विकास नेपालको आयोजनामा जिल्ला स्तरीय धार्मिक, सांस्कृतिक एवं महिला अगुवाहरुको एक दिने विशेष प्रज्वलन तालिम समपन्न भएको छ । कार्यक्रममा स्थानीय स्तरको समस्या र मुद्दालाई खुल्ला सत्रमा सहजिकरण गरिएको थियो ।
गाविसलाई खुल्ला दिशामुक्त घोषणाका लागि देखिएको चुनौतिलाई अगुवाहरुको बिचमा राखेर सामाधानका पहलहरु गरिएको विकास नेपालका अध्यक्ष फूल महमद मियाले बताए । सो कार्यक्रमको प्रमुख अतिथि स्थानीय विकास अधिकारी विश्व प्रकास अर्याल रहेका थिए भने कार्यक्रममा प्रसौनीभाठा, वैरिया विर्ता, सुपैली, भिष्वा लगायतका ९ वटा गाविसका ३५ जना धार्मिक, सांस्कृतिक, महिला अगुवाहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमको सहजिकरण जिल्ला विकास समितिका समाजिक विकास अधिकृत धर्मराज थापा र सहजकर्ता सावीर अहमद एराजले गरेका थिए भने कार्यक्रमको सहजीकरण शिवनाथ यादवले गरेका थिए ।
0 comments:
Post a Comment