मध्य नेपाल सन्देश
अन्तराष्ट्रिय विश्व शान्ति दिवस वीरगंजमा पनि भव्यताका साथ मानइएको छ ।
स्थानीय शान्ति समिति पर्साको अगुवाइमा वीरगन्जमा पनि शान्ति दिवस मनाइएको हो । दिवसको क्रममा वीरगन्जको घन्टाघरबाट प्रभातफेरी निकाली माईस्थानमा पुगेर कोणसभा गरिएको थियो ।
कोण सभालाई शान्ति समितिका संयोजक प्रदिप यादव र पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले शान्तिको प्रतीक दुइजोडा परेवा उडाएर विश्वमा स्थायी शान्तिको कामना गरेका थिए । कोण सभामा बोल्ने बक्ताहरुले शान्तिपूर्ण मैत्री वातावरण बनाउन सरकरले बिशेष पहल गर्नुपर्ने औल्याएका थिए ।
अहिले तत्कालिन माओवादीकै नेतृत्वमा सरकार रहे पनि जनयुद्धका पिडितहरुले अझै सम्म क्षतिपुर्ति पाउन नसकेको सरकारको आलोचना पनि भएको थियो । त्यसैगरी पर्साको झबराहामा भएको झडपका पिडितहरुले पनि अहिलेसम्म क्षतिपुर्ति नपाउनु बिडम्बना भएको बताइएको थियो ।
0 comments:
Post a Comment