै त्यागे निगरि रहन्छु माया
नरहे प्राण कुनै चिन्ता छैन
तर मेरो धर्ति टुक्रिनु हुन्न
मेरो देशको माटोको सुगन्ध छ मिठो
स्वभिमानीबनीखाउँला ढिडो पीठो
नेपालीतन ढाक्ने पुरानै छन् बस्त्र
कर्मठ मनको पाखुरी हुन् अस्त्र
म घायल बनौलाकुनै चिन्ता छैन
आमाको आँसु यहाँझर्नु हुन्न
म रहँ नरहुँकुनै फिक्रि छैन
तर मेरो धर्ति टुक्रिनु हुन्न
– बिष्णु गिरी, कुम्हालटोल – ६, वीरगन्ज
0 comments:
Post a Comment