मध्य नेपाल सन्देश
ने.क.पा माओबादी केंद्र निकट अखिल क्रन्तिकारीले पहिलो संविधान दिवशको अवसरमा बाल कल्याण गृहमा स्टेसनरी र खाद्यान्न वितरण गरेका छ । त्यसैगरी संगठनले मधेश सहिद हिफाजत मियाको छोरीको हस्मु नेशाको उपचारका लागि पनि वीरगंज स्थित वीरगंज हेल्थ केयर अस्पतालमा पुगी केहि आर्थिक सहयोग पनि गरेको छ ।
अखिलको केन्द्रिय सचिवालय सदस्य प्रभाकर गुप्ताको नेतृत्वमा गएको टोलिले एक कार्यक्रम बीच स्टेसनरी र खाद्यान्न वितरण गर्नुको साथै सहिद पुत्री हस्मु नेशालाई पनि केहि आर्थिक सहयोग गरेको जनाइएको हो ।
कार्यक्रममा वाइ.सी.एलका केन्द्रिय सदस्य बिमल पौडेल, क्रन्तिकारीको सदस्य सन्दिप गुप्ता, अशोक यादव, आकाश गुप्ता, र सामाजिक अभियन्ता अल्का साहको समेत उपस्तिथी रहेको थियो ।
0 comments:
Post a Comment