मध्य नेपाल सन्देश
युएन ह्याविटाट जि एस एफको सहयोगमा संचालित खुला दिसा मुतm अभियान कार्यक्रम अन्र्तगत पर्सा जिल्लाको वैरिया वीर्ता नौतजमा गाविस स्तरीय सरससफाई सम्मेलन तथा सांस्कृतकि कार्यक्रम सम्मपन्न भएको छ । गाविस सचिव मनोज कुमारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि क्षेत्र नं। ३ का सांसद राजकुमार गुप्ता लगायत अन्य अतिथिहरु स्थानिय विकास अधिकारी विश्व प्रकाश अर्याल, साद्भावनााका केन्द्रिय सदस्य निजामुद्दिन समानी, नयाँ शतिm पार्टीका केन्द्रिय सदस्य बलिराम साह, विकास नेपाल पर्साका अध्यक्ष फुलमहम्मद मियाँ, नेपाल पत्रकार महासंघ पर्सा शाखाका कोषाध्यक्ष अनुप तिवारीले आ९आफ्नो मन्तव्य व्यतm गरेका थिए । सांसद गुप्ताले मन्दिर बनाउनका लागि सहयोग माग गर्न आउने तर चर्पी बनाउनका लागि अहिले सम्म कोहि पनि सकृय नभएको बताएका थिए । सरसफाईको महत्वको बारेमा चर्चा गर्दै त्यस गाविसमा रहेमा अति बिपन्न तथा सार्वजनिक शौचालयका लागि ५० थान चर्पीको प्यानसिट सहयोग गर्ने प्रतिबद्धता सांसद यादवले गरेका छन् । स्थानीय विकास अधिकारीले खुला दिसा मुतm अभियानसंगै गाउँको विकासमा सवै जनता तथा राजनीतिक दललाई एक जुट भई अगाडी बढ्न आग्रह गरेका थिए ।
नयाँ शक्तिका नेता साहले सरसफाई कार्यक्रम मधेसको लागि अति महत्वपूर्ण तथा परिवर्तनको लागि आवश्यक रहेको चर्चा गरेका थिए । त्यसैगरी नेता निजामुद्दिन समानिले स्वास्थ तथा शिक्षा बिना अधिकार प्राप्ति नहुने भएको अधिकारको लडाई संगै सरसफाई शिक्षामा ध्यान दिन जोड दिए । कार्यक्रम संचालन विकास नेपाल पर्साका शिवनाथ यादवले संचालन गरेको थिए भने गायक अनिल बर्माको संगितिक टोलीले सरसफाई सम्बन्धि गित प्रस्तुत गरेको थिए । असोज ३० गाविसलाई खुला दिशा मुतm गाविस बनाउन समय तोकिएको छ ।
0 comments:
Post a Comment